लिंग नै काटेर फालिदिन्छु !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के काट्थ्यो .. न्यायधिश नै किनि दिएको जस्तो छ ** ‘सिद्धबाबासँगै न्यायाधीशलाई पनि कारवाही होस्’ ** सिद्धबाबालाई सफाइ दिने न्यायाधीशमाथि ‘शंका’ https://www.youtube.com/watch?... सिद्धबाबालाई सफाइ दिने न्यायाधीशमाथि ‘शंका’ २२ मंसिर, विराटनगर । अनुयायी महिलामाथि बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार प्रतिवादीको एकपक्षीय बहसपछि जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै गिरीलाई सफाइ दिएको हो । गिरीमाथि महिला अनुयायीलाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । प्रहरी हिरासतको अवधि विराट नर्सिङहोममा बिताएका उनलाई सुनसरीका तत्कालीन प्रमुख न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलालसले २०७६ पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दियो । आदेशपछि आश्रम फर्किएका गिरी उच्च अदालत विराटनगरले जिल्लाको आदेश उल्टाएकै दिन ९ माघमा भारत प्रवेश गरे । उच्च अदालतको आदेशको ४० दिनपछि सुटुक्क हाजिर भएका गिरी पूर्पक्षका लागि झुम्का कारागार चलान भएका थिए । कारागारबाटै उनले साधारण तारेखमा पूर्पक्षका लागि सर्वाेच्च अदालतमा निवेदन दिए । तर सर्वाेच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्‍यो । त्यसको दश दिनपछि जिल्ला अदालतले सफाइ दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, सुनसरीले मुद्दाको मिसिल महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट आइनपुगेको भन्दै पेसी सार्न निवेदन दिएको थियो । तर निवेदन दर्ता भएन र एकतर्फी बहससँगै सिद्धबाबालाई सफाइ दिने फैसला सुनाइएको छ । ‘नेपाल सरकारले लिएको अभियोग दाबी नपुग्ने हुँदा सफाइ पाउने फैसला भएको छ’ श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले भने, ‘फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।’ एकलौटी बहस, न्यायाधीशमाथि शंका जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाका अनुसार सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्ने वा नराख्ने भन्ने विवाद सर्वाेञ्च अदालत पुगेकाले कार्यालयसँग भएको मिसिल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्याधिवक्ताको कार्यालयमा पठाइएको थियो । सर्वोच्चले उनलाई थुनामा राख्ने आदेश दिएपछि उक्त मुद्धाको मिसिल महान्यायाधिवक्ता कार्यालय काठमाडौंबाट सुनसरीस्थित जिल्ला सरकारी वकिल कार्यालय आइनपुगेका कारण सोमबारको पेसी सार्न अनुरोध गरिएको थियो । ‘अहिले पनि मिसिल आइपुगेको छैन । मिसिल नभई बहसमा जान मिल्दैन’ उनले भने, ‘हामीले कारणसहित पेसी सार्न पत्र पठाएका थियौं । तर नियोजित रुपमा निवेदन दर्ता भएन । एकपक्षीय बहसपछि आदेश फैसला भएछ ।’ जिल्ला अदालतको त्रु टीपूर्ण भएकाले उच्च अदालतमा पुनरावेदन गर्ने उनले बताए । कारणसहित पहिलो पटक पेसी सार्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले न्यायाधीशको नियतमा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् । न्यायाधीश कोइराला जिल्ला अदालत, लतिलपुर रहँदा पनि जग्गा विवादमा मुछिएका थिए । सिद्धबाबाको मुद्दामा पनि बलात्कारमा संलग्नता स्वीकार गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । ‘बलात्कारको घटनामा पीडित बाहिर आउनु नै ठूलो प्रमाण हो’ सुनसरीमा कार्यरत एक कानुन व्यावसायी भन्छन् ‘सिद्धबाबाको मुद्दामा अडियो रेकर्ड र अन्य प्रमाण छन्, तर सफाइ दिएकाले फैसला शंकाको घेरामा छ ।’ - यो चाँहि onlinekhabar.com बाट

AnandNepal · Dec 9, 2020 8:59 PM · 2,135 views

1 Reply

पीडित महिलाको भनाइ जस्ताको त्यस्तै : उजुरी दिएदेखि मैले धेरै धम्की खेपेँ । ‘तँलाई गायब पार्दिन्छु, तेरो बुढोलाई गायब पार्दिन्छु’ भनेर धम्की दिइरहे । बकपत्र गर्दा पनि भागेर जानुपर्ने स्थिति थियो । गौतम थर गरेका साधक रहेछन् । उनी लगायतले ‘बकपत्र बिगारिदेऊ, दश करोडसम्म खर्च गर्न तयार छौं । विभिन्न व्यापारमा पार्टनर बनाउँछु’ भन्दै प्रलोभन देखाए । मेरा श्रीमानले तेरी श्रीमती भए के गर्थिस् भन्दै प्रश्न गर्दा म भए काट्ने थिएँ भनेछन् । अनि कुन मुख लिएर मलाई भन्न आइस् भनेपछि बोलेनन् । साथीको माध्ययमबाट पनि हामीलाई पैसाको प्रलोभन देखाए । हामीले नमानेपछि न्यायालयलाई किन्ने चलखेल भएको रहेछ, यही केसका लागि न्यायाधीशलाई सुनसरी पठाएको भन्ने सुन्दै आएकी थिएँ, अहिले प्रमाणित भयो । होइन भने पीडित स्वयं एउटा प्रमाण हो भनेर सर्वाेञ्च अदालतले व्याख्या गरेको छ । मैले बारम्बार अन्यायमा परेको भनिरहेकी छु । वयान फेरेको पनि छैन । उस (सिद्धबाबा) ले अडियोमा स्वीकार गरेको र अरु प्रमाण पनि छ । यति हुँदाहुँदै अर्जुनप्रसाद कोइरालाले एकतर्फी बहस सुनेर किन फैसला गरे ? अपराध गर्नेलाई जोगाउन बहस गर्ने वकिलहरुलाई सुनेर अन्यायपूर्ण फैसला गर्नुले उहाँको नियमतमाथि शंका गर्ने बाटो भएको छ । पहिले पनि जिल्लाका न्यायाधीशले धरौटीमा छाडेका थिए । उच्च र सर्वोच्च अदालतको आदेशपछि न्याय पाउने आश पलाएको थियो । अहिले फेरि जिल्लाले सफाइ दियो । यो पीडित र दुःखीलाई न्याय दिने अदालत रै’न छ । फैसला आएपछि प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगेका थियौं, तर भेट हुन सकेन । यसअघि पनि फोनमार्फत सम्पर्क गर्न खोज्दा सम्भव भएको थिएन । उहाँले आफ्नो सचिवालयमार्फत पीडित र पीडक पक्षका मान्छे नभेटी निश्पक्ष न्याय दिने भन्नुभएको छ । उहाँबाट न्याय पाउने आश गरेकी छु । प्रधानन्यायाधाीश, प्रधानमन्त्री र राष्ट्रपतिलाई मेरो अनुरोध छ, पीडकलाई मात्र होइन, न्यायाधीशलाई पनि कारवाहीको दायरामा ल्याइयोस् । (अनलाइनखबरसँगको कुराकानीमा आधारित)

AnandNepal · Dec 10, 2020 12:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion