स्वस्थानीको वाचन फेसबुक र युट्युवमा फाला-फाल पाइन्छ - मलाइ त्यो बाचन गर्न मन लागेन तेसैले शुरु र अंत्यको नबुझिने सस्कृत श्लोल .. नचाहिने हावादारी बिवरणहरु सबै हटाएर .. कथासार मात्रै प्रस्तुत गर्न मन लाग्यो। जस्तो कि अहिले चलिरहेको कथा यो हो : मलाइ ब्रम्हाको आयु चाखलाग्दो लागेको हो https://youtu.be/2HLvK5OyHfQ भन्नु पर्ने कुरा: यो च्यानल बन्नुमा साझाको ठूलो हात छ। त्यसको लागि धेरै धेरै धन्यवाद। मैले धेरै कथाहरु यहाँ शेयर गरेको थिएँ - त्यसबेला कसैले हेर्थेनन - सब्सक्राइबर पनि 20हजारको हाराहारिमा मात्रै थिए। अहिले त्यसमा एकलाख अरु थपिएका छन (अहिले को काउण्ट - 1,27,000 छ) तेसैले ति एकलाख सब्सक्राइबर थपिनुमा साझाको पनि योगदान छ (हुन त बिचमा यता एक्टिभ छैन - तर सिड यतै गाडेको हो जस्तो लाग्छ। कथा च्यानल शुरु गर्नुको साथै हेत्छाकुप्पाको कथा शुरुमा यहिँ शेयर गरेको हुँ - अहिले त्यसलाइ 4 लाखले हेरिसकेका छन।) UPDATE: स्वस्थानीको कथा को दोश्रो भाग - महादेव र पार्वतिको प्रेमकथा१) पार्वति जन्मिए पछि - विष्णु बिहे गर्छु भन्दै पुगे .. तर उनि भागेर लुकिन !२) महादेवको मनमा काम बाण हाँनेपछि उनी पार्वती खोज्दै पुगे .. तुरुन्तै बिहे गरे ३) पार्वतीले आँफ्नै शरीरको मयलको मुर्ति बनाएर गणेश बनाइन ४) कुमारको जन्म कथा जेलिएको छ - महादेवले सूर्यलाइ बिर्यदान दिए रे .. सूर्यको गर्भ रहे पछि जंगलमा ओकलिदिए .. ६ जना ऋषि पत्निले आगो तापेपछि सबै गर्भवति भए -- ऋषिले तिनिहरुलाइ छोडिदिए .. अनि गंगामा ओकलिदिए रे .. त्यसपछि कुमार गंगा पुत्र बने यो सबै दोश्रो भागमा : https://youtu.be/cle9mvR7d14 Last edited: 24-Jan-22 01:18 PM Last edited: 28-Jan-22 12:12 PM Last edited: 04-Feb-22 01:40 PM
AnandNepal · Jan 24, 2022 1:12 PM · 15,226 views
स्वस्थानी कथामा कसको स्वार्थ पुरा गराउछ :? लेख्नेले आफ्नै स्वार्थ पुरा गर्न लेखेको हो जस्तो लाग्छ | महिलाहरुमा संसारको कुनै कुनामा जानुस उनीहरुलाइ कम्जोर बानाइएको छ , यी कमजोरी हरु मा कलम र दिमाग चल्नेले १५ -२० पाना श्लोक मा होस् वा कथालेखेर होस् धर्म संग जोडी दिए पछि अटल र अचल बन्न पुग्छ | यहुदी, क्याथोलिक र इस्लामिकहरुले सुँगुर खादैनन् कारण तिनीहरुले ज्यानमारा खाद्य हो भन्ने जाने पछि खान त परेजाओस छुन पनि नहुने बनाएर आफ्नो बर्गको हित र संरक्षण गरे | एउटा हाकिमले सबै कर्मचारीलाई एकै चोटि खाजा खान जान नहुने नियम लगाएका थिए : कहिँ एक जुट हुने त होईन ? आफ्नो शक्तिको राम्रो प्रयोग गरेका र गर्न जानेका थिए | उनैको भनाइ अनुसार " जागिर भनको घोडा होईन चडेर हिंडने , जागिरको मुनि बसेर हिड्न सिक |" कुरानको कुरा गर्ने हो भने महिलालाइ दास सरह प्रयोग गरेको छ र बिहे पछि लोग्नेको सम्पती को रुपमा प्रयोग गरेको छ र तेसै कारणले पनि तेतिखेरका मानिस हरुले मन पराए | मन पराउनुमा धेरै स्वास्नी राख्न पाउने अनि ३ चोटि तलाक भने पछि पा-पार्चुके भै हालने | यो कुरामा क्रिस्तान पनि कम छैनन् | २ हाजार बर्स अघि को तेस्मा पनि न्यु टेस्टामेण्ट मा थप्नु थपियो | लौ हेर्नुस टेकसार राज्य मा ६ हप्ता को गर्भबतीले एबोर्सन गर्न नपाउने , कुनै कुनै राज्य मा रेप भएको केसमा पनि अदालतको फैसला नहुदै हप्तौ बिति सक्छ अनि रेप गर्नेले बच्चामाथि अधिकार पाउने पनि छ भन्ने सुनिन्छ | भनाइ : कानुनि नियम देखि सास्कृतिक नियम बाट महिला लाइ दास बनाइएको हुन्छ | हामो स्वस्थानी कथा अबिबाहितले राम्रो बर अनि बिबाहिताले श्रीमान्को स्वास्थ्य लाभ को लागि गरेको हुन्छ | यिनै हुन् "धर्म गर तर फलको आशा नगर" भन्न पनि पछि परेनन् अनि पुराण भित्र्याई दान दक्षिणादिएर स्वर्ग जाने , अर्थ लाभ, स्वास्थ्य लाभ आदि इत्यादी बिसयमा थप पुराण थप्दै गए अनि आफ्नो पकड मजबुत बनाए जनताका दिमागलाई भ्रस्ट बनाए | महिला धर्मालम्बी नुहाउन जादा पनि जिऊ पखाल्ने होईन मुतुनो पखाल्नमा बढी समय दिएको पाइन्छ | उहिले तेसो गर्नु त ठिकै होला आजभोलिका नदि नालामा त्यसरी नुहाउने र मुतुनो पखाल्दा ब्याक्टेरिया छिरेर रोग निम्त्याउने काम मात्र हो जस्तो लाग्छ | अनि नागा केटा हरु चै कता महिलाका स्तन र नग्न सरिर हर्न भिड लाग्छ. निर्धक्क भएर नुहाउन पनि पाउदैनन| घुडामा पानि छर्केको घुडा पखाल्न हॊइन त्यो त मुतुनो सम्झादै पखालेका हुन् | तर आज भोलि स्वस्थनी भनेको रातो लुगा लगाई फेसबुक मा टास्ने कामले पहिलो प्राथामिका पाएको छ| धार्मिक कारण हराईसक्यो भने सामाजिक कारण फेसबुक नै हो | युट्युब बनाई हामीलाई हेर्ने मौका दिनु भएको मा धन्यबाद |
Logan · Jan 24, 2022 2:15 PM
Thank you Logan. मेरो बिचारमा: स्वस्थानी कथा तत्कालिन समयमा मानिसहरुलाई जीउने कला सिकाउनको लागि लेखिएको थियो र त्यसै अनुसार सबैले ब्यबहार गरुन भनेर प्रत्येक बर्ष पढने प्रचलन गरिएको थियो। अहिलेको समयमा यो आउट-डेटेड भइ सकेको हुनाले कथा कै रुपमा मात्र ग्रहण गर्नु पर्छ। १) कथाका देउता देउता नै होइनन - शक्तिमा रहेका राजा, भारदार हुन (राजालाइ बिष्णुको अवतार भनेको जस्तो) - तेसैले त ति देउताले पनि अनेक तिकडम गर्छन, बदमासी गर्छन - अनि त्यस्तो बदमासी गर्नेलाइ पनि सर्वसाधारणले पूजा नै गर्छन (गर्नै पर्छ भनेर सिकाएको)। २) महिलालाई थिचोमिचोको युग थियो - पुरुष बढी शक्तिशालीले निर्धोलाइ दबाउनु पर्छ भन्ने मान्यता। पुरुषलाई डर थियो - कता महिलाले बिद्रोह गरिहाल्छन कि भन्ने - तेसैले यो मन्द बिष बर्षै पिच्छे पिलाउने चलन बसेको हुनु पर्छ। ३) चाकरीको संस्कृति - काम हुनको लागि, पूजा गर्ने, खुशी पार्न नै पर्ने - अनेक अलंकार दिएर तारिफ गरिदिनु पर्ने। शक्तिमा भएकोलाइ खुशी पार्यो भने जे पनि बरदान प्राप्त गर्न सकिने। तेसैले, स्वस्थानीलाई राज्यले स्पोंसर पनि गरेको हुनु पर्छ *दास* बनाउनलाई। अनि स्वस्थानीमा शिवलाइ बढाइ चढाइ गर्नुको कारण यो कथा शिवका छोरा कुमार ले अगत्स्य मुनीलाइ सुनाएका हुन। तेसैले पुरै biased कथा हो छोराले आँफ्नै बाउ आमालाई देउता बनाएको कथा। अगत्स्य मुनीलाइ नै सुनाउनुको कारण तिनी बिश्व भ्रमण गर्थे रे - उनले यस्ता कथालाइ बिश्वभर फैलाउन भनेर सुनाएका हुन रे। अगत्स्य मुनीको थाइल्याण्ड, मलेसिया, श्रीलंका, आदि देशमा पनि पुगेको प्रसंग छन रे (रे भन्ने सुनेको, पढेको होइन)
AnandNepal · Jan 24, 2022 5:34 PM
मातृ देबो भव , पितृ देबो भव पनि लेखि दिए र यसको पछाडी बुढेसकालमा जिबन राम्ररि बितोष भन्ने अभिप्राय बाट प्रेरित भएका हुनु पर्छ | छोराले ( कुमार ) बाउ आमाको कुरा गरे भनि लेखे | हामीले पनि आफ्ना आमा बाउलाई तेस्तै गर्नु पर्ने संचार दिन खोजिएको होला तर त्यो बाट अलग्गिएर शिब मै मात्र ध्यानमा राख्योउ | हाम्रो स्वार्थि र चाकडीबाज स्वभावले आमा बा को कुरा लाइ जस्केला बाट हुत्याई दियौ अनि शिवको भक्ति मा लाग्योउ | एन एक्जाम्पल अफ मिसकम्युनिकेशन |
Logan · Jan 25, 2022 11:05 AM
अरु जे भए पनि कुमार चैं गज्जबको कथाकार हो ... दिमाग भुट्न सक्ने :) "ह्या .. त्यस्तो नि हुन्छ।" भन्ने धेरै कुरा मद्धे यो पनि एउटा हो .. ऋषिपत्निहरु लिंग देखेर पछि लागेको ... update - video updated in first post Last edited: 28-Jan-22 12:13 PM
AnandNepal · Jan 26, 2022 8:21 AM
Bigger is better : भने पछि गुरु पत्नी हरु पनि ठुलो लिङ्ग समागमन को चाहाना ले शिबको पछि लागे ? शिब ले तिन्काका चाहना पुरा गरेको भए कथा कुन मोड तिर मोडिन्थ्यो ?
Logan · Jan 26, 2022 9:50 AM
You Fuking Moron (Independent): You are trying to drag me to your level. What ever I have/had commented in this post should not be drag to other post unless it is relevant. Have you watched the whole yutube? Did you see any relevant ? You are trying to be a PINWORM and love pin-worming job.
Logan · Jan 26, 2022 11:14 AM
first post updated :)
AnandNepal · Jan 28, 2022 12:14 PM
स्वस्थानीको कथा को दोश्रो भाग - महादेव र पार्वतिको प्रेमकथा १) पार्वति जन्मिन - विष्णु बिहे गर्छु भन्दै पुगे .. तर उनि भागेर लुकिन ! २) महादेवको मनमा काम बाण हाँनेपछि उनी पार्वती खोज्दै पुगे .. तुरुन्तै बिहे गरे अपडेट: https://youtu.be/cle9mvR7d14 Last edited: 04-Feb-22 01:36 PM
AnandNepal · Jan 31, 2022 9:50 AM
अर्को भाग आयो .. गणेश र कुमारको जन्मको कथा : https://youtu.be/pUeNFLy_h1M
AnandNepal · Feb 1, 2022 12:50 PM
स्वस्थानीका अनौठा अनौठा अपत्यारिला कथाको अपडेट (पहिलो पोष्ट मै पोष्ट गरिदिएँ) .. अब अर्को भागमा कुमारले तारकासुरलाइ मार्ने कथा भन्न बाँकि नै छ ..
AnandNepal · Feb 4, 2022 1:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion