धार्मिकताको भेल फुटेको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त साझा कहिले एउटै रहेन, धेरै रङ फेरिए, धेरै रोङन लगाईए। कुनै समय त अतिनै हुने गरेर निर्लज्ज नै भाको थियो र हुने पनि गर्छ बेला बेला, अनी साझा अरु सामु खोल्न अप्ठ्यारो पनि भाकै हो। अब आड्मिन सरलाई भिजिट र भिउजसँग मात्र सरोकार भर पनि होला, तर हरेक प्रकारको सोचाइ र स्थितिलाई समेत्न र राख्न चै अवसर चै दिएकै हो। बस्टन शहरमा कुनै दस बर्ष पहिले यस्तै प्रकारको एउटा फ्री पत्रीका पाइन्थ्यो, पब्लिक ठाउहरुमा जुन अहिले बन्द भो, कारण चै थाहा भएन। तेस्को नाम थियो Phoenix, त्यो पत्रीका को language एकदम slangy हुन्थ्यो अनी कती ठाउमा हल्का along the edge cussing सबै हुन्थ्यो। अनी opinionहरु सबै प्रकारको राखिन्थे, आदी। Risque कुराहरु, आर्टिकलहरु हुन्थे। म चै अब भर्खर अमेरिका आएको मान्छेलाई यो कुरा त अजिब लाग्ने नै भो। हामी ब्यक्तिगत जिन्दगीमा मुख छाडेर कुरा गरे पनि, slang बोले पनि लिखित प्रिन्टमा चै तेस्तो गर्नुहुन्न भने सोच भाको generation बाट आएको, मलाई चै cultural shock नै भयो भनौ। त्यो पत्रीकाको graphics पनि हदै हुन्थ्यो, too gothic तेस्तै। तर मान्छेहरु पढ्थे। मान्छेको दिमाग सदैभ के कुरामा डुलिराक्छ भनेर बुझ्ने एउटा ज्वलन्त माध्यम थियो त्यो पत्रीका, किन भने त्यो पत्रीकाको अन्त पेजमा escort service अनी one night stand को लागि खुला आव्हान भाको प्रचार हुन्थे, कहिले काही त बिचमा insertsहरु पनि तेस्तै भद्दा हुन्थे। Porn पत्रीका पनि सिधै भन्न नमिल्ने, तर सुचना समाचार भए पनि बिशेष त यौन सम्बन्धी या कुनै Underground cult group वा underground music band बारे मा चै थाहा हुन्थ्यो। त्यस्तो ग्रुप फलो गर्ने मान्छेहरु पनि भर नै होला भन्नु पर्‍यो। सो अब यसो भनी रहदा, साझाले पनि slowly तेस्तै छबी अङिकार गर्दै गएको मलाई भान भएको छ। कहिले हदै निर्लज्ज पनि भयो, अहिले फेरी स्टकको भर्मार ज्ञान पेश गर्दैछ, अनी धार्मिक पनि बन्दै गाको छ, जय होस् कोही कोही मेम्बरको। यस्तै केही अवसरमा जब साझामा यौन लेख र फोटोहरुको बाढि आएको थियो, मैले दिक्क लागेर लेखेको कबिता थियो यो तलको। निर्लज्जताको बाढी आएको छ दसैं तिहारको संघारमा महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ पर्सिएर मार खाने रहरले हो कि उताउलापनले हद नाघेको छ श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन सबैका लागि खुला सिनेमा बनेका छन् यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु कसैको लागि पुण्यको काम भएको छ छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु बिरताको कसी भनेर औल्याइएको छ अहिले फुर्सदमा मैले सोच्दा यो कबितालाई अर्कै लेप लगाउन सकिन्छ कि भनेर revamp गर्दैछु तलको प्रस्तुतिमा। धार्मिकताको भेल फुटेको छ दसैं पनि सकियो, तिहार पनि सकियो, सकियो नयाँ साल पनि खाए मार पनि, पर्सिएका बोकाहरुले साम्य भए उत्तौलापन पनि भत्किएका पर्खाल फेरी उठ्न थाले घिनलाग्दा साहित्य लेख्ने कठै थला परे कोही परीबन्दमा परे त कोही पराइए कपो-कल्पित यौन कथाकार साधु भए छिल्लिएका नाङा देह बिचरणले लिएको छ मुक्ती धार्मिक बातावरणले ढाकेको छ यहाँ हरेक एक उक्ती सालीनता फेरी पाहुना लागेको मौकामा धार्मिकताको भेल फुटेको छ धार्मिकताको भेल फुटेको छ

Bennedict · Feb 12, 2021 1:55 PM · 1,593 views

1 Reply

I think my contribution is immense for this change ...including many others ...but ima take a break for some time ...need to focus on other things -उही तोर्पे बकवास कबि pandeyji

pandeyji · Feb 12, 2021 2:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion