हुन त साझाहुदो म आँफै फुक्दै बसे, म नेपाल पुगे १५ बर्षपछी भन्दै। अब धाक लाको त हैन, कयौ नेपाली हरेक बर्ष नेपाल पुग्छन नेपालबाट आउछन। तर मेरो भ्रमण् चाँही बिशेष नै रह्यो भनौ, किनभने म यो १५ बर्षको बिचमा एकचोटी नि नेपाल गईन, भित्रबाट जाउ जस्तो पनि कहिले लागेन या नेपाल त्यस्तो मिस पनि भएन। जे जस्तो नेपाल सम्बन्धी समाचार छ, न्युज छ अब युटुब, ईन्टरनेटबाट थाहा त भैहाल्थ्यो हैन, अनी अरु बेला साझा छदै थियो। अब कुनै स्क्यान्डल होस् या यस्तै कुनै भाईरल ब्यक्तीबिशेष साझाले त अगाडि नै ल्याइदिई हाल्थ्यो र हाल्छ पनि। नेपाल जाने कुनै प्लान चै थिएन भन्नुपर्दा, तर अकस्मात् जाने कार्यक्रम बन्यो भनौ, यसमा आफ्नै ब्यक्तिगत कारणहरु पनि छन। जाने बेला त तर्साउनेहरु धेरै आए, अब मलाई कल्चरल शक हुन्छ, काठमाडौंको पानीले बिरामी बनाउछ यत्रो १५ बर्ष बाहिर बसेको मान्छेलाई, आफु गाँउबाट आएको जस्तो फिल गर्छस, जमाना धेरै अगाडि पुगिसक्यो आदी आदी। मेन्टल्ली म रेडी नै थिए। अब पलुशन, पपुलेशन त देखिराको हो, युट्युबमा, समाचारमा, कती नै गाहारो होला र? भन्दै म खन्डन गर्थे। तर म गलत थिए, मलाई नेपाल पुगेर थाहा भो। खैर, दुइटा प्लेन, बिचमा लामै त्रान्जिट आदी खेपेर पुगे नेपाल। जेटल्यागले हो कि के हो, मलाई चै छाती पोलेर हुनुसम्म भईराको थियो। दुई दिन सम्म फ्लाइटमै रहेछी के के हुन्छ मान्छेलाई हेर्नुस् है। खैर, अब सफा एयरपोर्ट, बाटो घाटो, अर्गनाइज्ड बिल्डिङ प्लानिङ हेर्दा हेर्दा अभ्यस्त भएका मेरा आँखा काठमाडौं ल्यान्ड गर्न लाग्दा प्लेनको झ्यालबाट देखेको द्रिश्य देखेर झस्कदै त थियो नै। गुज्मुज्ज घरै घर, फोहोर देखिने तुवालोजस्तो माथि, के के हो जस्तो देखिने हुलै हुलको झुन्ड। उत्रिईयो नेपालको एयरपोर्टमा! भित्रको आवश्यक फर्मालिटीपछी निस्कियो बाहिर। बाहिर ढोका खोली निस्कन्छु त एयरपोर्ट्को स्वरुप नै चेन्ज भएछ, अराइभल र डिपार्चर नै फरक ठाँउबाट बनाएका रहेछन। बाहिर त अजङको बस-टेम्पो-ट्याक्सी पार्क गर्ने ठाउँ पो बनाएका रहेछन, अनी चारै तिर घरै-घरले घेरेका। हे राम, अनी सबै तेस्तै फोहोर देखिने। म तर्सिसकेको थिए। अनी त्यो भन्दा नि बेसी, ट्याक्सी ड्राइभरहरुको हान्-थाप। सबैलाई हाम्रो मान्छे आउछ लिन भन्दा भन्दै पनि जो पनि पछि लागेर हैरान। मेरो कजनहरु आउन ढिलो भयो, तेसै केहीबेर उभिन पर्ने भयो। पछि आए पनि, सामान धेरै थियो अब नेपाल जाने भने पछि अमेरिका बासी आफन्तहरु के के भिडाउछन-भिडाउछन। कजन आएपछी सामान राख्न गाहरो भएकोले २-३ ट्याक्सी ड्राइभर हेल्प गर्न आए। अब हेल्प गरेछी त केही दिनै न पर्यो, नेपाली पैसा पहिले भएको हुनाले, नेपाली पैसा दिन खोज्दा त "यसो बाहिरको नोट पाउन हजुर" भन्दै एक जनाले आफ्नो डलर, पाउन्ड भाको वालेट पो देखाउछ हो। आफु त अहिले डलर बिल युज नगरेको धेरै भैसक्यो हो, जे कुरामा पनि क्रेडिट कार्ड चलाऊने बानी, अब कहाँ डलर राखेर हिंड्नु? छैन भन्दा त मुख बिगारेर मुख छाड्दै पो थियो हो। अब के भन्ने के? आफु त तेही जन्मियो केही नलाग्ला, अब बिदेशी, फरेनरहरुलाई के गर्दा हुन, त्यस्तो एत्तिट्युड देख्दा। एनिवे, दुइटा गाडीमा सामान राखियो अनी हुइकीयौ घरतर्फ। गाडीमा बस्ने बेला मेरो कजन भन्दै थिए, "यी ट्याक्सी ड्राइभरहरु तेस्तै हुन, को नेपाली अमेरिकाबाट आएको र को कतार, खाडी मुलुकबाट यिनिहरु हेरेर थाहा पाउछन अनी तेही अनुसार ट्रिट गर्छन्" यो सबै सुन्दा त दु:ख नै लाग्यो भनौ। नेपाली त नेपाली हौ नि हैन, जताबाट आए पनि। अलिकती मेरो पूर्व लेखहरुको बारेमा फेरी भनौ। मैले पहिले पनि लेखिसके, मैले नेपाल छाड्दा माओवादीहरु भूमिगत थिए, दुर्गम जिल्लाहरुमा उधुम मच्चाइराका थिए, कहिले डोल्पा, कहिले दुनैमा हजारौ निर्दोष नेपालीहरुलाई मार्दै थिए, सो कल्ल्ड "जन-सफाइ"को नाममा, देशमा सन्त्रास थियो, अब कती खेर काठमाडौं पनि झडपमा पार्नेछौ भन्दै त्रास फैलाउदैथिए, भएका संरचनाहरु ध्वस्त बनाउने उपक्रममा थिए। काठमाडौंमा पानीको अभाव थियो, सबसे मेन कुरा बिजुलि-लोड शेडिङले उत्पात मच्चाईराको स्थितो थियो। स्कुलमा जाच हुँदा बत्ती गएर पढ्न काम गाहरो हुन्न थियो र, ओह हो मलाई याद आउछ, गर्मीमा लखतरान परेर आयो, अनी नुहाउन जादा पानी छैन, कम गाहरो थिएन र, राजधानी बसे पनि हालत खराब थियो। मैले देश छोड्दा चै म एक हिसाबले फ्रस्ट्रेटेड थिए। केही ब्यक्तिगत कारण्हरु पनि रहे। यहाँ केही हुने वाला छैन यस्तो ठाउमा बसेर भन्थे मनमनै। अनी आर्मिले पनि बेला बेला ब्याग चेक गरेर नराम्रो बिहेभ गर्थ्यो, झोला बोकेर साथीहरुसँग हिंडेको देखी कि माओवादीको कार्यकर्ता सम्झन्थ्यो कि क्या हो। मलाई कसैले सोध्छ भने माओवादीहरुप्रती बिशेष नै घ्रिणा छ है, अब कोही होला यहाँ माओवादी सपोर्टरहरु, तर हेर्नुस्, तेत्रो मान्छे मारेर, तेत्रो इन्फ्रा-स्ट्रक्चर भत्काएर, तर्साएर, त्रास देखाएर सत्तामा आएर नि के नै नापे त यिनिहरुले? आफु आफु मिल्न सकेको हैनन, अझ उनिहरुको घमन्ड चै के के न गर्छु भन्ने। अब पनि भनेको भएन भने जङल पसेर तान्डव देखाउछु भन्छन कि? कहिले काही लाग्छ तेत्रो मान्छे मारेको केही दण्ड, दोष केही लाग्दैन कि यिनिहरुलाई? अनी सबैभन्दा मलाई रिस चै तेती खेर उठेको थियो, जब मैले सुने, यो सब बर्षौ भईराको लोड्-शेडिङ चै सबै "कृत्रिम" थियो रे, सबै ठेकेदार, सरकारी घुस्या कर्मचारी मिलेर गरिएको नियोजित षडयन्त्र। हुनै नपर्ने लोड्-शेडिङको मार कती बर्ष खेपे मैले। ओह हो, अनी को को त्यो दोषीहरु भन्दा नि थाहा छैन, दन्ड पाउने कस्ले? तेही एयरपोर्टबाट कती किलोग्रामको सुन हराको जस्तै होला यो सबै काण्ड हैन? खैर, यो कुराहरु त भईराख्लान नि हैन। गाडीमा चढे, थकित र अनभिग्य। गाडी निस्कदै थियो, तीन कुने, सिनामंगल हुँदै, अनी बिस्तारै सुरु भयो मैले पाउने "कल्चरल शक"हरुको सिलसिला.... क्रमश: (नेपालीमा यती लामो लेख्न गाहरै हुन्छ, अनी फेरी ग्राम्मर मिलाई मिलाई, म लेख्दै गर्नेछु, ट्रोल गर्नेहरु अलिकती काइन्ड भइदिनु होला है।)
Bennedict · Jul 9, 2022 1:08 PM · 42,709 views
ब्रेन जी, अब भाव बुझ्न चाहेनन भन्नुहुन्छ, तर यस्तो भनेर तपाईं भाग्न पाउन हुन्न ल। यहाँ को सुतेको छ र को सुतेको नाटक गर्दै छ? यस्तो छड्के हानेर कसलाई भनेको हो तपाईंले? यदी अब यो मेरो यात्रा सस्मरण पढ्नेहरुलाई सुतेको छन या सुतेको नाटक गर्दैछन भन्नुभको हो भने किन त्यस्तो भन्नुभको होला? बुझाउने कष्ट गर्नुस् त। तपाईंले पहिला पनि हात्तीको देखाउने दात एउटा हुन्छ खाने एउटा भनेर भन्नुभको थियो, दात भनेको दात हो, मैले माने। कसैलाई यस्तै कुरामा कसरत गर्न मन लाग्छ अनी के गर्नुहुन्छ त हजुर? तपाईंले अनी जसले जे भने नि तपाईंलाई केही फरक पर्नेमा छैन भन्नुभो तैपनी मेरो यो लेखप्रती तपाईंको यस्तो पूर्वाग्रह किन होला, किन यस्तो उखान हाली हाली छेड हान्नुहुन्छ भनेर सोधेको थिए, तर तपाईं पुच्छर लुकाइ हिंडेको भुस्याहा कुकुर जस्तै भाग्नुभो। यसरी बेला बेलामा आएर किन तपाईं शान्त तलाउको पानीमा ढुङो हान्नुहुन्छ हँ? अनी ढुङो किन हानेको भन्दा नि जवाफ छैन, तपाईंको ईन्टेन्शन के हो?
Bennedict · Jul 18, 2022 10:43 AM
बेनिबहदुर खकुरेल उपाध्धे मेरो ईन्टेन्सन किलियर छ, मनमा पाप छैन, आफुलाई ठीक लागेको लेख्छु।तपाईंको लेखपर्ति मेरो कुनै पुर्व,पछिम, उत्तर, दछिन ग्रह छैन, चिन्ता नगर्नुस।अरुलाई भए म 'बन्चरोले घुँडाँ हान्लास है, होस गरेस' भन्थे, तपाईंलाई चाईँ 'घुँडोले बन्चरो ताकिराछ है होस गर्नोस' भन्न पर्ला।
Brain_Adams · Jul 18, 2022 11:14 AM
"टाइम भको बेला पुरानो स्कुलतिर पनि गए, आफुले पढेको क्लासको कुर्सी टेबल छोएर आए। स्कुल बिल्डिङ तेही थिए, तेही छन, हामीहरु सबै मुभ अन गर्यौ। "सटिक अनि मार्मिक/ सायद सबैलाई येस्तै अनुभूति हुन्छ होला तर धेरैले एस्तो अनुभूति भावनामा ब्यक्त गर्न जान्दैनन / नेपाल सवारी हुदा म पनि पुरानो सरकारी स्कुल जान्छु ,खेल मैदान ,मेश,आफु बसेको टेबल , कुर्सि , कालोपाटी , टेबलमा खोपेका नामहरु हेर्ने प्रयास गर्छु / ७ वर्ष सम्म होस्टेलमा बसेर गरेको चक-चक ,रमाइलो ,झगडा ,गधाले जस्तो खाएको राम धुलाई सबै मानसपटलमा अतितका सम्झना लिएर आउछन / १० सम्म संगै बेञ्चमा पढेको एउटा प्रिये साथी अब हामी बिच छैन , हामी सबै साथीहरु छौ, स्कुल छ , धेरै मास्टरहरु तेस्तै छन् , मात्र उ छैन / थप पिडा हुन्छ /
ssk · Aug 10, 2022 1:42 PM
सरकारी स्कुल पढनेलाइ तुक्ष ठान्ने हरु यो साझामा कम छैनन् ? धेरै लामो समय पछि साझा छिरेर सरकारी स्कुल का कुरा लेख्नु भयो | यी लेखाइ पढेर प्राईभेट स्कुल जाने ले तपाईलाइ पनि गवारको लिस्टमा राख्ने त होईनन?
logan · Aug 11, 2022 1:16 PM
स् एस् के जी, धेरै दिन पछी झुल्किनु भो। गायब नै हुनुभएछ त। काममा धेरै बिजी हो कि? स्कुलका धेरै सम्झनाहरु छन, हो १५-२० बर्ष पछी स्कुल जाँदा छुट्टै अनुभव हुदोरहेछ। समय धेरै अघी बढीसकेको रहेछ, कुनै कुनै कुराहरु चै तेस्तै पाए। मेरो केसमा यता आएपछी म यताकै भएर हराए। अहिले फेरी उताको कम याद आउछ, फेरी गईयो भने अली कम कल्चरल शक होला कि यसपाली। तर नेपाल जाँदा चै अथाह इमोशन्सको सागर नै उर्ल्यो भनौ। अनी आफ्नै देशमा बाहिरको बिदेशी जस्तो फिल गरे। कती अनुभुतिहरु भावनामा ब्यक्त गर्न त मलाई नि खासै आउन्न, अनी उसै त साझामा यहाँ मलाई "बाल-कबि" भनेर ट्याग दिएका छन, तैपनि ट्राइ गर्छु, केही भन्न, केही लेख्न यस्तै छ। तपाईंको साथीको बारेमा पढेर दु:ख लाग्यो। मेरो जिन्दगीमा पनि तेस्तै घटना घटेको छ, जब आफ्नो नजिकको कोही मान्छे आफुबाट धेरै टाढा कहिले नफर्किने गरी गएका छन, बाचुन्जेल सम्म त कहिले यस्तो मीस गरिन होला, तर अहिले धेरै पटक उसको अनुपस्थितिमा चै धेरै प्रश्नहरु म गरिराख्छु तर सधैं कुनै निश्चित जवाफ चै पाउदिन। शायद अब आफ्नै जिबनको अन्त्य पछी नै भेटिन्छ होला उसलाई, कतै आकाश माथि....
Bennedict · Aug 12, 2022 11:16 PM
तपाईंको यात्रा राम्रो लाग्यो! फेरी पनि अरु यात्रा विश्लेषण पस्किनु होला भन्ने आशा छ
shahi baba · Oct 13, 2022 11:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion