नमिता-सुनिता हत्या संधर्बमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्बत २०३८ नमिता सुनिता तक्तालिन अंचलादिशका छोरि थिए । धिरेन्द्र मुर्ति डिल सकेर पोखरा गएर आराम गर्न बेसके थिए । अन्चालादिशले धिरेन्द्र लाइ आफ्नो घरमा खानको निम्तो दिए । तेही बेला उनले अन्चलाधिशकि २ छोरि लाई देखे। हलक्क बढेका कुमारी किशोरी लाई देखेर उनको मनमा पाप पलायो । उनले केहि समय नमिता सुनिता को पिछा गरे , एक दिन उनीहरु पढ्ने PN campus बाट घर जाने क्रममा दुवैलाइ अपहरण गरे , केहि दिन सम्म बलात्कार गरे , अनि सामुदायिक बनमा लगेर लास फाले । धिरिन्द्र र उनको गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो । बिरेन्द्र पोखराको बंगलामा आराम फ़र्माउन गएको बेला नमिता सुनिताकि आमाले बिरेन्द्र संग भेट मागिन र कुरानी कानिकै क्रममा " जसोरी मेरो गर्भ नास भयो तेसरी तेरो बम्श नास होस् ' भन्ने श्राप दिइन , तेतिखेर तत्कालिन प्रधानमन्त्री सुर्य ब थापा पनि बिरेन्द्र संगै थिए । संयोग हो वा श्राप हो , नमिता सुनिता मारिएको २०३८ जेष्ठ बिरेन्द्रको बम्शनास २०५८ जेष्ठ ।

loganko vinaju · Dec 16, 2020 8:09 AM · 10,126 views

2 Replies

तपाईंले भन्नुभाको कुराको स्रोत के हो? ऐश्वर्यको ठाडो आदेशमा मारेर खोलामा फालियो? यस्तो त मैले कहिले सुनेन। राजा बिरेन्द्रलाई त्यसरी नमिता सुनिताको आमाले भेट्न पाए होलान त? आमाले श्राप दिएको चै मैले नि सुनेको हो तर राजा बिरेन्द्रको सामु त्यस्तो भनिन होलान त? यसमा राजा बिरेन्द्रले कती ढाक छोप गरे त्यो चाइ थाहा भएन। तर ज्ञानेन्द्र र धिरेन्द्र को नामा चै मुछिएको चै छ। नेपालको ईतिहासको कालो दिन भनौ।

Bennedict · Dec 17, 2020 12:18 PM

,,,,,,,,,,,,,,गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो,,,,,,,,, उसो भए यो सबै विवरण को के अर्थ लाग्छ त ? सहि भए किन सेलायो र येदि अनुमान हो भने एस्तो भएको अनुमान गरिन्छ भन्नु पर्यो कि कसो ?

tallagheremaila · Dec 17, 2020 7:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion