Mahabharat Stories (नेपालीमा)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथा ४) अम्बा र भीष्म देवाब्रतले भीष्म प्रतिज्ञा गरेपछि सत्यवतीका पिताले उनलाई शान्तानुसंग बिवाह गर्न अनुमति दिए। भीष्म आँफैले धुमधामसंग आँफ्ना पिताको बिवाह गराए। त्यसपछि बल्ल शान्तानु खुशी भए, रमाउन थाले। शान्तानु छोरा भीष्मको त्याग र समर्पणले अति नै कृतग्न पनि भए। राजा शान्तानुले बिवाह गरेपछि रानी सत्यवतीको सुन्दरताको बखान देश विदेश सबै तिर हुन थाल्यो| विवाहको केही समय पछि नै सत्यवती गर्भवती भइन र उनले एक विलक्षण छोरालाई जन्म दिइन| उनको पहिलो छोराको नाम राखियो चित्रांगद| चित्रांगदको जन्मको केहि समय पछि नै उनले अर्को छोरालाई पनि जन्म दिइन| दोश्रो छोराको नाम बिचित्रबिर्य भनेर राखियो। छोराहरु हुर्कंदै गएसंगै शांतनुको उमेर पनि बढ्दै गयो| चित्रांगद र बिचित्रबिर्य वालिग नहुँदै उनको देहावसान भयो। शान्तनुको निधन पछि आँफूले प्रतिज्ञा गरे अनुरुप, भाई चित्रांगदलाइ राजा बनाए। राजा चित्रांगद सानै उमेरमा राजा बनेको भए पनि उनी निकै नै वीर र स्वेच्छाकारी स्वभावका थिए। उनी जुन बेला पनि युद्धको लागि तम्सिहाल्थे। हुन त चित्रांगाद निकै नै बलशाली र चतुर योद्धा पनि थिए तर सबै युद्दमा आँफै अघि बढ्ने यो स्वभावका कारण देवब्रत भने चिन्तित रहिरहन्थे | एक पटक चित्रांगद र केही गन्धर्वहरूको वीचमा घमासान युद्ध भयो। चित्रांगद ले निकै नै बिरतापुर्वक युद्ध गरे| युद्धमा चित्रांगादले जित्न थाले पछि गन्धर्वहरूले मायावी यद्ध शुरु गरे| यो छलकपट युक्त युद्धकलामा गन्धर्वहरू पारंगत थिए भने चित्रांगदलाई यस्तो छलकपट युक्त गुरिल्ला युद्ध गर्न मुश्किल पर्यो। त्यस भयानक युद्धमा देवब्रतको आशंका र चिन्ता चरितार्थ भयो, राजा चित्रांगद मारिए। यसरी चित्रांगदको सानै उमेरमा मृत्यु भएपछि भीष्मले आंफ्नो कान्छो भाइ बिचित्रबिर्यलाई हस्तिनापुरका राजा बनाए। राजा बन्दा बिचित्रबिर्यको उमेर पनि सानै थियो, उनी राजकाज सम्हाल्न सक्ने भएकै थिएनन्। तेसैले नावालग राजाको राज्यसहायक भएर भीष्म आंफैले राज्य गर्न थाले। .. अरु भिडियोमा https://www.youtube.com/watch?... ३) भीष्म प्रतिज्ञाको कथा एकदिन राजा शान्तनु यमुनाको किनारमा घुम्दै थिए। त्यस शुन्तर शान्त वातावरणमा एकाएक एक अलौकिक सुगन्ध फैलियो। त्यस अघि राजा शान्तनुले यस्तो आश्चर्यजनक सुगन्धको अनुभव गर्न पाएका थिएनन्। राजाले यस्तो मनोहरी सुगन्ध फैलाउने के चिज हो भनेर यता उता खोज्न थाले। त्यसै क्रममा उनको अगाडी एक अत्यन्त सुन्दरी युवती देखा परिन। यो सुगन्ध तिनै सुन्दरीको शरीरवाट निस्कीरहेको रहेछ। सारा यमुना तटलाइ नै मगमग पारिरहेको मनमोहक सुगन्ध फैलाउने अलौकिक सुन्दरी आँफ्नो सामु पाएर राजा शान्तनुको मन अशान्त भयो। राजा शान्तनुले ति अलौकिक सुन्दरीलाइ सोधे, "हे सुन्दरी, तिमी को हौ र अनि, तिम्रो वदनबाट यस्तो अलौकिक सुगन्ध किन आइरहेको छ? यसको राज के हो?" ति सुन्दरी ले भनिन, "हे राजन, म सत्यवती हुँ। मलाइ परासर मुनिको वरदानबाट यस्तो दिव्य सुगन्ध प्राप्त भएको हो।" गंगाको बियोगपछि स्त्री शुखबाट बिमुख भएका राजा शान्तनुलाइ सत्यवतीको यौवन र वासनाले आकर्शित गयो। उनको मन भित्र जमेको वैराग्यलाइ सत्यवतीको सुगन्धले मेटाइदियो। यसरी आँफ्नो मनमा गढेको काडालाइ उखेलेर फालिदिने ति युवति प्रति राज शान्तनु निकै नै आकर्षित भए। उनलाई आँफ्नी पत्नी बनाउने इच्छा प्रवल भएर जाग्यो। उनले ति युवतीसंग प्रेमभिक्षा मागे, "हे सत्यवती, तिम्रो कृपाले मेरो उजाड मनमा बसन्त आएको जस्तो भयो। अब कृपा गरेर मलाइ प्रेमदान देउ, म तिमीलाई मरो मनकी र देशकी महारानी बनाउन चहान्छु।" https://www.youtube.com/watch?...

AnandNepal · Mar 25, 2021 12:03 AM · 3,353 views

1 Reply

अति नै चाखलाग्दा कथाहरु रहेछन ... बिस्तारै सबै कथा प्रस्तुत गर्दै जानु पर्ला : कतिपयले महाभारत एक परापुर्व कालमा लेखिएको एक ऐतिहासिक कृति हो भनेर मान्दछन् भने अरुले यो एक साहित्यिक कृति हो भनेर पनि मान्दछन| जे भए पनि, यो मनोरंजन र जीवन दर्शनको एक बेजोड सृजना हो| व्यास ऋषिले लेखेको भनेको यो कृति मा ३०० ओटा पर्व अर्थात खण्डहरु छन्| Story 1 - आंफ्ना नावालक छोराको हत्या गर्ने अनौठी आमाको कथा (गङ्गा र शान्तनुको कथा) Story 2 - ऋषिको गाई देखेर लोभिएर चोर्ने देउताको कथा Story 3 - पिताले मन पराएकी युवतीको लागि छोरा भीष्म ले गरेको भयङर प्रतिज्ञा को कथा) Story 4 - प्रेमीले दुत्कारेकी, कसैले बिवाह गर्न नमानेकी सुन्दरी अम्बा को कथा Story 5 - कच र देवयानीको कथा - पढ्दै छु .. The sage Vyasa meditated on Ganapati who appeared before him. Vyasa received him with due respect and sought his aid. "Lord Ganapati, I shall dictate the story of the Mahabharata and I pray you to be graciously pleased to write it down." Ganapati replied: "Very well. I shall do as you wish. But my pen must not stop while I am writing. So you must dictate without pause or hesitation. I can only write on this condition?" Vyasa agreed, guarding himself, however, with a counter stipulation: "Be it so, but you must first grasp the meaning of what I dictate before you write it down." Ganapati smiled and agreed to the condition. Then the sage began to sing the story of the Mahabharata. He would occasionally compose some complex stanzas which would make Ganapati pause a while to get at the meaning and Vyasa would avail himself of this interval to compose many stanzas in his mind. Thus the Mahabharata came to be written by Ganapati to the dictation of Vyasa.

AnandNepal · Mar 25, 2021 7:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion