आर्यघाटको जाम !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जामै जाममा जीवन बिताउन बाध्य काठमाडौँबासिले अब मरे पछि पनि आर्य घाटमा पुगेर जल्न ३ दिनको जाम छिचोल्नु पर्ने भएको छ। हो , काठमाडौँमा कोभिड लागेर मर्नु भयो भने अब कम्तिमा ३ दिन मुर्दा घरमा आफु सतगति हुने पालो कुरेर बस्नु पर्ने भएको छ । काठमाडौँमा १ साता यता कोवीड लागेर मर्नेको संख्या अतास लाग्दो छ । पछिल्लो २४ घण्टामा मात्र काठमाडौँमा १७ जना कोवीड बिरामीको मृतु भएको छ । मर्नेको संख्या बढ्दो छ , लास बेबस्थापन अति नै सिमित छ । काठमाडौँ बाहिर कोवीड लागेर मर्ने लाई नेपाली सेनाको सहायेतामा खाल्टो खनेर गाड्ने गरिन्छ भने काठमाडौँमा मसिनले जलाउने गरिन्छ । भएको २ ओटा मसिनमा एउटा १ वर्ष देखि बिग्रेको छ अर्को २४ घण्टा चलाउदा पनि २० ओटा भन्दा बढी सब ब्येबस्थापन गर्न सक्दैन । बिबाहको मौसम भएकोले गर्दा पनि काठमाडौँमा संक्रमण तिब्र गतिमा फैली रहेको छ । ऐलेको आवसेकता धरहरा, FastTrack , सुरुङ्गमार्ग , मेलम्ची भन्दा पनि राम्रो शब ब्येबेस्थापन गृहको रहेको छ । भोलि चक्रपथ सडकको ओरिपरि राखेर लास जलाउनु पर्ने स्तिथिति नआउला भन्न सकिन्न ।

logankobaje · Apr 26, 2021 8:47 AM · 5,314 views

2 Replies

https://www.facebook.com/10001...

logankobaje · Apr 27, 2021 9:40 AM

https://www.youtube.com/watch?...

logankobaje · May 3, 2021 6:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion