वर्ष २०७७ अति नै दुखदायी र उतार चढावको बर्ष रह्यो - बर्षको श्रुवातामा नै कोरोनाको कारणले लकडाउन शुरु भएको यो बर्ष भरि नै कोरोना त्रास कत्ति पनि कम भएन- अहिले फेरी २०७८ को शुरुमै लकडाउन हुन सक्ने सम्भावनाको बारेमा चर्चा चलिरहेको छ . कोरोनाको कारणले भएको व्यक्तिगत जीवनको उठापपुथल लाइ एकै छिन् बिर्सने हो भने पनि देशको राजनीतिमा पनि अभूतपूर्व उथलपुथल भयो। झन्डै दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार बर्षको शुरु देखि नै धरमर धरमर रही रायो ... ठ्याक्कै कोरोना महामारी जस्तै राजनीतिक अन्योल पनि ज्युँका त्यूँ नै छ बर्षको अन्त्य सम्म | यस बिचमा भएका मुख्य घटना १) कोरोना महामारीको कारणले लकडाउन २) नयाँ नक्सा ३) 2072 सालको भूकम्पले क्षतिग्रस्त पारेको रानी पोखरी नयाँ स्वरुपमा तयार भयो, दरबार स्कुल तयार भयो, सिंह दरवार आदि तयार भए, धरहरा बैशाख ११ मा उदघाटन हुने खवर आएको छ .. ४) सत्ताधारी पार्टी नेकपा बिघटन र एमाले र माओवादी केन्द्र अलग - राजपा र समाजवादी एकीकरण तथा विवेकशील–साझाबीच एकीकरण - नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपाले हिंसाको राजनीति छोड्यो र राजनीतिक मूलधारमा आयो ५) संसद बिघटन र सर्बोच्चले पुनर्स्थापना बर्ष भरि राजनीति बाहेक अरु सबै क्षेत्र बन्द रहे - फिल्म क्षेत्रमा शुटिंग रोकियो, बनेका फिल्म रिलिज रोकियो. फिल्म हल १० महिना बन्द रहे. अन्तत: सरकारको अनुमति बेगर हल त खुले, दर्शक कोहि पनि गएनन्.फाट्ट फुटट म्युजिक भिडियो बने पनि भिड जम्मा गरेर छायांकन गर्न अबस्था बन्न पाएन| पर्यटन क्षेत्र तहस नहस भयो, महामारी र लकडाउन को कारण यातायातका साधन बन्द भए, होटल रेस्टुरेन्ट बन्द भए जुन अझै पनि तंग्रन सकेको छैन. अन्य क्षेत्र ठप्प भए पनि राजनीति भने ताती रह्यो. बर्षको शुरु देखि नै सत्ताधारी पार्टी भित्रको आन्तरिक किचलोको कारण प्रधानमन्त्री ओली संग प्रचण्ड लगायतको गुटले निरन्तर राजिनामा मागि रहेको थियो. ओलीले पार्टी फुटाउने हिसावले अध्यादेश पनि ल्याए. ओलीले विभाजन गराउने प्रयास स्वरुप अध्यादेश ल्याएको भन्दै वैशाख १० गते नैराजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन गरिएको थियो। यसरि तातेको राजनीति वर्षा भरि नै तात्यो. ओलीले संसद बिघटन गरेर निवाचनको घोषणा गरे - प्रचण्ड लगायतको आब्हानमा देशव्यापी आन्दोलन पनि भयो. प्रधानमन्त्री ओलीले ठुलो भिड जम्मा गरेर चुनावी तयारि समत गरे. तर पछि सर्बोच्चले संसद बिघटन असंबैधानिक भन्दै पुनर्स्थापना गरिदियो . त्यसपछि पनि संकट झन गहिरिएर गएको छ - पुनर्स्थापित संसदले महिनौं सम्म काम पनि गर्न सकेको छैन. मनोरन्जन क्षेत्रको विवाद को बारेमा : भुवनले आफूद्वारा निर्मित फिल्म ड्रिम्सबाट नेपाली रजतपटमा डेब्यु गराएको साम्राज्ञीविरुद्ध १० करोड रुपियँँ क्षतिपूर्ति माग दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मानहानिको मुद्दा दायर गरेका थिए। भुवनले नेपाल चलचित्र कलाकार संघमा दिएको उजुरीको निराकरण नभएपछि अदालतमा मुद्दा दायर गरेका थिए।लोकप्रिय गायिका, सञ्चारकर्मी तथा राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दाएर गरिन्। पन्तले वलीविरुद्ध यौनिक हिंसाजन्य अभिव्यक्ति दिएपछि वलीले कानुन व्यवसायीसँग परामर्श गरी उनीविरुद्ध फागुनको चौथो साता जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी थिइन्।अभिनेता सरोज खनाल, फिल्म निर्मात्री, निर्देशक तथा हास्य अभिनेत्री दीपाश्री निरौला, कार्यक्रम सञ्चालक सुशील नेपाललगायतका कलाकर्मीको फेसबुक ह्याक भयो। उनीहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका–५ का १४ वर्षीय बालकलाई उक्त अभियोगमा पक्राउ गरेको छ। ह्याकरले कलाकमीहरूको फेसबुक ह्याक गरी उनीहरुको आईडी प्रयोग गरेर विभिन्न मानिससँग रकम माग गरेपछि दीपाश्री निरौला, खनाललगायतले आफ्नो फेसबुक ह्याक गरी आफन्त र साथीहरूसँग पैसा माग गरिएपछि प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएका थिए। (भिडियो रेपिर्ट :) https://youtu.be/SX62nPqbEts
AnandNepal · Apr 15, 2021 12:22 AM · 2,995 views
one controversy was this .. https://youtu.be/vpZakWH1Hw4
AnandNepal · Apr 15, 2021 12:43 PM
यो अर्को विश्लेषण https://youtu.be/rEIC-P3Lf_E
AnandNepal · Apr 16, 2021 11:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion