Nikhil Upreti पुरै स्वामीजी बनेछन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुपरस्टार .. अहिले सुपरस्वामि बनेछन.. जगत नै गुरु हो ! जन्मेको बेला देखि नै हामीलाई यो जगत ले सिकाई नै रहेका छन ! जीवनका प्रत्येक पलले, प्रत्येक अवस्थाले हामीलाई सिकाई रहेका हुन्छन ! कसैले चोट पुर्याएर सिकाए ,कसैले मलम लगाएर सिकाए कसैले प्रेम गरेर सिकाए,कसैले धोका दिएर सिकाए , कसैले लुटेर सिकाए ,कसैले दान दिएर सिकाए , कसैले ज्यान दिएर सिकाए , कसैले ज्यान लिएर सिकाए जन्मेको बेला देखि नै हामी सिकिरहेका छौ , हामी जहिल्यै पनि शिष्य नै बनिराख्नुपर्छ किन कि यो जगत नै गुरु हो र अझ हामीले सिक्न धेरै नै बाकि छ !! सम्पूर्ण गुरुहरुमा सादर नमन !! -समबोधि !! https://youtu.be/e3JV5Et_DVc

AnandNepal · Dec 29, 2020 11:16 AM · 2,766 views

4 Replies

"कसैले प्रेम गरेर सिकाए,कसैले धोका दिएर सिकाए" अरे सहि लाइफ स्टोरी रहेछ हाम्रो निखिल ब्रो उर्फ स्वामी समबोधीज्युको ! होइन उन्हाको पनि लाइफमा ट्रयाजेडी परेको थियो र आनन्द ब्रो ? लाइफमा गहिरो ट्रयाजेडी परेर म नि हाइस्कुल सक्काए पिछे जोगी बन्न बन्न आँटी सकेको मान्छे हु नि आनन्द ब्रो ! निखिल ब्रो जस्तै त्यो बेला म नि ओशोको फन्याटिक् नै थिए ब्रो ! अब हजुरले मेरो ट्रंप बाबा प्रतिको फन्याटिसिज्म देख्न भाकै होला … ओशो बाबाको मैले कुन चैँ किताब सक्काएन होला … कुन चैँ अडियो कसेट सुनेंन होला ! यी ओशोबादीहरु चैँ जे होस् सहि स्पिरिचुअल पाथमा लागेको हुन्छ ब्रो ! मैले मेरो साथिहरुलाइ भेला पारेर ओशो र जीवन दर्शनको प्रवचन दिंदा चैँ साथिहरु येति मधु मस्त भएर सुन्थे कि उनिहरुलाइ लागिसकेको थियो कि म पग्ला बाबा नै भई सके भनेर ! पुरै बैरागीले छोई सकेको थियो तेसमाथि भर्खर ट्रयाजेडीको डिप्रेसनबाट उम्किएर बिपसन्ना ध्यान गरि फर्की आको थिए भौतिक संसारमा ! छोरो जोगी हुन् आँटकोले उता परिवारजनले अमेरिका पठाउन निधो गर्न भो ! फेरी आफ्नो भाग्य … दुइ दुइ खेप साला भिजा रिजेक्ट ! धन्न सेनेटरलाइ एता मेरी आँटीले फोन मार्न भइ वरी भिजा पाए ! तेस्रो पटक नपाको भए चैँ स्योर जोगी हुने थे ! त्यो अध्यात्मिक पथमा लागेकोले अझै पनि मेरो हृदयमा स्पिरिचुयालिटिले गहिरो जडा गाडेको छ ! जीवन नै मैले आफुले आफुलाइ खोज्नलाइ डेडीकेट गरेको छु ! सबैको जीवनको यही मात्र परम लक्ष्य हो जस्तो लाग्छ आनन्द ब्रो ! 🙏 Last edited: 29-Dec-20 02:31 PM

Nas · Dec 29, 2020 1:53 PM

* सबैको जीवनको यही मात्र परम लक्ष्य हो * हैट @Nas bro .. परेर, पढेर अनुभव गरिसकेको कुरो रहेछ .. निखिललाइ पनि बारंबारको ट्र्याजेडि ले दुख दिएको हो .. लभ परेर बिहे गरेको कोपिला उप्रेतिसंग .. तर, बिहे गरेर छोरा पाएर लगत्तै सुत्केरि हुँदै गर्दा संचिता संग लभ पर्यो .. अर्को, भारतिय अभिनेत्रि स्वेता तिवारि संग झण्डै झण्डै बिहे भएको थ्यो रे.. बल्ल बल्ल फुत्केको रे .. अनि अरु त कति कति .. संचिता को प्रेममा पागल भएर हुंदा खाँदाको सुपरस्टार स्ट्याटस छोडेर जोडि नै भारत भागे -- त्यसपछि दुबैको अभिनय करियर नै डाँवाडोल भयो .. अब सायद, बुढेसकाल लागेको होला ;)

AnandNepal · Dec 29, 2020 4:53 PM

ओह हो स्वामी समबोधीज्युको प्रेमकथा त् मुना मदन भन्दा कम छैन रहेछ ! प्रेम गरे नि पागल भइने … नगरे पनि पागल … यो प्रेम भन्ने कुरो के होला आनन्द ब्रो ? अनि स्वामी समबोधीज्युको सन्यास नाम झैँ मैले नि आफ्नो सन्यासी नाम रोजीसके नि आनन्द ब्रो … बाबा ढुक्कुर नाथ ! 🙈 Last edited: 29-Dec-20 06:27 PM

Nas · Dec 29, 2020 6:27 PM

आहा मेरी प्राण प्यारीज्यु र स्वामीज्यु ! ❤️🙈 https://youtu.be/qWBLB9is6yc

Nas · Dec 30, 2020 4:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion