अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामि हिन्दु भनि चिनाउछौ तर हिन्दु धर्मका आधार हरु के हुन् र हाम्रो धर्म बारे अरुलाई कसरि चिनाउने ?गाइ नखाने, ब्रम्हा बिष्णु र महेश्वोर तिन मुख्य देवता हुन् | कर्म को आधारमा पुनर्जन्म हुन्छ भने ब्राम्हणलाइ दान दक्षिना, पुराण लगाउने सुनाउने बाहेक सर्बोत्तम परिवारमा पुनार्जन्म लिने अरु के के क्रियालाप गर्नु जरुरि छ ? बिष्णु का अबतार पछि अबतार किन हुदै गए ? कहिँ यो पुनर्जन्म डर देखाई खाने भाडो बनाइएको त होईन ? अन्य धर्म पालन गर्ने लाई हाम्रो हिन्दु धर्मको चिनारी कसरि दिने ?

Logan · Jul 20, 2022 10:17 AM · 27,003 views

19 Replies

I want to be equipped with basic knowledge on Hinduism( your children may ask this question at home, lets be able to answer them), to be able to answer what Hinduism is without mumbling. Please share your knowledge. Last edited: 21-Jul-22 09:15 AM

Logan · Jul 21, 2022 9:09 AM

हिन्दू भन्दा पनि सनातनी र religion भन्दा पनि धर्म र नेपाली संस्कृतिमा बिश्वास गर्नेहरू धेरै छौँ होला हामी। हुनत यु एस मै पनि मसिना केटाकेटीलाई जातपात, यो फलाना जातले खाने , नछुने हुँदा बार्ने जस्ता कुरीति सिकाएका परिवार धेरै छन्। त्यस्तो परिवारसित सम्पर्क भएमा घर आएपछि केटाकेटीलाई सम्झाउनु पर्ने हुन्छ। यु एस मा पहिलो जागिर एउटा क्रिस्तानी विश्वविद्यालयमा 'non religious' हुँ भनेर खाइयो। They legally can selectively hire Christians. तर त्यस्ता ठाउँमा जिजस र चर्च बाहेक अरु कुरा नगर्ने क्रिस्तानी तालिबान फालाफाल हुने रहेछन् भन्ने बुझेपछि केही महिनामा अन्यत्र सारियो। एउटीले आफ्नो चर्चमा तान्ने प्रयत्नमा तेरो रिलिजन के हो भनेर सोध्दा 'आइ प्राइमरिली प्राक्टिस बुद्दिजम, हिन्दुइज्म एण्ड इस्लाम" भनियो, रिसले। एउटै गड भनेर अरुलाई त्यता तान्ने चलन् हाम्रो होइन। हिन्दू नै हुँ भनेर सगौरव भन्न अप्ठ्यारो लागेको अर्को कारण चाहिं इण्डियाका केही हिन्दू तालीवान जस्ता आर एस एस, शिव सेना लगायतका कारणले पनि हो.

_ · Jul 21, 2022 12:23 PM

सबै धर्म तालेबानी स्टाईल बाटै गुज्रिएका हुन र गुज्रदै छन् , फरक कुन ठाउमा बस्नु भएको छ तेस्ले केहि फरक बताउछ | भारतीयहरु को कुरै नगरौ ? दलित र अछुत हरुलाई आरु धर्मले ताने तर पनि तिनिहरु अझै पनि अछुत कै ब्यबहारमा गुज्रिनु परि रहेको छ | भन्ने बेलामा अछुतहरु पनि हिन्दु नै हुन् भन्न पछि परेका छैनन् | आफ्ना भोगाइ लाइ पोख्नु भयो:Thank You. हिन्दुत्वको परिचय चै कसरि दिने , जान्नु नै परेको छ | Last edited: 21-Jul-22 01:54 PM

logan · Jul 21, 2022 12:53 PM

खासै आस्था नभएको तर रमाइलो हुने सवैका चाडपर्वमा सरिक हुने "उदार सनातनी" हुँ जस्तो लाग्छ। I will be following this thread, but "हिन्दुत्वको परिचय" नै दिन गहन अध्ययन चाहिएला।

_ · Jul 21, 2022 4:58 PM

धर्के ब्रो: तपाइको उत्तर सटिकछ , ले अरु प्रश्न थप्दै लग्यो | मेरो सोचाइमा प्रकित पुजक हरु चै सनातनि हुन् कि ? हामि प्रक्रित पुजक बाट ब्राम्हणत्वका पछाडी लागि सके पछि हामि सनातनी का आचार बिचारमा मौलिक परिवर्तन भै सके पछि सनातनी को सट्टा अंग्रेजीमा "Conformist" "Followers" को प्रयोग गरिएको छ , तेतिनै मात्र हौ कि ? के चाड पर्ब धर्मकै एक अंश हो वा मनोरंजन र भेट घाट को माद्यम हो ? बाउले डोकोले बिरालो छोपेर श्राद्द गरेको देखेर हामि पनि श्राद्दको महत्व भन्दा डोको र बिरालो खोज्नेमा त परेनौ ? मेरो बच्चाले तपाइले भने झैँ दशैँ र तिहार मनाउदै आयौ, कक्षा बड्दै गयो, सामाजिक शिक्षामा धर्म का बारे पढे पछि मलाइ हाम्रो धर्म बारे किन केहि भनिनस भन्ने कुरा उठ्यो | मैले छल छाम नगरी दिएको उत्तर " मलाइ नै थाहा छैन हाम्रो धर्मका आधार के हुन्",(यो नैतिकता बिहिन संस्कार हो जसको ज्वलन्त उदाहरणमा जातिपाति र अछुत जाति माथि खुले आम बिधिपुर्बक महादास बनाइयो अनि हामि सनातानिले पछ्याउदै आयोउ , चर्चमा पादरीले बालबालिका माथि दैनिक बलात्कार गर्दा पनि पोप ले समेत आखा बन्द गरेर बस्याछन् भने हाम्रोमा संगठितरुपमा दिन दहाडै भए र गाउ घर तिर अझै हुदै होलान ?) यी कुरा अबस्य पनि उठने छ र यसको उत्तर अझै पनि मैले पाउन सकेको छैन | मैल मार्क्सले भने झैँ " धर्म नसा हो " र मैले बाल दिमागमा म आफै मेरो धर्म का आधार के हुन् र के सिकाउछ भनेर खोजि गरि रहेको बेला गलत कुरा दिनु भन्दा स्व-खोज बाट बुझेर थाहा पाउनु ठिक होला भनि मलाइ चिन्हाउने " हिन्दु" धर्म बारे केहि कुरा नगरेको हु भन्ने जबाफ दिए पछि "That make sense" बाट हाम्रो धर्मका बारे सधालाई अन्त्य भएको थियो | अहिले "बाउ त र म चै बुद्दिस्ट दर्शन तिर धेरै मिल्दो रहेछ" भने पछि पहिले हिन्दु धर्मकै बारे केहि बुझोउ तिर लागेको छु | हाल सालै मैले आफुलाई हिन्दु भन्न मिल्छ कि मिल्दैन , हिन्दु भनेको के हो , हिन्दु धर्मका आधार के हुन्, यसका बिसेश्ता बारे खोज खबर मा केहि पुस्तक हरु पढ्दैछु | मेरो हाई स्कुलको बेला " धार्मिकता से नैतिकता कि ओर " निबन्ध पढे पछि नैतिकता सिकाउछ कि सिकाउदैन भन्ने सोच मै आज सम्म बिते | जुन धर्मले नैतिकता सिकाउदैन भने त्यो धर्म नभएर एउटा "पन्थ" हो | त्यसो भए किन "पन्थी" ( CULT ) हुने ? Wikipedia: Many omnists say that all religions contain truths, but that no one religion offers all that is truth. Last edited: 22-Jul-22 09:38 AM

logan · Jul 22, 2022 9:31 AM

मैले सोचेको थिए हामि आन्फो धर्म बारे थोर बहुत जानकारी राख्छ्योउ र आफ्ना मतब्य share हुनेछ? झिंगा गुलियो मै आकर्षित भए झैँ साझाका महोदयहरु पनि Cheesy लेख तिरे हो जस्तो लाग्यो ?

logan · Jul 25, 2022 11:37 AM

बेद, रामाएण र महाभारत मा "हिन्दू" शब्द को प्रयोग भएको छैन, चाइनिज हरुले हैन्तु भन्थे १०० बि सि तिर, ग्रिक हरुले इन्दोइ भन्थे ६०० बि सि तिर, ओल्ड् टेस्टामेन्ट (जिउ को बाइबल मा होदु भनेको छ। भारत मा भएको एउटा अशोक पिलर मा एस्तो लेखिएको छ् सब मुनिसा मे पजा। अथ पजये इछमी किन्ती मे सबेणा हितसुखेन यूजेयू। अथ पजाय इछ्मी किन्ती मे सबेन हितसुखेन यूजेयू ति हिन्दलोगिक पाललोकिकेण हेबममेब मे इछ सबमुनिसेसु . अर्थात (All men are my people. I desire for my people that they may be provided with all welfare and happiness. I desire for my people, including the people of Hind and beyond and I desire for all men.) अवेस्तन मा "हप्ता हिन्दू" भनेर" "सप्त सिन्धु" लाई भनिएको छ्। तेस्तै Avestan Gaatha " sahatir "।  मा बेद व्यास ले राजा Gustasphp को दरबार मा Zorastra को उपस्थिती मा आफुलाई 'man marde am Hind jijad' "म हिन्द मा जन्मे को मान्छे हुँ" भनेको छ् यो अन्दाजी ३००० बर्ष अघी को कुरा हो यो सबै हिन्दू धर्म लाई भनेको होइन भारतीय भुगोल लाई भनेको हो। हिन्दू धर्म भनेर त धेरै पछी लेखिएको हो। सबै भन्दा पहिले "हिन्दू धर्म " शब्द को प्रयोग मेरुतन्त्र मा भएको देखिन्छ जुन अन्दजी ४-६ सताब्दी ए डि को मानिन्छ यो एउटा शैब ग्रन्थ हो। तेस्पछी १५ १६ शताब्दी तिर "हिन्दू धर्म" भनेको धेरै देखिन्छ। हिन्दू धर्म वनेर मन्मानी प्रयोग सन १८०० पछी भएको देखिन्छ. तेसो भये कुन हो त हामीले भन्दै आएको हिन्दू धर्म? हिन्दू हरुले मन्दै आएको पुरानो ग्रन्थ अनुसार यो "सनातन" धर्म हो एस्लाई किन सनातन धर्म भनेको भने यो कसैले स्थापना गरेको धर्म होइन पहिला देखी चली आएको धर्म हो, अब बेद ले नै एस्लाई पहिला देखी चलिआएको भनेपछी यो धर्म बेद गाइनु भन्दा पहिले देखी थियो भन्ने बुझिन्छ। एस्लाई सनातन धर्म भन्नु को अर्को करण पनि छ ५०००-- ३००० बर्ष तिर अरु धर्म पनि देखिन थाले अब अरु धर्म देखी यो धर्म लाई फरक देखौन के भन्ने भन्दा सबै भन्दा सजिलो "सनातन" पहिले देखी चली आएको भन्ड्यो कुरा खत्तम, मान्छे ले यो पुरानो धर्म भनेर बुझी हाल्छन. अहिलेको स्वरुप को सनातन धर्म सरस्वोती नदिको (जुन अहिले छैन) किनार मा बिकास भएको देखिन्छ पछी नेपाल को दक्षिण को छिमेकी का उत्तर तिर का बसिन्दा ले स्ठानिय करण गरी गंगा नदी लाई महान बनाये । बेद मा गंगा नदी को उल्लेख छैन। अब सनातन धर्म लाई कसरी चिनौने भन्दा यो धर्म राम्ररी बुझ्न जरुरी छ। अहिले सबै धर्म ब्यापार भएका छन। कथा पढेर धर्म बुजिन्न. Last edited: 25-Jul-22 05:27 PM Last edited: 25-Jul-22 06:26 PM

_____ · Jul 25, 2022 4:05 PM

त्यसो भए सनातनी हरुको पालामा एक जात एक धर्म र एक देवता थियो ? नया मुल्लाह ज्यादा प्याज खाता है भने झैँ धेरै जस्तो धर्म परिवर्तन गर्ने हरु कट्टरता साथ् पालना गरि धर्मभिरु भएको देखाउछन तेसैले जात पात को सुरुवात त्यसरी भएको त होईन | जति कट्टरता ल्यायो र पालना गर्यो तेतिनै धर्मात्मा भएको देखाइने र ठानिने हुनाले जातिपाति को सुरुवात भएको त् होईन ? अफ्रिका बाट फैलिएका मानब जाति युरोप पुगे पछि पिठा भन्दा सेता भए झैँ यो २ हज्जार बर्समा सनातनी पनि बदलिएनै तेसैले हामिले सनातनी होऊ भन्न मिल्ला जस्तो लागेन |

Logan · Jul 26, 2022 3:57 PM

अब सनातन धर्म कहिले सुरु भयो भनेर अन्दाज चाँही गर्न सकिन्छ बेद पढेर। कृषि युग को सुरुवात तिर सनातन धर्म को सुरुवात भएको जस्तो देखिन्छ र त्यो बेला मानब चेतना को ठुलो बिकास भै सकेको पनि देखिन्छ। सनातन धर्म ले दुई मुख्य कुरा भनेको छ्. 1. यो संसार भगवान ले सृस्‍टि गरेको २। हाम्रो धर्म (यहा धर्म भनेको duty हो) यो संसार को सृस्‍टि कर्ता लाई हाम्रो सृस्‍टि गरेको मा धन्यवाद दिदै यो सृस्‍टि लाई अघी बढाउने. सनातन धर्म अनुसार धर्म भनेको duty हो. अब तेसो भए सनातन धर्म वाला ले धर्म मान्दा पूजा प्रार्थना गर्ने अनी सृस्‍टि (creation ) को मर्म अनुसार आफु पनि creative हुने। destructive काम नगर्ने। destructive / negative काम नगर्ने किन भने यो सृस्‍टि creative हो तेस्को बिरुध्ह जान हुँदैन, गयो भने त्यो पाप हो। फेरी यो सृस्‍टि सर्बशक्तीमान भगवान ले गरेको हुनाले उस्को creation को बिरुध्ह जादा उस्ले दन्ड दिन्छन ( मान्छे लाई negative destructive काम गर्दा दुख्ह पाईन्छ भन्ने डर देखएको). भगवान कतिवोटा छन, एउटा छन कि धेरै छन? बेद अनुसार भगवान एउटा छन, भगवान को कुनै आकार प्रकार छैन र भगवान अन्तिम सत्य हो। अब एस्मा सबैले मान्छे ले धेरै बिबाद निकाले कुरा नबुझेर खास मा कुनै बिबाद छैन भगवान एउटा छन आकार प्रकार छैन- तर बेद ले अरु धर्म मा जस्तो आकार प्रकार सोच्न हुन्न पाप लाग्छ भनेको छैन, आफ्नो सोच अनुसार को आकार प्रकार सोच्न सकिन्छ बेद ले भगवान को आकार प्रकार छैन भनेको मात्र हो तर भगवान ले आबस्यक्ता अनुसार कुनै आकार प्रकार लिदैनन भनेको छैन। भगवान ले आबस्स्क्क्ता अनुसार आकार प्रकार लिन सक्छन, उ सर्बशक्तिमन उस्लाई कस्ले रोक्ने? के बेद ले भगवान को अबतार हुन्छ भनेको छ्? छैन। तेस्करण भगवान को अवतार धेरै पछी कल्पना गरिएको हो. बेद ले भगवान लाई बहिरी आँखा ले देख्न सकिन्न भनेको छ ज्ञान को आँखा ले मात्र भगवान देखिन्छ भनेको छ. पढ्नु र ज्ञानी हुनु फरक कुरा हो। जो सँग ज्ञान छ उस्ले मात्र भगवान देख्छ देख्नु भन्नु को अर्थ बुज्छ भनेको पनि हुन सक्छ, यो सृस्‍टि दुई प्रकार ले मात्र हुन सक्छ एउटा दुरघटना र अर्को भगवान द्वारा अब कसरी भो भन्दा ज्ञानी ले मात्र बुझ्छ . बेद का देवता हरु बेद ले प्रक्रिती को हरेक मूख्य चिज एक एक देबता ले म्यानेज गरेको छ् भनेको छ् (भगवान र देबता फरक हो) बेद ले ३३ देबता हरु को पारीकल्पना गरेको छ् (यहि ३३ देबता लाई पछी ३३ कोटी देबता भनेर बिक्रित पारीएको छ्) आठ वसु- आकास, प्रिथिवि , बायु , अग्नी, नक्ष्एत्र, पानी , सुर्य , चन्द्रमा बार्ह अदित्य- बिष्णु (कस्ट मुक्ती, सत्रु दमन), ईन्द्र (सक्ती, दमन, रक्षा), बरुण (जल), मित्र (कल्याण),दक्ष (सामाजिक निएम), आर्एमा (प्राणसक्ती) पर्जन्य (बादल को कन्ट्रोल), त्वष्टा (बनस्पती को कन्ट्रोल), पूषा (अन्न को कन्ट्रोल), भग (देह को कन्ट्रोल), विवस्वान (पचन प्रणाली), अंशुमान (प्राण) एघार रुद्र - (पाँच ज्ञानएद्रिये रुद्र)-(इ रुद्र हरु हाम्रो ज्ञान र कर्म इन्द्रिये हरु का देबता हुन) आँखा, नाक कान जिब्रो र छाला छ् कर्मेन्द्रिये रुद्र- मुख, हात, खुट्टा, मल्द्वार, जनेन्द्रिये र आत्मा दुई आसविन - इनिहरु को नाम छैन तर जुम्ल्या हुन। इनिहरु रेस्कु गर्ने देब्ता मान्निन्छन बेद मा देब्ता हरु को नाम हेर्दा इनिहरु डक्टर श्राब्य अथबा द्रिश्य सम्पादक कुनै प्रकार का रेगुलतोर हुन जस्तो लाग्छ अर्को पोस्ट मा बेद का गल्ती हरु Last edited: 27-Jul-22 01:33 PM

_____ · Jul 27, 2022 12:53 PM

बेद एक श्रोता ले अर्को श्रोता वा एक जेनेरेसन बाट अर्को जेनेरेसन मा जादा छाट काट अबस्यनै भए तेसैको परिणति स्वरुप राम्रा नराम्रा कुरा थपिदै जान्छ नै | बेदमा देखिएका गल्ति कसका मुखार बिन्द बाट आईपुग्यो ? Culprit मा संस्कृत जाने मात्र नभई ठुलै ज्ञाता हुनु पर्छ | सरकारी कार्यालयमा कुनै काम बिशेषले जानु भए नचाहिने कुरा तेर्स्याएर यि यि कुरा ल्याउनुस् अनी मात्र काम हुन्छ भन्छन तर हातमा दक्षिणा पाए पछी गरीदिए पछी धन्य हो पैसा लिए पनि काम त भयो भनी धन्यवाद दिए जस्तै डर त्रास ( भेद ) निती लाई अघी सारेर आत्मा मर्दैन भनी नयाँ हतियार प्रयोगमा ल्याए | जिउदोको लागि होईन मरे पछी पाइने अर्को जन्म्को लागि पनि केही गर्नु पर्छ भनी तह तह मिलाई षड्यन्त्रको प्रपञ्च मा सफल हुनुमा चार्वाक जस्लाई ब्रिहस्पती पनि भनिन्छ ले आत्मा जन्मिदा लिएर आउछ र मर्दा सगै मर्छ मा विश्वाश गरे र यि झुत कुरा हुन भने | रर   षड्यन्त्रकारी बर्गले यिनलाई झुन्ड्याएर यिन्का विश्वाश लाई अघी बडन बाट रोके (यो महाभारत कालमा भएको मानिछ)| यि पनि ट्रम्पको झुट्टा कुरा " चुनावमा हरेकै होईन जाल्साझ ले जितेका हुन " जस्तै नै हो | हिन्दू धर्म हिन्सा र अनैतिकतामा आधारीत छ र यही नै सिकाउदै आएको छ | महाभारत छेत्रीय हरुको नाशको लागि र रामायाण आर्य जातिले अनार्य ( द्रबिणियन )को बड्दो प्रभाब को दमन मात्रै हो जस्तो लाग्छ |    Last edited: 28-Jul-22 08:41 AM

logan · Jul 27, 2022 3:57 PM

बेद का गल्ती हरु भन्नु भन्दा अगाडि बेद का राम्रा कुरा नि भनम। बेद मा जाती प्रथा छैन, बेद मा सती जाने प्रथा पनि छैन, बेद मा स्त्री जाती लाई पनि उत्तिकै महत्व दिएको छ, बेद मा दाईजो प्रथा पनि छैन. अन्दाजी ५००० बर्श पहिले आर्य हरु मा दुई मत देखा पर्‍यो। भगवान बाट शक्ती को प्रप्ती कसरी गर्ने भनेर, एस्मा एउटा समुह यज्ञ गरेर भगवान को ज्ञान र शक्ती प्राप्त गर्न सकिन्छ भन्थ्यो अर्को समुह भने यज्ञ होइन तपस्या (चिन्तन मनन) गरेर शक्ती र ज्ञान पार्प्त गर्न सकिन्छ भन्थ्यो। यज्ञ बाट ज्ञान र शक्ती प्राप्त हुन्छ भन्ने समुह गलत थियो र तपस्या बाट ज्ञान र शक्ती प्राप्त हुन्छ भन्ने समुह ठीक थियो। तेस्सैले वेद मा तपस्या वाला हरुको कुरा राखिन पर्थ्यो तर उनिहरु को हार भयो यज्ञ गर्न पर्छ भन्ने समुह को जित भयो। फल्स्वरुप वेद मा जताततै यज्ञ को कुरा आयो हिजो आज सबैलाई थाहा छ चिन्तन मनन गरे ज्ञान प्राप्त हुन्छ यज्ञ गरे हुँदैन भनेर तर तेती बेला त्यस्तो थिएन। तेस्बेला देखी आर्य हरुमा दुई गुट भयो यज्ञ गर्ने समुह (जितुवा) र तपस्या गर्ने समुह (हरुवा), पुराण हरुमा देखिने देबासुर् सङ्राम इनै दुई को बिच को युध्ह हो,  ईन्द्र यज्ञ गर्नु पर्छ भन्ने का नेता थिए तेसैले उन्ले तपस्या गर्ने हरु को तपस्या भङ गर्न अप्सरा पठाउथे, युध्ह गर्थे पछी पछी गएर यज्ञ गर्ने हरु लाई पनि तपस्या गर्ने हरुले दुख्ह दिन थाले यज्ञ गर्न लाको ठाम मा गएर पानी खनैदिने आदी इत्यादी। ठुलो दुस्मनी सुरु भयो दुबैले छुटै राज्य बनायेर राज्य गर्न थाले। तपस्या गर्न पर्छ भन्ने समुह ले वेद मा भनिएको सृस्‍टि को आदी पुरुष जस्लाई तेस्बेला अहुर माज्दा भनिन्थ्यो, लाई मान्न थाले। तर उनिहरुले वेद मा उल्लेख भएका देबता ईन्द्र हरु लाई स्तर घटाइेको देबता र मान्न नपर्ने भन्न थाले। कती पए अहुर माज्दा मान्ने हरुले वेद मा उल्लेख भएको देबता हरुलाई दुस्ट को रुप मा चित्रण गर्न थाले। अहिले पनी अहुर माज्दा मान्ने हरुको ग्रन्थ "अवेस्तन" मा ईन्द्र लाई सत्य लुकाउने दुश्ट को रुप मा चित्रण गरिएको छ्। जसरी पुराण हरुमा असुर शब्द ले दुस्ट भन्ने जनाउछ तेस्तै अवेस्तन ग्रन्थ मा देबता शब्द ले दुस्ट भन्ने जनाउछ.   धेरै समय बित्यो शब्द बाट अक्षर "ह" गाएब भयो "ह" को सत्टा "स" पर्‍योग हुन थाल्यो "अहुर माज्दा "असुर" भयो। कती ले असुर लाई राक्षस (अहिलेको गुण्डा जस्तो) किन भने उनिहरुले बैदिक आर्य हरुको यज्ञ भंग गरी दिन्थे। बैदिक आर्य पनि तपस्या गर्ने आर्य हरुको तपस्या भंग गरी दिन्थे (ईन्द्र ले कतिपय ॠषि हरु को तपस्या भंग गराएका छन। यज्ञ गर्न पर्छ भन्ने हरु को बोल्वाला थियो उनिहरुले नै लेख्थे। धेरै पुराण उनिहरुले नै लेखेको हो तेसैले तपस्या गर्न पर्छ भन्ने आर्य हरु लाई दुस्ट, राक्षस को रुप मा चित्रण गरियो। अब ति राक्षस हरु अर्थात तपस्स्या गर्ने आर्य हरुलाई लाई अहिले के भनिन्छ भने खस आर्य। तेस्करण खस आर्य र बैदिक आर्य दुबै (सनातनी) हुन, अहुर (असुर) माज्दा मान्ने हुनाले बैदिक आर्य ले तिन्लाई असुर भने। खस आर्य हरुले अहिले पनि कुल देब्ता को रुप मा माज्दा लाई मान्छन। खस आर्य हरुले मान्ने माज्दा अहिले "मश्टो" भएको छ विश्वाश लाग्दैनभने पुराण हरुमा राक्षस भनिएका हरुले कि शिव, कि बिष्णु कि ब्रह्मा को तपस्या गरेर शक्ती प्राप्त गरेक छन। रावण एक सनातनी आर्य थियो, उस्ले शिव को तपस्या गरेर शक्ती प्राप्त गरेको थियो। अब शिव को तपस्या गर्ने पनि कही गैर सनातनि हुन्छ? तर तेस्बेला सोसिएल मिडिया (लेखाइ) बैदिक आर्य हरुको हात मा थ्यो । अहिले पनि हेर्यो भने सोसिएल मिडिया प्र्योग गरेर कतिपय लाई बद्नाम गरिन्छ। त्यो प्रब्रित्ती आज सम्म छ। रावण को बाउ बाजे बैदिक आर्य थिए, तर आमा चाँही खस आर्य। ति आमा ले रावण लाई खस आर्य सन्स्क्रिती मा हुर्काइेन. रिगवेद कलिन सन्स्क्रित भाषा र एवेस्तन भाषा पनि एकपश मा धेरै मिल्छ आगामी पोस्ट रामाएण महाभारत र मनुस्म्रिती Last edited: 28-Jul-22 01:58 PM Last edited: 28-Jul-22 04:28 PM

_____ · Jul 28, 2022 1:52 PM

This is what I know and knew about Manusmriti. https://www.researchgate.net/p......

Logan · Jul 28, 2022 2:24 PM

सुरु मा रामाएण को चर्चा गरम ग्रंथ को रुप मा। रामाएण मा के छैन? प्रेम, बिछोड, युद्ध र उपदेश सबै छ्। अर्थात हिजो आज हलिवूड र बलिवूड का सिनेमा मा पाइने सबै मसला तेस्मा छन। ग्रन्थ को रुप मा रामाएण पढ्न मज्जा आउछ र बाल्मिकि को रचना क्ष्यमता लाई मान्नै पर्छ। रामाएण कुन काल को कुरा हो ? - रामाएण मै उल्लेख भएको युग अनुसार गणना गर्नी हो भने रामएण अन्दजी २० लाख बर्ष अगाडि को घटना हुन पर्छ । अझ रामाएण २४ त्रेता युग मा भएको मान्ने हो भने रामाएण अन्दजी २०० मिलिएन बर्ष अगाडि को घटना हुन पर्छ. आधिनिक युग मा भएको प्रमाण लाई आधार मानेर हेर्ने हो भने रामाएण अन्दाजी ३५००-५००० बर्ष अगाडि को घटना हो बाल्मिकि ले कहिले लेखे ? ३००० बर्श अगाडि लेखेको हो कि जस्तो देखिन्छ तर प्रमाण छैन। भारत मा प्राप्त रामाएण को सबै भन्दा पुरानो किताब सन १०४१ मा लेखेको भन्छन. अब रामाएण कहाँ भएको थ्यो? भारतीय ले भारत मा भन्छन थाइल्यान्ड का हरुले थाइल्यान्डल मा भन्छन। थाइल्यान्ड को पुरानो राजधानी को नाम नै "अयुथ्या" हो थाइल्यान्ड का राजा हरु लाई "राम" को अबतार मानिन्छ। नबौ "राम" को निधन २०१६ मा, भयो अहिले का राजा "दसौ राम" हो। भारतीए ले चाइ भारत को प्रभाब भन्छ तर थाइल्यान्ड को प्रभाब भारत मा भएको चाँही किन भन्न नहुने नि? अब भारत को अयोध्या र बाल्मिकि आश्रम, नेपालको जनकपुर अनी बाल्मिकी रामाएण लाई दाजेर रामाएण लाई हेरम, रामाएण मा सरयु नदी मान्सरोबर बाट आएको भनेको छ- मानसरोबर होइन नजिकै को राक्ष्यस ताल बाट आएको हो यो मिल्दैन ल भनौ ३००० बर्श अगाडि जलस्तर माथि भएको हुनाले मान्सरोबर र राक्ष्यस ताल एउटै थ्यो (benifit of doubt) दिन सकिन्छ) बाल्मिकि रामाएण मा आयोध्या बाट हिंडेको तेस्रो दिन मा जनकपुर पुगेको भन्नि छ। गुगल गर्दा बर्तमान अयोध्या बाट जनकपुर सिधा दुरी नै ४५० किमि छ। अब त्यो बेला बाटो पनि सजिलो थिएन, एउटा घोडा ले दिन मा १०० किमी भन्दा बडि डौदन सक्दैन तेस्करण अयोध्या बाट जनकपुर तीन दिन मा पुग्न सकिदैन। एदी नेपाल को जनकपुर सहि हो भने आयोध्या नेपाल को सिमाना नजिक हुन पर्छ. एदी भारत को अयोध्या सहि हो भने जनकपुर भारत भित्रै हुन पर्छ। अयोध्या र जनकपुर जहाँ भएपनी तिनिहरु बिच को दुरी २५० किमी भन्दा बडि हुनु हुँदैन. बाल्मिकि रामाएण मा धोबी ले सिता लाई आरोप लगाइ सकेपछी लक्ष्मण ले सिता लाई अयोध्या बाट बिहान प्रस्थान गरी बाल्मिकी आश्रम मा छोडि बेलुका अयोध्या फर्केको भनेको छ्। तर अहिले भारत मा बाल्मिकि आश्रम भनेको ठाम आयोध्या बाट ४०० किमी छ सिधा। बग्गी मा चढेर बिहान अयोध्या बाट हिडि बेलुका फर्किन सम्भब छैन। घोडा बाट एक्दिन मा ८०० किमी दुरी पार गर्न सम्भब छैन- बाल्मिकि आश्रम र अयोध्या जहाँ भएपनी तिनिहरु को बिच को दुरी  50  जती हुन पर्छ. तेस्करण बर्तमान अयोध्य, जनकपुर र बाल्मिकि आश्रम लाई मान्ने हो भने रामाएण काल्पनिक हो। रामाएण सहि भन्ने हो भने अहिलेको जनकपुर बाल्मिकि आश्रम र अयोध्या मध्ये दुई को स्थान मिल्दैन श्रीलन्का मा रावण को राजधानी को कुनै भग्नाबसेस पाइएको छैन। रावण को राजधानी भनेर मानिएको Sigriya लाई लन्काबसी हरु कश्यप राजाको दरबार भएको मान्छन रावण यू पि को बिस्राख भन्ने ठाम मा जन्मेको र यू पि मै कही लन्का भन्ने ठाम थ्यो भन्ने हरु पनि छन के राम भगवान बिष्णु का अबतार हुन? मैले राम ले कुनै खास काम गरेको देखेको छैन जस्ले गर्दा राम लाई  भगवान को अबतार भन्न सकियोस   राम बैदिक आर्य थिए यज्ञ गरेर शक्ती आर्जन गरेको देखैएको छ। रावण का बाउ (ॠषि बिशर्व) बाजे (ॠषि पुलत्स्य) बैदिक आर्य भये पनि उन्की आमा खस आर्य भएकी हुनाले खस आर्य परीबेश मा हुर्काइन तेसै ले रावण ले तपस्या गरेर शक्ती आर्जन गरेको देखैएको छ। बैदिक आर्य को बोलवाला भएको बखत रामाएण लेखिएको हुँदा राम बिष्णु का अबतार को रुप मा देखाइयो भने रावण लाई राक्षस देखाइयो। पछी बैदिक आर्यहरु खस आर्यहरु सँग मिलेर बस्न थालेपछी रावण को बारेमा पनि राम्रा कुरा रामाएण मा थपिएको छ। यो कुरा मिल्दा नेपाल का माओवादी ले एमाले को र एमालेले माओवादी को नेता को प्रसन्सा गरेको, कुरा नमिल्दा उछिटो काटेको जस्तो मात्र हो, राम र रावण दुबै आर्य हुन, दुबै हिन्दू हुन, फरक के हो भने राम यज्ञ गर्ने आर्य रावण तपस्या गर्ने आर्य. रामाएण ले के देखाउछ भने जस्को हात मा सोसिएल मिडिया छ तेस्ले जस्लाई पनि सजिलै सँग भगवान र सजिलै सँग राक्ष्यस बनाउन सक्छ मेरो बिचार मा रामाएण को युद्ध खस आर्य र बैदिक आर्य बिच भएको एउटा सानोतिनो युद्ध थियो जस्मा रावण को पराजए भयो. बाल्मिकी एकदम रचनात्मक थिए उन्ले तेस्लाई ग्रन्थ को रुप दिये आनी नाम र दाम कमाये लामो हुने भो तेसैले महाभारत र मनुस्म्रिती अर्को पोस्ट मा Last edited: 29-Jul-22 09:57 PM Last edited: 30-Jul-22 08:47 AM

_____ · Jul 29, 2022 11:50 AM

अब महाभारत तिर जाम, रामाएण जस्तै महाभारत पनि एउटा उत्कृष्ट रचना हो। अझ रामाएण मा भन्दा महाभारत मा बडी एक्सन छ। मलाई रामाएण भन्दा महाभारत पढ्न बडी मज्जा आउछ। महाभारत is full of क्लिमेक्सेस। ॠषि व्यास लाई धन्यवाद दिनै पर्छ तेत्रो बर्ष अगाडि एस्तो चाख लाग्दो रचना गरेको मा तर महाभारत एकै पटक एती ठुलो लेखिएको होइन भन्छन। सुरु मा ८,८०० स्लोक को जय सम्हिता लेखियो, तेस्मा पछी अन्दाजि १६००० स्लोक थपियो र ग्रन्थ को नाम "बिजय " भयो। तेस्मा फेरी केही हजार् स्लोक थपियो, अनी ग्रन्थाको नाम "भारत " । "भारत" मा पछी धेरै स्लोक हरु थपेर "महाभारत" बन्यो। कतिपय ले व्यास ले बल्मिकी रामाएण को कपि गरेर महाभारत बनाएको भनेका पनि छन। रामाएण र महाभारत मा धेरै कुरा हरु उस्तै उस्तै छन. १। महाभारत को मुख्यकारण बाबु (ध्रितरास्ट्र) ले आफ्नो छोरा दुर्योधन लाई राजा बनाउन चाहेर, रामाएण मा आमा (कैकेयी) ले आफ्नो छोरा भरत लाई राजा बनाउन चाहेर. २। रामाएण मा राम का दाजुभाई फरक फरक आमा बाट जन्मे का, महाभारत मा यूधिस्टर का दाजुभाई फरक फरक बाउ बाट जन्मे का ३। यूधिस्तर लाई १२ बर्ष बनबास र एक बर्ष गुप्ताबास को सजाए, राम लाई १४ बर्ष बनबास को सजाए (सजाए को प्रकार उस्तै) ४। राम ले शिव को धनुस् भाचेर सिता को पती बन्छन, अर्जुन ले धनुस् ले नहेरिकन माछा मारेर द्रौपदी को पती बन्छन ५। पत्नी हरुलाई बनबास को सजाय नभएको भये पनि दुबै पत्नी ( सिता र द्रौपदी ) पती संगै बनबास जान्छन ६। बनबास मा सिता लाई रावण ले हरण गर्छ द्रौपदी लाई जयद्रुथ ले हरण गर्छ. यू । फरक फरक आमा का सन्तान भएपनी राम का दाजु भाई बिच एकदम राम्रो सम्बन्ध छ, तेस्तै महाभारत मा फरक फरक बाउ को सन्तान भए पनि यूधिस्टर का दाजु भाई मा एकदम राम्रो सम्बन्ध छ ८। रामाएण मा शक्तिशली हनुमान थिए भने महाभारत मा शक्तिसाली हनुमान का छोरा भिम छन ९। राम र कृष्ण दुबै बिष्णु का अवतार १०। सिता र द्रौपदी दुबै आमा को गर्व बाट जन्मे का होइनन अब यो समानता लाई नक्कल गरेको भन्न मिल्छ कि मिल्दैन कुन्नी महाभारत कती पुरानो? रामायाण लाई जस्तै महाभारत लाई पनि बिभिन्न काल को मान्न सकीन्छ तर आधुनिक काल को प्रमाण हेरेर भन्ने हो भने अन्दाजि २८०० -३२०० तिर को होला जस्तो छ। चन्द्रगुप्त को पाला मा मगध साम्राज्य मा आएका  ग्रिक राज्दुत ले कृष्ण को मृत्‍यु पछी चन्द्रगुप्त को पाला सम्म १३८ generation भनेका छन। तेस्लाई आधार मानेर गण्ना गर्ने हो भने महाभारत आज भन्दा करीब ५००० बर्ष अगी भएको हुन पर्छ। महाभारत लाई आधार मानेर गण्ना गन्रे हो भने रामाएण आज भन्दा करीब भन्दा ७०००-८००० बर्ष अघी भएको हुन पर्छ. कृष्ण भगवान का अबतार हुन? भगवान ले अबतार लीनै पर्छ भन्ने छैन। तर गीता लाई पढ्ने हो भने कृष्ण निकै चलाख मान्छे हुन। जैन धर्म ले कृष्ण लाई बासुदेब भनेर सम्मान पनि गरेको छ् र कृष्ण नरक गये भनेको छ किन भने अर्जुन ले युद्ध गर्दिन भन्दा भन्दै कृष्ण ले अर्जुन लाई युद्द गर्न उक्साए. बैदिक आर्य हरुले पनि महाभारत काल सम्म आइपुग्दा खस आर्य हरु सँग मिलेर बस्न पर्छ भन्ने बुझी सकेका थिए, तेसैले कृष्ण ले ईन्द्र (बेद्कलिन देवता) लाई पूजा गर्न पर्दैन, कर्म गर्ने म हो मलाई पूजा गरे पुग्छ भनेका छन। ईन्द्र लाई युड्ढ मा हराएका छन. आज आफु लाई ठुलो बैदिक भन्नेहरु लाई बेद भन्दा रामायाण, महाभारत बडी थाहा छ। बुद्ध ले खस आर्य को तरिका अपनाएर भगवान बने, यज्ञ गरेर कोइ भगवान बनेको थाहा छैन। Last edited: 30-Jul-22 04:46 PM

_____ · Jul 30, 2022 12:46 PM

अब मनु स्म्रिती लाई हेरम एक फेर १। मनु स्म्रिती भन्ने खास ग्रन्थ छैन। जुन ग्रन्थ लाई हामीले मानु स्म्रिती भनी रहेका छौ तेस्को को ५० वोटा मुल प्रती प्राप्त भएको छ आज सम्म र ति सबै मा मनुस्म्रिती भनेर कही लेखेको छैन. ति ग्रन्थ हरु को प्रतेक chapter को अन्त्य मा "मानब धर्मशास्त्र" भनेर लेखिएको छ्। २। ति ५० मुल प्रती नै एकआपस मा कतिपय कुरा हरुमा मेल खाँदैनन 3 "मानब धर्मशास्त्र" भन्ने ग्रन्थ को वेद पुराण, र उपनिशद कही पनि उल्लेख छैन 4। मानब धर्मशास्त्र भन्ने ग्रन्थ लाई सन १७०० पछी प्रकाशित गर्दा चाँही मनु स्‍मृति भनेर लेखिएको छ्. 5। स्‍मृति नाम गरेका ग्रन्थ हरुको धेरै उल्लेख भयेका छन र सुरु मा १८ स्‍मृति हरु को नाम दिएको छ्। ति १८ स्‍मृति हरुमा "मनु स्‍मृति" को नाम छैन। १८ उल्लेखित स्‍मृति हरुमा धेरै को अस्तित्व पाइदैन 6 पछी रहस्यमय तरिका ले यज्ञबाल्क्य ले थपेको भनेर दुइटा स्‍मृति थपिएको छ ति हुन यज्ञबल्क्य स्‍मृति र, मनु स्म्रिती। पुराण हरु लाई पनि स्‍मृति मानिएको छ्। भन्ने मान्छे हरुले के पनि भन्छन भने १८ स्‍मृति हरु १८ पुराण मा परिवर्तन भएपछी कतिपय लाई मन परेन र स्‍मृति भनेर छुत्टै अर्को ग्रन्थ लेख्न थाले कती लेखिए, कती लेखिएन. 7.सुरु मा उल्लेख गरिएका १८ स्‍मृति हरु अत्री, बिष्णु, हरिता, असनासी, अङिरस, यमा, अपास्तम्ब, सम्वर्त्त, कात्ययन, ब्रिहस्पती, परासर, व्यास, सन्ख, लिखिता, दक्ष, गौतमा, सततप र बसिस्ठ। इ १८ मध्य धेरै स्‍मृति अहिले अस्तित्व मा छैनन र भएका को पनि हस्तलिखित manuskript प्राप्त छैन. सन्ख र लिखिता दाजु भाई भएको हुनाले र तिनिहरुले एक अर्का को लागि स्‍मृति लेखेको र संयुक्त रुप मा तेस्रो स्‍मृति (तेस्रो स्म्र्ती को नाम दिएको छैन) पनि लेखेको हुनाले ति तीन स्‍मृति लाई एउटै स्‍मृति मानिएको (३ स्‍मृति लेखिएको भएपनी एउटै मानिएको) र एसरी पछी यज्ञबाल्कय स्‍मृति र मनुस्‍मृति थप्न को लागि बाटो खुलाइएको। किन भने सुरुमै १८ स्‍मृति हरु छन भनेर अन्य ठाम मा लेखी सकिएको थियो एसरी १८ स्‍मृति भनिएकोमा कतिपय को अस्तित्व नै नदेखिनु, २ जना ले लेखेको तीन स्‍मृति लाई पछी एउटै मानिनु र नयाँ स्‍मृति थप गर्नु । मनुस्म्रिती भनिएको तथाकथित स्‍मृति मा "मानब धर्मशास्त्र" भनेर लेखिनु ले स्‍मृतिको आधिकारिता मान्न सकीदैन 8.एउटा चाख लाग्दो कुरा के छ भने मनुस्म्रिती को अङ्रेजी उल्था सन १७७६ मा अङ्रेज बाट भएको हो भने महाभारत को अङ्रेजी उल्था सन १८८३ मा भारतीय द्वारा तेस्तै रामाएण को पहिलो अङ्रेजी उल्था सन १८७० मा। त्यस्तो के थियो राम्रो थियो मनुस्मृति मा जस्का लागि अङ्रेज हरुले रामाएण र महाभारत भन्दा १०० बर्ष भन्दा अघी उल्था गर्न पर्‍यो? उल्था गर्ने ले Manuskript मा "मनु स्‍मृति" नलेखेर "मानब धर्मशास्त्र " लेखेको त देखेको होला तर पनि तेस्लाई "मनु स्‍मृति" नै किन भनियो? किन भने मनु स्‍मृति भन्ने ग्रन्थ छ भनेर कारीब २००० बर्ष अघी देखी भनिएको थियो। त्यसैले षद्एन्त्र पूर्वक "मानब धर्म शास्त्र" मनु स्‍मृति मा बदलाइयो. ९। तेसो किन गरिएको भन्दा त्यो शास्त्र को उपयोग गरेर भारतीय समाज मा आन्तरिक झगडा सुरु गराउन सकिन्थ्यो तेसैले। झगडा सुरु पनि भो अङ्रेज ले उपनिबेश पनि बनाए। र आज पनि धेरै जना नक्कली मनुस्म्रितिको नाम मा झगडा गरिरहेछन १० मनु स्‍मृति मा मात्र होइन कलियुग को लागि "परासर स्‍मृति" हो भनेर "परासर स्‍मृति" मा मनुस्म्रिती जस्तै लेखिएको छ्। अङ्रेज ले उपयोग गरेको कारण ले मनु स्‍मृति ले प्रख्याती पायो तेत्ती हो। मेरो बिचार मा "स्‍मृति" भानिएका स्‍मृति हरु ब्यपारिक् दृष्‍टि ले लेखियेका हुन ११। एदी स्‍मृति हरु त्यस्तो धर्म शास्त्र भएको भए किन कतिपय स्‍मृति हराएर गए? किन तेस्को वेद, रामाएण, महाभारत अनी उपनिशद को जस्तो continuity भएन? १२। उपनिशद, रामाएण अनी महाभारत को सफलता बाट कारीब १२०० बर्ष अघी तेस्बेला का केही ले दाम र नाम कमाउन तेस्ता ग्रन्थ लेखेका थिए, जनता ले पत्याएनन, फ्लोप भयो, हिजो आज का फ्लोप उप्यानस जस्तै। तर तिन्लाई आफ्नो स्वार्थ पुरा गर्न केही समुह ले प्रयोग गरी रहे. तेस्कारण मनु स्‍मृति आदी लाई सनातन धर्म को ग्रन्थ मानेर बहस गर्न म तयार छैन। सनातन धर्म मा सनातन् देखी चलेर नआएको कुरा मान्न पर्दैन त्यसरी फरक पार्दै जाने हो भने त्यो सनातन् धर्म नै भएन नि। सनातन देखी चली आएको कती कुरा मा त चित्त बुझ्दैन यो थप् थाप् गरेको कुरामा समय खेर फाल्न जरुरत छैन १२। तपाईं पनि गज्जब को मान्छे हुनु हुन्छ हामी भारतीय बाट शत प्र्तिशत प्रभाबित छौ भन्नु हुन्छ। अब भारतीय हरुले भनेको पत्त्यौन थालेपछी उनिहरुको प्रभाब नपरे कस्को प्रभाब पर्छ त? चाइनिज को? बाँकी अर्को पोस्ट मा

_____ · Jul 31, 2022 2:26 PM

संकराचार्य भारत मा मात्र हुने गर्थे (अहिले चै नेपालमा पनि एक जनालाई यो पद बात सम्मानित गरेको सुन्छु ) तेसैले हाम्रा संकृति का मूलभुत आधार उतै बाट आएका हुन होइनन र ? संस्कारित भाषा पेवामुलक भए पछि तिनमा भएका बिसय बस्तु जसले उल्था गर्छ तेसैलाई पछ्याउनु परेन त ? अनि गाउघार मा सोधिन जाने कर्मकाण्डी का भनाइ भन्दा अलिक माथि छन् कि ?

logan · Aug 1, 2022 8:45 AM

संसार मा मान्छे दुई प्रकार ले ठुलो हुन्छ एउटा ठुलो हुने काम गरेर अर्को अरुलाई आफु भन्दा सानो देखाएर। ठुलो हुने काम गरेर ठुलो हुन नसक्ने हरु अरु लाई सानो देखाएर आफु ठुलो हुन खोज्छ। अङ्रेज ले मनुस्म्रिती लाई अगाडि बढाउनु को अर्थ नि तेही हो। उनिहरु लाई हिन्दू धर्म लाई सानो देखौनु थ्यो, उनिहरुमा फुट ल्याउनु थ्यो। नभएको मनुस्म्र्ती खडा गरियो, तेस्लाई प्रचार प्रसार गरियो। पीडित लाई उक्साइयो। अब समाज एस्तो भए पछी यो समाज ले उनिहरु लाई challange दिन सक्दैन। कुरा तेत्ती हो। नत्र न बाइबल मा पोप हुन पर्छ भन्या छ न चर्च को तेत्रो ठुलो घर हुन पर्छ भन्या छ। चर्च का फादर हरु राजा र अन्य धनीमानी बर्ग का लागि जासुसी गर्थे। फादर को अगाडि कन्फेसन गर्ने प्रचलन तेसै को लागि हो। चर्च नै सबै भन्दा बढी पेडोफाइल को केन्द्र बन्यो। अहिले निस्पक्ष बैज्ञानीक हरु के भन्चन भने क्रिस्चियानिटी नभैदेको भये अहिले मानब ले मंगल् ग्रह मा बस्ती बसाइ सक्थ्यो। प्रिथिबी ले सुर्य घुम्छ भन्ने लाई चर्च ले जिउदै जलायो कतिपय लाई घर मै नजरबन्द राख्यो। अहिले जुन genetics को kura गर्छन् मान्छे हरु तेस्को पहिलो आबिस्कार चर्च का फादर ले बगैचा मा केराउ को फुल हरुको अध्एन गरेर पत्ता लगाएको थिए र त्यो एकदम सटिक थ्यो। तर उन्ले त्यो प्रकाशित गर्न सकेनन किन भने त्यो बाइबल को बिरुध्ह थ्यो। उनी मरेको ३५ बर्ष पछी अरुले उन्को notebook अध्ययन गरेर प्रकाशित गरे जुन बेला यूरोप मा क्रिस्तिअन को बोलवाला थियो त्यो bela जब क्रिस्चियानिटी ले रोम जित्यो सन ३८० मा तब यूरोप को खराब दिन सुरु भयो। क्रिस्टिअन हरुले यूरोप मा आफ्नो पूर्ण कब्जा गर्न त्यहा एक अर्का लाई उक्साउन थाले हरेक ठाम मा सानो तिनो युद्ध हुन थालयो। सन ५०० देखी १५०० सम्म अन्धकार को युग भनिन्छ यूरोप मा। क्रिस्तिअन हरुले सुरुमा त्यहा का पुराना धर्म लाई दबाउन एक अर्का लाई उक्साए आफु चाँही असल बनेर गए। सन ९०० तिर लगभग सम्पूर्ण यूरोप कब्जा भएपछी मात्रै सन्तोष को सास फेरे। एस्तो बेला क्रिस्चियानिटी ले यूरोप कब्जा गर्यो जुन बेला यूरोप मा पुनर्जागरण सुरु हुन लागेको थियो। क्रिस्चियानिटी ले गर्दा त्यो पुनर्जागरण करीब ५०० बर्ष पछी धकेलियो। धेरै बैज्ञानीक ले दुक्ख पाये। ठुल ठुला बैज्ञानीक अनुसन्धान गर्न पर्ने बेला पैसा जती सबै ठुल ठुला चर्च, फादर को बास्स्थान, मोनास्ट्री र चर्च स्कुल मा खर्च भयो। यूरोप मा भएका धेरै जसो जात्जाती को धर्म हरायो (अहिलेको भाषा मा भन्ने हो भने पहिचान)। धेरै संघर्श पछी, प्लेग आदी रोग ले गर्दा पनि सत्रौ सताब्दी को अन्त बाट यूरोप ले क्रिस्चियानिटी को शिकन्जा बाट मुक्त पाउन सुरु गर्यो। तर पनी सन १९०० पछी मात्र चर्च को सामाजिक त्रास बाट यूरोप ले मुक्ती पाउन सकेको देखिन्छ. बैज्ञानीक कोपर्निकस ले बाइबल को भन्दा फरक, सुर्य ले प्रिथ्बी घुम्ने होइन कि प्रिथ्बी ले सुर्य घुम्छ भनेर प्रतिपादन गरेको सिद्दान्त प्रकाशित गर्न मानेनन। उन्ले एस बिषय तेस्बेलाका पोप सँग पनि कुरा गरे पोप र अन्य धर्मान्ध ब्यक्ती हरुको मत बुझेपछी उनी पछी हटे र अन्त्यमा उनी मरेपछी मात्र त्यो प्रकाशित भयो। त्यसरी प्रकाशित गर्दा पनि "यो सत्य हो भन्ने कुनै ग्यारेन्टि छैन, र नहुन पनि सक्छ एदी एस्ले जे देखिएको छ तेस अनुसार हिसाब गर्न मिल्यो भने ठीक छ। भन्ने जस्तो प्रकाशकिए लेखेर सामसुम पारे। सन १५४३ मा कोपर्निकस को मृत्यु भयो, सन १५४४ मा उन्को सिद्दान्त प्रकाशित भो (कसै कसैले १५४३) मै भनेका छन. तर सन १६०० मा कोपर्निकस को सिद्धान्त ठीक छ भनेर प्रचार गर्दै हिंड्ने चिन्तक ब्रुनो लाई भने एकाबीहानै जिउदै जलाएर मारियो चर्च द्वारा। त्यस्तो आतंक थ्यो चर्च को। तेस्तै बैज्ञानीक ग्यलिलियो को किताब माथि प्रतिबन्ध लगाइयो र उन्लाई घर मा नजरबन्द राखियो. तेस्बेला को पोप को आदेस बाट उन्लाई मुद्धा चलाइयेको थियो। त्यस्तो कती छन कती। त्यस्तो पोप को सिस्टम हटाय हुँदैन? तर राष्ट्रध्य्क्ष्य को दर्जा दिएर रखिएको छ। बाइबल मा त कतै लेखिएको छैन पोप हुन पर्छ भनेर बुद्ध धर्म मा पनि तेसै हो। बुद्ध धर्म ले बुद्दिस्त ले राज्य गर्न पर्छ भनेको छैन तर नेपाल कै छिमेक टिब्बत मा राजा हटाएर बुद्धिस्ट धार्मिक गुरु को शासन चल्न थाल्यो। शान्त धर्म का दलाई लामा ले आफ्न बिरोधि हरु लाई क्रुर सजाय दिन थाले के तेही हो बुद्ध को उपदेश? ईस्लाम धर्म त सम्राट अशोक ले बुद्ध धर्म संसार भरी फैलाउन खटाएका "धर्मिक इन्स्पेक्तर" अथबा "नैतीक इन्स्पेक्तर" जस्लाई "महा मत" (final opinion) को पदबि दीइन्थ्यो। तिनीहरु का शन्तती ले मध्यपुर्ब पुगेको ८०० बर्ष पुगेपछी सुरु गरेको हो। नेपाल मा जो बाउन लाई नि "बाजे" भन्या जस्तै तेस्ता नैतीक इन्स्पेक्तर लाई "महामत" भनिन्थ्यो पछी अपभ्रम्श भएर मुहम्मद भयो। टर्की मा अहिले पनि मुहम्मद लाई महामेत भनिन्छ। ईस्लाम धर्म पनि आफुलाई शान्ती को धर्म भन्छ। ईस्लाम धर्म ले चन्द्र लाई महत्व दिनको कारण पनि बुध्ह को जन्म, मृत्यु र ज्ञान प्राप्त गरेको दिन पुर्णिमा भएर हो, चन्द्र मा भगवान बस्छन भनेर पनि तेही कारण ले भनेको ईस्लाम धर्म मा खुमेनी भनेको को कुनैस्थान छैन तर ईरान मा खुमेनी सुप्रिम नेता धर्म ले त कतै भनेको छैन तर मान्छे ले आफ्नोस्वार्थ को लागि धर्म बङ्याउछन बङ्यएक छन र बङ्याइरहन्छन Last edited: 02-Aug-22 05:00 PM

_____ · Aug 2, 2022 12:24 PM

अब नेपालमा पनी शन्कराचर्य नियुक्ती भएको तिर जाम. धर्म लाई कमाउने भाडो बनाएपछी कुनै आचार्य आदी इत्यादी बनैएमा कुनै आस्चर्य नमाने हुन्छ। नेपाल का बुद्ध धर्म मा, ईस्लाम मा र क्रिस्चियानिती मा त भएकै छ। जब सम्म धर्म आर्थिक श्रोत को माध्यम बन्ने सम्भाबना देखिन्छ तब सम्म त्यस्तो भै रहन्छ। जब धर्म आर्थिक श्रोत को माध्यम हुँदैन र जिम्मेबारि को माध्यम बन्छ तब त्यस्तो काम हरु आँफै हराउछन. अब हाम्रो सबै कुरा उतै बाट आएको होइनन र भन्ने कुरा मा चाँही एस्तो छ। क्रिस्चियानिती यूरोप मा मध्यपुर्ब बाट गएको हो. तर यूरोप का मान्छे हरु मध्यपुर्ब का मान्छे जस्तै सोच्छन र? ब्द्ध धर्म एतै तिर बाट जापान गएको हो, जापान तिर का मान्छे एतै तिर का मान्छे को जस्तो सोच्छन र? सनातन धर्म को सुरुवात हाल को ईरान को भुगोल बाट सुरु भएको हो र हाल को स्वरुप सरस्वती नदिको कीनार तिर भएको हो, अब दक्षिण का मान्छे हरुको कुरा गर्ने हो भने उनिहरुको सोचाइ अचम्म को छ। उदाहरण को लागि राम लाई भगवान को अवतार मानेर रावण लाई राक्ष्य्स मान्चन तर बिमान को कुरा गर्ने हो भने हाम्रा पुर्खा ले त्रेता युग मै बिमान बनाइ सकेका थिए भनेर रावण को पुष्पक बिमान को उदाहरण दिन्छ। जब राम्रो कुरा को जस लिन पाईन्छ उनिहरु राबण लाई आफ्नो पुर्खा मान्न तयार हुन्छ। अरुबेला रावण उनिहरुको लागि राक्ष्स हुन्छ। धर्म मा कसैको पेटेन्ट हुँदैन

_____ · Aug 3, 2022 10:16 AM

टाडाको देवता भन्दा नजिकको भूतको महत्व हुन्छ भने झैँ सिमा टासिएको भारतको प्रभाब अनि हामि नेपालीको शिक्षा प्राप्ति स्थल बाणारसि नै होईन र ? जब ग्यान, बुद्दि र पद लाइ खाने भाडो बनाउने प्रबृत्ति वाट बिमुक्त हुन् सक्दैन यिनी हरु सत्कार्य बिपरित चलेका हुन्छन र चलि रहने छन् |

logan · Aug 3, 2022 11:27 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion