ज्वानो, झोल, कोथे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा दिन बिताई गर्ने बसी बियालो गर्ने थलो हो | त्यसमाथि काम चै बल्छी थापे झैँ थापेर बस्नु पर्दा पाइन्टको खल्तीमा माउस हालेर जता, जहा जे जे गरे पनि भयो | हिजो गृह लक्ष्मीले किन कुकुर बिरालाले झैँ खुट्टा झड्काउछौ के भएको छ भनेर सोद्धा तिन चित परे | खल्तीमा राखेको माउस हल्लाएर कम्पुटर लाइ जीवित राख्ने उपायको परिणति पो रहेछ | म जस्तै तपाइँ श्री ३ हजुर मुजीहरुलाई पनि खुट्टा झड्काउने रोगले समातेको छ कि छैन ? धन्न बिसौ बर्स कम्मर अगाडि पछाडि गरेको ((रति क्रिया) कुरा धन्न त्यो खुट्टा झड्काउने बानि झैँ बानि लागेनछ| हाईस्कुल जाउनजेल सम्म काका बाउ छुट्टेका थिएनौ , ठुलो परिवारमा हुर्किनु पर्दा घरमा नया सदस्य आए पछि घरमा ज्वानो झोल महिनौ जस्तो पाक्थ्यो / उमालिन्थ्यो | दाई हरु सबै गुचचा , खोप्पी, कक फ़ाईट , फुटबल देखि अर्को टोले संग फाइट गर्न जान्थे, घरमा बासै हुदैन भने पनि हुन्थ्यो | अहिले साझा कुरुवा झैँ तेतिखेर म घर कुरुवा थिए | भनिन्छ नि हुक्का खानेका घरका केटा केटि हरु सानै देखि सुर्तिमा लत लाग्छ रे | कारण जति खेर पनि हुक्का तयार पार्दा न तानी सल्कदैन, हुक्का सल्काउदा सल्काउदै पक्का धुर्मपानमा माहिर भएर सुर्ती को गन्ध आउना साथ् मिठो नमिठो छुट्याउन माहिर हुन्छन | म पनि नुन चाख्दा चाख्दा जहिलै पनि ज्वानोको बासना आउना साथ् भान्सा कोठा लागि हाल्थे | अनि पहिलो घुड्कि पिउने मै नै हुन्थे | लन्च खाने बेला खल्तीमा माऊस राखेर के खाने भनि गलफत्ती गर्दै थिए , अचानक ज्वानो झोलामा दिमाग अडिञ्छ | स्यानो मा देखेको हो ज्वानो झोल बनाएको : त्यो झोल, झोल नै भए पनि स्वादिलो लाग्थ्यो | स्यानोमा देखेको झैँ पकाउदै गए अनि अगाडी भएका मर मसाला हरु थप्दै गए | ज्वानो झाने पछि प्याज झाने, लसुन अदुवाको पेस्ट , त्यस पछि बेसार नुन थपे, तरकारीमा के के छन् भनि फ्रिज खोल्दा सबै भन्दा पहिले कुरिलोमा आखा गए पछि ३ ओटालाइ ठुक्रा बनाएर त्यो पनि हाले | तेस पछि २ ओटा टमाटर थपे | आजभोलि खुर्सानीमा सुकेको र हरियो भन्दा कायन पेपर बढी मन पराउँ थालेको छु | मुख्यत यसको साईड इफेक्ट ( पेट काटने गर्दैन) कम छ | झोल होस् भनेर प्रेसर्कुकरमा पकाए | पानि सुकेर अलिक बाक्लो हुदा झोल होईन जाउलो जस्तो र अलिक पिरो पनि भएछ, दुई कप कुखुराको सुप (Chicken ब्रोथ) र एक चम्ची तित्रि पनि थपिदिए पछि स्वादिलो भयो | सुप् मात्र खाएर पेट भर्दैन , सुप सगं जाने केहि नदेखे पछि ट्रेडर जो को चिकेन डम्प्लिङ हालिदिए | ज्वानो संगै कोथे को स्वाद संगै पेट भरण पनि भयो |

logan · Nov 2, 2021 3:39 PM · 2,705 views

1 Reply

Haha funny story, same happend me this dashain .

kattu tiwari · Nov 2, 2021 4:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion