काकाहरु लाइ अबसर र चुनौती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालको एतिहासमा पहिलो चोटी लगभग 40-50% काकाहरु कृषि बाहेक अरु नै पेशा गरेर अबकास लिँदै हुनुहुन्छ | कतिले त अबकास लिसक्नु भयो | उहाँहरुलाइ आफ्नो क्षेत्रको ज्ञान छ | त्यसैले त्यो ज्ञान नयाँ पुस्तालाइ बाँड्ने अबसर छ | आफूले भोगेका चुनौती र त्यसको समाधान बाँड्ने अबसर छ | हामीले उहाँहरू बाट धेरै सिक्न सकिन्छ | तर नेपालको नयाँ पुस्ताले पूरानो पुस्तालाइ त केही आउदैन जस्तो गर्छन | केही technical कुराको ज्ञान नभएपनि उहाहरु सँग धेरै अनुभव छ | काकाहरु लाइ अबसरको साथ साथै चुनौती पनि छ | हाम्रो हजुर बुबाहरु कृषि गरेर पछि बुढेसकालमा त्यही पुर्खेयौलि घरमा नै जीवनको अन्तिम सास फेर्नु भयो| तर काकाहरु चाहिँ कामको खोजीमा सहर तिर बसाइ सराइ गर्नु भयो | अनि उहाका छोरा छोरी हरु पनि काम पढाईको लागी देश विदेश जानु भएकोे छ | यसले अब अबकास लिए पछि कहाँ बस्ने कसरी बस्ने चुनौती खडा गर्छ | तर यो समस्याले business को अबसर पनि प्रधान गर्दै छ जस्तो लाग्यो मलाई | Retirement home हरुको | तपाइहरुलाइ के लाग्छ |

harkhe7 · Nov 10, 2021 3:17 PM · 6,044 views

6 Replies

मैले केही mental health को बारेमा post हरु देखेँ यहाँ | काकाहरुले "शहरी" lifestyle भोग्नु भएकोे ले | यो mental health को निबारनको लागी आफ्नो अनुभवहरु बाड्नु भयो भने नयाँ पुस्तालाइ केही anxiety कम हुन्थियो | काकाहरुले चाहि सबै कुरा आफैले सिक्नु परो यो "शहरिया" जिबन र कामको | नयाँ पुस्ताले धेरै कुरा काकाहरुबाट सिक्न सकिन्छ | 🙏

harkhe7 · Nov 13, 2021 3:46 PM

hello harkhe7, from what I know professional help would be different and more helpful. connect with Mitra Dhital (regardless of your insurance status), contact here : https://www.nepalseattle.org/c... I also agree new time and new tech brings in new illness Last edited: 13-Nov-21 04:26 PM

Mr33Sajha · Nov 13, 2021 4:24 PM

हर्के ब्रो : हजुर आफैले यस्तो अवसर गुमाउनु भएन नि ! कलेज ताका एउटा मित्रले सुनाएको जिबन गाथा : मित्रका कजनाले फलानो केटी बिबाह गर्दा ठिक हुन्छ भनि धेरै उदाहरण सहित सम्जाए अनि अन्त्यमा मेरा मित्रले "दाइ हजुरलाई यहि केटि कुरा आएको भए के गर्नु हुन्थ्यो"  भनि सोधे ? तिनका दाइका उत्तर " म भए सोच्थे " भने पछि हजुरले सोचेर भन्नु भएको भए क्या बेस हुन्थ्यो भने रे ! काका हरुको लागि चै अवसर अनि हर्के ब्रो को चै अझै सोचाइ मै हुनुहुन्छ कि ? Addition: खेति पाती  अहिले चुनौति भएको छ , अहिले नेपालि जनता झनै विभाजित छन् , एक ले अर्को लाइ सुलीमा झुण्डाउने राजतिनी गर्छन | काले र गोरे अनि रिपब्लिकन र डेमोक्र्याट मा बाडिएका छन् भने अहिले आएर तुरुप  (पूर्व रास्ट्रपति) का नया नीति बाट  झनै विभाजित भएका छन र अन्ध भक्त देखाउदै छन्  | जग्गाहरु पैत्रिक सम्पत्ति विभाजन हुदै गए पछि  टुक्रिदै जादा आफ्नो जगगा मा मात्र खेतीपाती गरेर लागेको लगानी पनि उठाउन सकिन्छ सकिदैन ? त्यो त खेतीपाती गर्ने ले नै बताउछन | भारतमा किसान हरु आत्महत्या गरि रहेका छन् , त्यो कुरा लाइ कसरि लिनु हुन्छ | धेरै जसो गाउ नगरपालिका भै मालपोत आम्दानि भन्दा बढी तिर्नु पर्ने बाध्यतामा छन् | उहिले पनि पार्टीगत हिसाब मा हिड्थे तर अहिले यो पार्टीगत हिसाबकिताब CutThroat को अबस्थामा पुगेको छ , एकले अर्कोलाई अजात शत्रुको रुपमा हेर्न थाल्दै छन् | बाजेको पालामा सयौ बिघा जमिन होला, तिनी हरु जिमिन्दार कहलिन्थे र गाउका ठुला शोषकको रुपमा हेरिन्थ्यो | अहिले यिनले पाएको पैत्रिक सम्पत्ति  तिन - चार बिघा जो अन्य कम्नुनिष्ठ का भन्दा  २ - ४ गुणा कम भए पनि तिनलाई खानदानी शोसक को रुपमा हेरिने अनि रोजगार गरि खाने सबै कमुनिष्ट ले चलन चल्तीको दैनिक शशुल्क  ( ज्यालादारी ) दिदा पनि कमुनिस्टहरुको नसिध्याई र गाउले लिडरको लिडरशिपले दिएको अनुमति अनुसार चल्ने हुनाले यी  पूर्वशोषक हरुले पाएको पैत्रिक सम्पत्ति न टोक्नु न बोक्नु को अबस्थामा पुगेका छन् |   नया प्रबिधि को प्रयोग गरेर खेति गर्न लाइ प्रयाप्त जग्गा नहुदा भाडामा जग्गा लिएर खेत गर्न पनि सक्दैनन् | मेरो चौरको  जग्गामा कागती खेति गर्छु भन्ने मानिस आएका थिए फेरि फर्केर आएनन भन्ने दाई भाइ ले सुनाए, यिनी हरु भड्काईएको हुनु पर्छ ? अब खेति दुई तरिकाले मात्र गर्न सकिन्छ : आफै संग भएको जन सक्ति वा नबप्रबिधिको प्रयोग | Last edited: 16-Nov-21 10:05 AM

logan · Nov 15, 2021 10:58 AM

नमस्कार लोगन ! मेरो पालो आउन्दै छ | अहिले काकाहरुको पालो आइसक्यो | उहाँहरू केही गर्न चाहुनुन्छ भने उहाँहरू सँग धेरै समय छैन | तपाइँलाई थाहा थियो की थिएन UK मा पुर्खेउलि सम्पति जेठो सन्तानलाइ मात्र दिने चलन थियो | अरु छोराहरु army र अरु पेशामा लाग्थिये | सयाद त्यसैले गर्दा पनि UK ले विश्व भरी राज्य गर्न सकेको | किनभने UK मा army की कमी हून्दैन थियो त्यस कारणले | तपाइँले भने जस्तो नेपालमा त जग्गा टुक्राउदा टुक्राउदा अहिले त केही मानिस सँग मात्र कृषि गरेर खान पुग्ने जग्गा होला | त्यसैले धेरै gulf countries गएछन | अब तिनिहरुले केही सिकेर आएर तपाइँले भने जस्तै तेहाको जनसक्ति प्रयोग गरेर केही नयाँ गर्लान्, नयाँ प्रविधिले खेती गर्लान | हामी हेर्दै जाउ | I am sorry to hear that. नेपालीको अलि भड्काउने बानि चाहिँ छ दुर्भाग्य बस |

harkhe7 · Nov 17, 2021 7:50 PM

I remember this when I was in school " Democracy will come faster if you all involve and sacrifice, but many of them are awaiting for someone to sacrifice". You are trying the same and it reminds that you are awaiting them to work on it and enjoy the fruits.

logan · Nov 18, 2021 9:51 AM

Yes, everybody needs to get involved, but they need to get involved in different things. That way we can share the burden, and enjoy the fruits of each other. If everybody get involve in one thing as you are implying, that will create chaos. Don't worry about me. I am involved, sir.

harkhe7 · Nov 18, 2021 2:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion