तीजको सबैलाइ शुभकामना । दशैँ र तिहार पछिको तेस्रो ठूलो चाड मानिने तीज पर्व बिशेषत महिलाहरुको पर्वको रुपमा चिनिन्छ। ४ दिन मनाइने तीजका बारेमा मैले बिभिन्न लोककथाहरु संकलन गरिरहेको छु। दिन 1) दरखाने दिन - त्यो आज हो दिन 2) ब्रत बस्ने दिन - सेप्टेम्बर ९ दिन 3) गणेश चौथी - सेप्टेम्बर १० दिन ४) ऋषि पञ्चमी - सेप्टेम्बर ११ तीज पर्वमा शिवजीको पूजा गरिने हुनाले शिवका सबै कथाहरुलाइ तीजको कथा भने पनि हुन्छ। तर तीज शुरु हुनुका अनि तीजमा गरिने नाचगानका लागि बिभिन्न किम्बदंती र कथाहरु रहेका छन। तिनीहरुको बारेमा चर्चा परिचर्चा गर्न कथाहरु: कथा 1) तीजको मुख्य कथा हो जुन भगवान शिवले पार्वतीलाई सुनाएको कथा मानिन्छ कथा 2) दोश्रो कथा रानाथारु समुदायमा दाजुभाइ र भतिजालाई भनेर ब्रतलिने चलन कसरि चल्यो भन्ने कथा। कथा 3) तीजको तेस्रो कथा देवराज इंद्रले श्राप दिएको कथा छ - यसमा महिलाको महिनावारीको बारेमा पनि चर्चा भएको पाइन्छ कथा ४) कामदेवले शिवलाई भड्काउन खोजेको कथा पनि रहेछ .. भगवान् शिवकी पत्नी सतीले आफ्ना बुबाद्वारा आयोजित यज्ञमा पति शिवको अपमान सहन नसकेर आत्मदाह गरिन् । शिव सतीसँग अति प्रेम गर्थे । आफ्नी पत्नी सतीले आत्मदाह गरेको थाहा पाएपछि उनी अत्यन्तै विरक्तिए र थरिथरिका ताण्डव गरेर पूरै सृष्टिमा हाहाकार मच्चाइदिन थाले । त्यही समयमा तारकासुर दैत्यको तपस्याबाट ब्रह्मा खुसी भए र वरदान दिए, ‘तिम्रो मृत्यु केवल शिवको पुत्रद्वारा हुनेछ ।’ यति भएपछि तारकासुरलाई के चाहियो र ! उनी अहङ्कारले भरिए र देवताहरूलाई दुःख दिन थाले । उनको उत्पात दिनदिनै बढ्दै गयो र स्वर्गमाथि अधिकार जमाउने प्रयास गर्न थाले । पूरै ब्रह्माण्डमा आफ्नै शासन लागू गर्ने उनको चाहना थियो । उनको अत्याचारबाट देवताहरू चिन्तित बन्दै यस विषयमा आपसमा सल्लाह गरे । यस समस्याको समाधानका लागि शिवलाई समाधिबाट जगाउन आवश्यक हुन्थ्यो । ध्यानमा लीन शिवलाई जगाउन त्यति सजिलो थिएन । देवताहरूले यसको जिम्मा कामदेवलाई सुम्पिए । उनलाई आफ्नो सेनापति बनाए र शिवले तपस्या गरेको ठाउँमा पुगे । कामदेवले शिवलाई जगाउन सूक्ष्म रूप लिएर शिवको कानबाट शरीरमा छिरे । यसबाट शिवको मन चञ्चल भयो । उनले आफ्नो शरीरमा कामदेव उपस्थित छन् भनेर थाहा पाए । यत्तिकैमा कामदेव शिवको शरीरबाट बाहिर आए र आँपको एउटा रूखपछाडि गएर पातहरूमा ओझेल परेर उभिए । उनले शिवमाथि मोहन नाम गरेको पुष्पबाण हाने । बाण सिधै शिवको हृदयमा गएर लाग्यो र उनको समाधि टुट्यो । यसबाट शिव क्रोधित भए र आफ्नो तेस्रो नेत्रको ज्वालाले उनलाई भष्म गरिदिए । कामदेवले शिवको हृदयमा बाण प्रहार गरेर शिवभित्र पार्वतीका लागि आकर्षण विकसित गरेका थिए । जसको विरक्तिमा शिव समाधिमा थिए तिनै सतीले पार्वतीका रूपमा जन्म लिएकी थिइन् । रति र कामदेव पत्नी–पति थिए । रति दक्षकी छोरी थिइन् । उनी निकै सुन्दर थिइन् । कामदेव ब्रह्माले अह्राएको कामका लागि यात्रा गर्दै हिँड्दा रति पनि सँगै थिइन् । शिवको क्रोधाग्निबाट आफ्ना पति कामदेव जलिरहेको देखेर रतिले विलाप गर्न थालिन् । उनको विलाप चल्दै गर्दा आकाशवाणी भयो र शिवको आराधना गर्नू भन्ने आवाज सुनियो । रतिले शिवको प्रार्थना गरिन् । उनको प्रार्थनाबाट खुसी हुँदै शिवले सल्लाह दिए, ‘कामदेवले मेरो मनलाई विचलित गरेका थिए, त्यसैले मैले उनलाई भष्म गरिदिएको हुँ । यदि उनले शरीरविनै पनि महाकाल वनमा गएर शिवलिङ्गको आराधना गरे भने उनको उद्धार हुनेछ ।’ कामदेव शिवको सल्लाह मान्दै महाकाल नामक वनमा गए र शिवलिङ्गको उपासना गर्न थाले । उनको उपसनाबाट खुसी भएर शिवले भने, ‘तिमी शरीरविना रहेर पनि समर्थ रहनेछौ । कृष्णावतारको समयमा तिमीले रुक्मिणीको गर्भबाट जन्म लिनेछौ र तिम्रो नाम प्रद्युम्न रहनेछ ।’ रतिले पनि आफ्ना पतिलाई पुनः पाउनका लागि तपस्या गरिन् । पार्वतीले रतिलाई आशीर्वाद दिइन्– तिम्रा पतिले श्रीकृष्णको छोराका रूपमा यदुकुलमा जन्म लिनेछन् । त्यहाँ तिमीले शम्बासुरलाई भेट्नेछौ ।’ रति आफ्ना पतिले पुनर्जन्म लिने प्रतिक्षामा बसिन् । शिव पार्वतीको संगम बाट कुमारको जन्म हुन्छ । तिनै कुमारले तारकासुर राक्षसको वध गरेर देव सत्तालाइ सुरक्षित पारिदिएपछि सर्वत्र त्यसको खुसी मनाइएको उल्लेख गरिएको छ। त्यही खुशीयाली मनाएको पर्व नै तीज हो भन्ने किम्बदंती पनि छ। तेसैले तीजको दिनमा व्रत र उपवास बसेर शिव पार्वतीको पुजा गर्ने गरिन्छ।
AnandNepal · Sep 8, 2021 11:20 PM · 10,645 views
Thank you Ananda ji. I remembered the story of Rati waiting for Kamdev in next life but I did not know he was born as Pradhyumna. Thank you for putting it here
chicagoan · Sep 9, 2021 12:24 AM
Lets add some spice: Anyone remember the youtube upload by Nas? According to the YouTube most married women are thinking of making a baby like Kumar and washing their privet parts. https://www.youtube.com/watch?... Last edited: 09-Sep-21 02:21 PM
Logan · Sep 9, 2021 1:34 PM
Another story is ready... ...... मालतिले भनिन, "घर भनेको घर नै हुन्छ" राजकुमारले भने, "त्यसो हो भने अब तिमिले विदर्भ देशमै आँफ्नो घर बनाउनु पर्छ" मालतिले अचम्म मानेर सोधिन, "त्यस्तो कसरी हुंछ? मेरो घर त छँदैछ" तर राजकुमारले मालतीलाइ आँफ्नै राजदरवारलाइ उनको घर बनाउने प्रस्ताव गरे। तर, यो कुरा मालतिले मान्दै मानिनन। उनलाइ मनाउन राजकुमारले केके गरे .. यो अर्को छुट्टै कथा हुन्छ। अहिले चाँहि लामो कथालाइ छोटो बनाएर - तिनै राजकुमारको सहयोगमा मालतिले सिकेको कुरा सिकाउनको लागि ऋषिपञ्चमी उत्सब मनाउन थालिएको हो रे । त्यस दिन महिला दिदिबहिनिहरुले आँफ्नो शारिरिक र मानसिक स्वास्थ्यको कसरि ख्याल गर्ने भन्ने कुराहरु बिस्तृतमा सिक्ने गर्छन र ति कुरा दिन दिनै उपयोग गरेर स्वस्थ्य र सफल महिला बन्छन।
AnandNepal · Sep 10, 2021 4:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion