अम्रिका आयको ६ महिना त सिन्को नभाची घुमेर खाइयो, कैले साली जिस्क्याउदै कैले अरु नेपाली चिक्स लाइ आँखा मार्दै . आफ्नी त बुडी परि नर्स , सिधै वोर्किन visa मा अम्रिका छिरियो म चै उसको डीपेनडेन्टमा . अम्रिका आएको तेस्रो दिन बाटै अभिमुखीकरण तालिम सहित बुडी काममा छिरी हालिन तेसैले पैसाको केहि दुखै भएन . यहाँ हरेक पन्ध्र दिनमा तलब दिने रैछ , तलबको संग संगै २० हजार डलर Sign in बोनस दियो , पन्ध्र दिन मै २० हजार बोनस र पन्ध्र दिनको तलब गरि २६ हजार को चेक हात पर्यो . पहिलो तलब direct deposit नहुने रैछ तेसैले चेक दियो . अम्रिका आएको १७ १८ दिन मै तेत्रो पैसा हात परे पछि के गरौ र कसो गरौ भयो , तेस्माथि नेपाल बाट ल्याएको २ ३ हजार डलर समेत बैंकमा राख्न पाइएको थिएन . मेरी बुडी त नेपालमा २५ हजार पनि कमाउथिन, म चै ताल परे ५० ६० हजार नि खान्थे . नेपालमा २ ३ वर्ष कौडीको भाउमा काम गरेको सम्झेर धिक्कार लाग्यो. त्यो समय कोविडको जोखिम चै थियो तर बुढीको काम ज्यादै सजिलो . ७ रात लगातार काम गर्नु पर्ने फेरी अर्को सात दिन बिदा एंड रिपिट. हरेक १४ दिनमा तलब आउने अनि खर्च महिनाको २ हजार नि नहुने , पैसा थुप्रेको थुप्रै भयो तेसैले मलाई काम गर्नु पर्ने बाध्येता नै भएन . ६ महिना पछि लास्ट अल्छि लाग्यो अनि e -कमर्सको काम सुरु गरे घरै बाट . साथी भाईको सुझाब बाट amazon FBA FBM , ebay , जेट.com , shopify सबै तिर लागियो . face book marketplace भन्न छुटायछु . नेपालमा त म मान्छे लास्ट फार्वर्ड हो तर अम्रिका आएर चै म अलमल परे . adjust हुन समय लाग्यो . फेरी बुडीको काम गर्ने ठाउँ अति बिकट, कोइ नेपाली पनि थिएन ५० माइल ओर पर . सल्ला सुझाब दिन पनि खासै कोहि भएन , जे गर्नु छ आफै , एक्लै गर्नु पर्ने . यहाँ जमेका नेपाली हरु पनि पुरै धोति पाराका रैछन . ब्यापारको कुरा गर्यो भने तेइ ग्यास स्टोर, लिकोर स्टोर रेस्टुरा येस्तै येस्तै पुरातन बाधी सोच . अम्रिका आए पछि गर्ने त व्यापारनै हो तर मैले चै e -कमर्सको बाटो अपनाय . श्रीमतीको बचत झ्वाम झ्वाम e -कमर्समा खन्याउन थाले . व्यापार सुरु गरे पछि दौड धुप गर्नु पर्ने भयो , एउटा गाडी किन्ने निधो गरिम . म बसेको ठाउँमा सानो सेडान गाडी काम छैन तेसैले ४ ५ वर्ष पुरानो AWD suv किन्ने विचार गरियो . येतिकैमा बुडीको ६ महिने बोनस आयो २८ हजार ( after tax ) . अब त्यो पैसा के गरौ कहाँ लगेर सकु भन्ने हूटहुटी सुरु भैं हाल्यो . अन्तमा गाडीमा लगेर फालियो . १५ हजारको used compact suv किन्ने सहमति भएकोमा ५० हजार को नया RAM rebel किनियो . tax , market adjustment , after मार्केट पार्ट्स गरेर जम्मा जम्मी ६२ हजार पर्यो . ३५ हजार डावोन पेमेन्ट गरियो बाँकी किस्तामा अझै तिर्दै छु . श्रीमती लाइ फस्ल्यंग फुस्लुंग गरेर ६२ हजारको गाडी किनियो . उसलाई मैले येति महँगो गाडी किनेको खासै चित्त बुझेको छैन तर मेरो लागि उ लगभग जे पनि गर्छे . तेइमथि यो जागिर त मैले लाइदेको उसलाई . केटि मान्छेहरुलाइ फस्ल्यंग फुस्लुंग पारेर काम लिन केहि गारो हुन्न तर दबाउन , हेप्न , कुट्न , पेल्न खोज्यो भने उनीहरुले तपाईको जिन्दगि नर्क बनाई दिन्छन . यो मेरो दिब्य उपदेश कण्ठ गरेर राख्नु सुखी जिन्दगिको लागि . C O N T D ...........
log on · Jun 15, 2022 12:46 PM · 12,576 views
२० हजार डलर Sign in बोनस दियो , पन्ध्र दिन मै २० हजार बोनस र पन्ध्र दिनको तलब गरि २६ हजार को चेक हात पर्यो kasari 26K to check haal payo ho ? 40% tax on the bonus amount and standard tax on the salary. ekdam lucky parnu bhaye cha USA ma tax free income.
tutepani · Jun 15, 2022 1:20 PM
filed my tax last year , bonus was taxed standard same as salary probably around 26 %in aggregate not 40% . lets see how it goes this year as this will be our first full tax year
log on · Jun 15, 2022 5:06 PM
Tutepani: it's not the thread creator but the reader has to use discretionary rule. So you enter Sajha to read good and true story? Then you got it. Once upon a time Underware rocked with his story and many readers believed him as a real playboy. like Hefner and also jealous of him. I may have posted some but may have happen ( origination of the story) but it will be buttered as I can to make is juicy. TPS2GC has been writing similar ( bragging about money he made, side affair with rental women so and so. It is another facebook to brag on your achievement which may be their dream and transferred in words. You may see buttering every where but you can only see self-buttering in Sajha. Use similar rule: hear from one ear and let it go from other ear aka read it and forget it.
logan · Jun 15, 2022 6:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion