उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण, काठमाडौंका मात्रै ३२ सय ५० जना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ।  विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।  हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।  source: http://annapurnapost.com/news/...

ktmpost · May 12, 2021 10:29 AM · 8,469 views

3 Replies

घर घरै पिच्छे कोरोनाले संक्रमन भएका हरु जो उपचार केन्द्र गएका छैनन् को आकडा त्यो सरकारी प्रबक्ता ले भनेको संख्या मा परेका छैनन र यो संक्रमण ९,३०५ मुलुक भरिको आकडा भन्दा तेब्बर चौबर हुन् सक्छ | मेरो छिमेकिको डेरा गरि बस्ने सिकिस्त बिरामिको लक्षण सबै कोरोना संग मिल्ने भए पनि फलानो अस्पतालमा जचाएको कोरोना छैन भन्यो रे रगत टेस्ट गरेर भनेको भनि ढाटने को सख्या ठुलो छ, अन्तत अक्सिजन दिनु पर्ने भए पछि जाच गराउदा उनलाई कोरोनाले नै च्यापेको सिद्द भयो |  कोरोना लागेको भन्न डराउने र अस्पताल गए पनि केही गर्ने होईन र राम्ररि क्वारेन्टाइनमा नबस्नेले सार्नेको सख्या ठुलो छ | दोश्रो खोप लाउने लाइ पनि कोरोनाले च्यापेर भेन्टिलेटरमा राख्नु पर्ने अबस्था परेका पनि छन् | लक्षण देखिएका हरुलाई बिना शुल्क जाच गराउने ब्यबस्था भए बास्तबिक आकडा आउथ्यो होला ? Last edited: 12-May-21 12:40 PM

Logan · May 12, 2021 11:23 AM

अनि यसै बिचा .. यस्तो उदघाटन कार्यक्रम https://www.youtube.com/watch?...

AnandNepal · May 12, 2021 11:31 AM

Agree with Logan. The situation in dense area like Kathmandu Valley and other citi areas might be much worst than what data shows. I suspect even you maintain social distance, and wear mask, you are breathing in air with covid virus. There has been a case in Panauti, out of 100+ tests, only one person was found -ve.

Euta_nepali · May 17, 2021 6:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion