अमेरिकामा आफनै स्टोरमा एक नेपालीको गोली हानी हत्या

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिका–अमेरिकामा सोमबार राती एक नेपालीको गोली हानी हत्या भएको छ ।अमेरिकाको म्यासाच्युसेटको फल्स रिभरमा आफनै स्टोरमा ५४ वर्षिय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन ।नेपालको धनुषा घर भएका शाहको आफनै स्टोरमा सोमबार राती ९ बजे गोली हानी हत्या गरिएको मधेशी एशोसिएसन अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् । घटना लुटपाटकै उद्देश्य घटाइएको हुन सक्ने बताइएको छ । गोली हान्ने अभियुक्तलाई प्रहरीले खोजी रहेको छ । महासेठ बिगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय संचालन गदै आएका थिए ।महासेठको हत्या प्रति मधेशी एशोसिएसन अमेरिका लगायत अन्य विभिन्न नेपाली संघ संस्थाले घोर भत्र्सना गरेका छन् । http://www.usnepalpost.com/new...

ktmpost · Oct 20, 2021 9:15 AM · 4,393 views

1 Reply

Not a big mistake but it should be "Fall River" and not "Falls River". Either way, a very sad news. Ref: https://www.wcvb.com/article/c...

lazyketa · Oct 20, 2021 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion