Modern day भिष्म पितामह?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

harkhe7 · Feb 21, 2021 5:24 PM · 2,956 views

2 Replies

यो कथा सम्झें -- (लेख्दै थिएँ, बिचमै छुटेको थियो अब चौथो भाग लेख्न बाकि नै छ) ३) भीष्म प्रतिज्ञाको कथा एकदिन राजा शान्तनु यमुनाको किनारमा घुम्दै थिए। त्यस शुन्तर शान्त वातावरणमा एकाएक एक अलौकिक सुगन्ध फैलियो। त्यस अघि राजा शान्तनुले यस्तो आश्चर्यजनक सुगन्धको अनुभव गर्न पाएका थिएनन्। राजाले यस्तो मनोहरी सुगन्ध फैलाउने के चिज हो भनेर यता उता खोज्न थाले। त्यसै क्रममा उनको अगाडी एक अत्यन्त सुन्दरी युवती देखा परिन। यो सुगन्ध तिनै सुन्दरीको शरीरवाट निस्कीरहेको रहेछ। सारा यमुना तटलाइ नै मगमग पारिरहेको मनमोहक सुगन्ध फैलाउने अलौकिक सुन्दरी आँफ्नो सामु पाएर राजा शान्तनुको मन अशान्त भयो। राजा शान्तनुले ति अलौकिक सुन्दरीलाइ सोधे, "हे सुन्दरी, तिमी को हौ र अनि, तिम्रो वदनबाट यस्तो अलौकिक सुगन्ध किन आइरहेको छ? यसको राज के हो?" ति सुन्दरी ले भनिन, "हे राजन, म सत्यवती हुँ। मलाइ परासर मुनिको वरदानबाट यस्तो दिव्य सुगन्ध प्राप्त भएको हो।" गंगाको बियोगपछि स्त्री शुखबाट बिमुख भएका राजा शान्तनुलाइ सत्यवतीको यौवन र वासनाले आकर्शित गयो। उनको मन भित्र जमेको वैराग्यलाइ सत्यवतीको सुगन्धले मेटाइदियो। यसरी आँफ्नो मनमा गढेको काडालाइ उखेलेर फालिदिने ति युवति प्रति राज शान्तनु निकै नै आकर्षित भए। उनलाई आँफ्नी पत्नी बनाउने इच्छा प्रवल भएर जाग्यो। उनले ति युवतीसंग प्रेमभिक्षा मागे, "हे सत्यवती, तिम्रो कृपाले मेरो उजाड मनमा बसन्त आएको जस्तो भयो। अब कृपा गरेर मलाइ प्रेमदान देउ, म तिमीलाई मरो मनकी र देशकी महारानी बनाउन चहान्छु।" https://youtu.be/9Ztf_5J1OQg

AnandNepal · Feb 21, 2021 6:08 PM

1. Dari paldaima Bheesma pitamaha hune bhaye Sabai lama dari haru Bheesma hunthe 2. Santanu le sarai nakam gare. Teti samartthyaban chhora lai usko Adhikar bata banchit garera. Tara debabrata jasto tyagi chhora kamai hunchhan. Turkish Sultan dekhi Rajput ra Nepal ko rajkhalak na pani yesto banchit garne prayas nabhayeko hoina. Tara safal kamai hunchhan. Jastai Surendra ko thaunma Debendra lai yubaraj banauna khojiyeko thiyo tara Janga Bahadur le manenan.

chicagoan · Feb 21, 2021 6:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion