बिहे गर्नै पर्छ भन्ने जरुरी छ र?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I am 25 and at this point most of my friends are married and have their kids. But I don't want that. I have yet to see how the world works. I have yet to support my family. बाबाआमाको रिन तिरीदिन छ। उहाँहरुलाई कति खुसी दिन छ। But peer pressure हुन्छ नि। सँगै SLC दिएको साथीहरु सबैको घर बसिसक्यो आफ्नो भने एउटा stable job पनि छैन। दिक्क लाग्छ। अनि यो कुरा share गर्यो भने ""तिमी पनि बिहे गर न त"" भन्छन्। ""तिमी त केटीमान्छे। तिमीलाई त अझ सजिलो छ।"" भन्छन्। झन् दिक्क लाग्छ। Husband भनेको rehabilitation center हो र? ""कोहि केटीले जिन्दगीमा केहि गर्न सकेन भने बिहे गरेर parasite जस्तो भएर पनि बाँच्न पाउछ"" जस्तो गर्छन्। हाम्रो आफ्नो चाहिँ pride हुन्न र? आत्मसम्मान भन्ने कुरा हुन्न र? किन यति सस्तो सोचेको? Relatives हरु बिहेको कुरा लिएर आउँछन्। यार भर्खरै त २५ भएँ। अहिल्यै बिहेको कुरा गर्न जरुरी छ र? म बिहे गर्न नै चाहँदिन खासमा। कहिल्यैपनि। तर म बाबाआमालाई बोझ हुन्छु रे बिहे गरिँन भने। म आफै कमाएर बाबाआमा पाल्छु भन्दा म किन बोझ हुने? जन्मे देखि सबैकुरा दिनुभएको छ बाबाआमाले। उहाँहरुलाई त्यहि खुसी म जिन्दगीभरि दिन चाहन्छु। तर यसमा म बोझ किन हुन्छु? छोरीको कमाईमा रमाउँदा बाबाआमालाई पाप किन लाग्छ? जिन्दगी एक्लै कट्दैन भन्छन्। तर बिहे गरेको दुई महिना मै husband को death भएर एक्लै जिन्दगी बिताउनुभएको अजिलाई (हजुरआमालाई) देखेको छु मैले। ति आमैले बिहे गरेर जति बाधा झेल्नुभयो बिहे नगर्नुभएको भए त्यस्तो झेल्नु पर्थेन सायद। ""समाजले के भन्छ?"" यो प्रश्नले सबैको बोलि बन्द गरिदिने रहेछ। अरे समाज भनेकै हामी होइन र? हामीले केहि नभन्ने हो भने समाजले के भन्छ र? तर भनेजस्तो कहाँ सजिलो छ र! सबैको मुख बन्द गर्न कहाँ सकिन्छ र?

NCP · Jun 22, 2022 7:42 AM · 12,536 views

3 Replies

एन सी पी ब्रो: मैले ब्रो भन्नुको कारण साझामा बोका हरुको जमातले एकले अर्कालाई हाना हान हिलो छ्यपा छ्याप गर्ने थलोमा महिलाको प्रबेस त्यो पनि बिहेको कुरा लिएर आउदा बिस्वास हुँदैन र भएको छैन | जे भए पनि धागो खोल्नु भयो , २ लाइन कोदै छु | मैलेकोरेको धागो " म हिन्दु होईन" मा सनातन धर्म केमा आधारित छ र यसलाई कसरि एकोहोर्याइएको छ भन्ने कुरा केहि बुझिन्छ | हार्मो बिजया दशमीको सुरुवात कसरि भयो भन्दा रामले द्रबिणियन राजा रावण लाइ पराजित गर्न गरिएको यज्ञ / पुजा पाठकै आधारमा आधारित छ | महिला बर्गलाई दास र अछुत बराबर ब्यबहार गरिनु पर्ने कुरा मनुस्मृतिमा छ रे , तेसैले होला ब्राम्हण परिवारका महिला सदस्यले खुट्टाको पानि पिउने गरेको देखेको थिए | स्यानो हुदा गुरुले खुट्टा तेर्स्याई हाल्थे ढोग खान | छोराले मात्र बाउआमालाई स्वर्ग पुर्याउन सक्ने भएकोले छोरा र छोरी बीच ब्यबहारमा ठुलो अन्तर ल्याई ब्यबहार गर्दै आएकाले हामीले पनि अझै तेस्तै ब्यबहार गर्न बाट पछि पर्न सकेका छैनौ | सामाज भनेको एउटा बिचित्रको खेल खेल्ने यन्त्रबात मानिस हरुको बथान मात्र हो | तेही कुरा आफुलाई हुदा डाको छोड्छन र कसरि त्यसको निराकरण गरे र भयो बिर्सिएर सहि सल्लाह दिनुको सट्टा खुट्टा तान्ने बाहेक केहि हुदैन तेस्माथि नेपालि महिलालाई श्रीमान को लागि सहबासगर्ने साधन , छोरा छोरी जन्माउने र हुर्काउने आदि इत्यादि मै लिखिवत रुपमा सिमित गराएका थिए | अझै पनि तेस्तै तेसै छ र फुर्सदि समय श्रीमानलाई स्वर्ग द्वार खोलिदिन पुजापाठ पछि फुर्सदि समय कुरा कटाई हालको फेसबुकि पारा मै बित्ने भए पछि तेस्ता समाज बाट उपज हुने कुरा के हुन् सक्छन पाठक बर्गले बुझी सक्नु भएकै कुरा हो | सामाज बाट डराउने के भन्लान भन्ने डरै डरमा इच्छा र परिवार हित बिरुद्द धेरैले नगर्ने काम गरेका छन् मैले पनि गरेको छु | यति सम्म कि एउटा परिवारले समाजले थाहा पाउलान र के भन्लान भनि लागु प्रदार्थमा लागेको छोरालाइ औसधि उपचार जे गर्नु पर्थ्यो त्यो नगरी बसे : अन्तत ओवरडोज ले उनको जीबन अन्त्य भयो | यो सामाजिक डर जामाजिक बिक्रिति बाट उप्जिएर यति हाङ्गिएको छ कि बिज्ञान देखि मनोविज्ञान मा PHD गर्नेले पनि यो संजाल बाट मुक्त हुने उपाय देखेका छैनन् होला | तेसैले तपाइँ हाम्रा बाउ आमा यो सामाजिक संजाल लाइ खुसि पार्न घर पनि बर्बाद गर्न पछि नपर्लान , तर यो चक्र एक चोटी आएर जाने पनि होईन यो भुमण्डल रहुनजेल रहनछ | सबैले बिहे गरे भन्दैमा बिहे गर्नु पर्छ भन्ने सम्झनु सामाजिक संजाल संग जोडिएको कुरा हो भने बिहे गर्ने नगर्ने भन्ने कुरा अरुको मुख हेरे आफ्नो मुखं चलाउनु ठिक हुदैन र यो व्यक्तिगत कुरामा व्यक्ति बिसेष को निर्णयको कुरा हो |

logan · Jun 22, 2022 9:50 AM

NCP, kasto ramro kura gareko. Samaya paribartan bhaisakyo…afno Paurakh le mehenet garera khutta ma ubhhinchhu bhannu dherai ramro soch ho. Afu kehi banera “equal footing” ma bihe garda dherai ramro. Teso bhayo bhane respect dherai painchha. Husband ko bhar ma dependent bhayera security khojnu easy way out ho. Husband rehabilitation center hoina ra malai parasite banna man chhaina bhaneko dherai mitho kura ho. Ani age pani ta bharkhar 25. Ahile kehi garera dekhaune samaya chha. Mero subhakamana!

chicagoan · Jun 23, 2022 7:33 AM

Chacago: You know we sanatani dharamalabi have been practicing women should be fully dependent ( in married life to husband and after widowed must be dependent to son). They were never given any rights and treated and compared as chandaal. It's good to be independent mentally as well economically.

Logan · Jun 23, 2022 8:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion