१२ जेष्ठ २०७८, बुधबार न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँमा ११३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा आज कूल १४९३ जना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने १४५ जना संक्रमितको मृत्यु भएको छ । https://newsofnepal.com/2021/0...
ktmpost · May 26, 2021 1:58 PM · 3,932 views
ह्वात्त घटेको होईन बिरामी हरुले 3-४ हज्जार खर्च गर्न नसक्ने र टेस्ट गर्न नजाने कारण बाट घटेको आकडा आएको होला ? सुनाइ अनुसार घर घरै कोरोनाका सिम्टम देखिनेका संख्या कम छैन | फ्री मा टेस्ट गराउ अनि सक्कली आंकडा थाहा हुन्छ |
Logan · May 27, 2021 9:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion