भर्चुयल गौ-दान को लागि पण्डितज्युको खोजि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सत्य कथामा आधारित साझाका बिद्वान, झक्कड, लक्कड देखी धन्धुकारीहरु मध्देकै कथा हो र पात्र बाउचा हाकुछ , बिर्खबादुर लाई नराखी आफैलाई बनाएको छु | सानो छदा दसैं भनेको नयाँ लुगा लगाउने र टिका ठाप्ने भन्दा दक्षिना र खसी मासु मा केन्द्रित हुन्थ्यो भने अहिले अमेरिकि स्वतन्त्रता दिबस टर्की डे भनिए झै मेरो चै खसी पर्ब मा परिणत भएको छ | छोराले बाउको सराद्द गर्नु अघी बिरालो खोजेको कथा सुन्नु भएकै होला ? नसुनेकालाई:- बिरालोले छुन्छ भनी डोकामा छोपेर राखी बाउले श्राद्द गरेको देखेको उस्ले पनि बाउको श्रादमा बिरालो छोप्नु नै प्रमुख श्राद्दको प्रमुख कुरा मा विश्वस्त भएको हुनु पर्छ| सप्तमी र अस्ठमि का दिन खसी काटनेका घरमा मेरो दिन बित्थ्यो | पछी डुकुमा पानी र पाखुरिमा दम भए पछी छप्काउने काम जोडीयो | सधा झै यो दसैं पनि खसी मासु बिना अगाडि नबड्ला भनी खसी खोजाइ वेब साईट, स्थानिय छिमेकी देखी साझा सम्म चाहरियो | खसी मासु नखाइ जमरा पनि न-उम्रेला भन्ने डर तेसैले आधा घण्टा टाढाको ईण्डियन ग्रोसरी बाट मासु किनेर ल्याईयो, पकाईयो र खाईयो | दशमी का लागि फेरी तेही स्टोर मा गईयो | तन मन सबै खसिकै मासुमा भएको हुनु पर्छ र सधा झै प्याकेटमा के को मासु हो भनी छुट्याउन सकिने विश्वाश मै किनिएको थियो | यस् चोटी पनि ३ प्याकेट कार्टमा हाले पछी " बाउ एसचोटी हामी खसी होईन बिफ खाने हो " भन्ने सुने पछी दिमाग सुन्य र हात खुट्टा लल्याक लुलुक्क भए | अचानोमा काटेका मसिना टुक्रा खसिकै मासु झै देख्न्थ्यो, उहिले पकाएको बिफ चप पहिलो पल्ट राङोको मासी पकाए झै हुस्स गनाएको थियो भने यो मुला मासु नरम अनी खसी मासु झै बासना आएको थियो | घर परिवार र एक आथितिले खसी हैन सत- प्रशिसत गाइकै मासु खाईेएछ| हाम्रा रामायाण र महाभारतमा महा यज्ञ गर्दा घोडाको प्रयोग गर्थे रे | लाग्छ त्यो बेला मासु सबैको खान्थे होला कालान्तरमा गाई र तिन्का सन्तानको जीबिकोपार्ज को लागी अत्याबस्यक भएकोले तर्क होईन धर्म सङ जोडीदिएको हुनु पर्छ ( तर्क पछी बितर्क आउछन : कस्ले बाद बिबाद गरी बस्ने : न रहे बास न रहे बासुरी" | आफुभने धर्म भनेको सत्कार्यमा लाग्ने बिधी ठान्छु तेसैले त्यो झुक्किएर गाइको मासु खाएर अधर्मि बनेको छुईन र श्रीमतीजी को विश्वाशमा कुठाराघात भएकोले उनकै तोउर तरिका बाट चोख्याउनु परेको हुनाले गो-दान मात्रै उत्तम आधार सुनेको र मेरा गुरुपुत्र जो मेरा असल मित्रको पनि ( उन्मा केही हद गुरुका गुण र शास्त्रका ज्ञान छ ) यही सल्लाह पाएको ले पन्डितज्यु को खोजी मा छु | सके सम्म तिहारको भाई टिका अघी गर्न पाइ हामी सबै सुद्दी सक्थोउ र दिदी बहिनीले गरेको पूजाआजा बिटुलिदैन | किन चाहियो भर्चुवल गो - दान ? आफुले गरेको गल्ती कसैले नथाहा पाउन भनेर हो बिशेष गरी श्रीमती र मेरा माननीय अतिथी, किन्की यिनी हरुलाई पश्चिमी शिक्षाले आफ्नो धर्म र आचरणमा कुनै परिवर्तन ल्याएको छैन | मित्रता र बैबाहिक जीबनमा कुनै आच वा दरार न आओस भन्ने मुल कारण हो | माननीय श्रद्दीए गुरु मेरो दु:ख ( मानसिक अशान्ती ) हरण गरिदिनु होस्, बैबाहिक - दाम्पत्य जिबन अटल बनाइ दिनु होस् ( डर लाग्छ कुनै दिन झुक्किएर गाइको मासु खाइेएछ भनेर निस्किएला ), मेरो पनि रजनिसको शहरीया वकिल र हाम्रो गाउले ज्वाँईको झै ( ए मेरा लगौटिया दोस्त फला गाबसे आया है और यिन्का लगाया गया कुर्ता मेरा है ,हाम्रो चै साथीलाई उस्कै ससुरालिमा चिनाउदा ज्वाँई हजुरको अनी उन्ले लगाएको टोपी चै मेरो" भन्न् पुगे" मेरो मनमा उकुसमुकुस भएर बसेको कुकर्म र अधर्मको बोझ बिस्फोटन भयो भने कुन रुपमा होला भनी डरै डरमा बसेको छु, यस् बाट भाई टिका अघिनै छेउ लगाइ पाउ र् दक्षिणा मा हजुरलाई बिट-क्वाईनको प्रयोग गर्ने छु र गोप्य राख्न यो भन्दा अर्को उपाय भए त्यो बताइ दिनु भए तेसै गर्ने छु | लौ म हजुरकै शरणमा छु भर्चुवल गौ-दान गरी र लीइ मलाई पार लगाइ दिनुस |

MaGorkhe1 · Oct 18, 2021 12:40 PM · 13,754 views

2 Replies

बिध्या कसम ३०% पढेर छोडी देको।

Sanaklaal · Oct 18, 2021 12:56 PM

कुरा २ लाइनमा सकिन्थ्यो, सिर्सक र अन्तिम लाइन पढे पुग्छ र तेतिमै सिध्याउन सकिन्थ्यो | नग्न चलचित्र हेर्ने बानि भएका ले सिनेमाको कथा संग बग्ने गरि रतिक्रिया गरेको सिन मन पर्दैन | नग्न चलचित्रमा केटा केटि देख्ना साथ् लुगा खोलि चुसान पछि गोदनम गरिहाल्छन भने रेगुलर सिनेमा मा तेसो गर्दैन अनि छ्या यो पनि कहिँ सेक्स सिन हो भन्नेहरुले हेडिङ्ग र अन्तिम हरफ मात्रैले पुरै कथा बुझाउछ | एउटाले आफ्ना मित्रलाई पशुपति नाथ मा राग सुनाउन लागेछ | राग मा " मधु बनमे , मधु बनमे .... अलापेको अलापै गरे पछि दोश्रो लाइन कहिले आउछ र के भयो मधु बनमा जान्न १० मिनट लागे पछि थुईक्क " मधु बनमे राधिका नाचेरे भन्न येति बेर लान्गछ , म एति बेर सम्म मा त महाराज गंज पुगी सक्थे भन्थ्यो रे ? फोस्सामा मनोरंजन गराउन लेखेको होईन, कसैको घटनालाइ पस्किन खोजेको हु |

MaGorkhe1 · Oct 18, 2021 1:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion