अक्टोबर ३, बस्टन हालसालै संचालन गरिएको ग्रेटर बस्टनका नेपालीहरुको संस्था जी.बि.एन.सी.को निर्वाचनमा अधिकतम बहुमत बाट बिजयी तथा निर्बिरोध निर्वाचित भएका सदस्य एवम अद्यक्ष्यहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रममा जी.बि.एन.सी.का निर्वाचन आयोगका अधिकारीहरु बिरोचन नेपाल, प्रेम तामांग तथा भुवन गुरुङद्वारा सपथ ग्रहण गरियो | यसपालीको निर्वाचनमा ठुलै परिवर्तन आएको छ | बर्षौ देखि महिला समर्थनका लागि एउटा छुट्टै पोस्टको ब्यबस्था थियो "महिला उपाध्यक्ष्य" | यस साल भने उक्त पोस्टलाई उछितेर संगठनको सबै भन्दा माथिको ओहोदामा अन्जु थापा निर्वाचित हुन सफल भएका छन् | यसबाट अमेरिकाका संगठनहरुमा पुरुष महिला समानताको महत्वपूर्ण बिशयलाई जन समुदाय अगाडी ल्याउन सफल भएको छ | आगामी दिनहरुमा पनि यस्तै सकारात्मक परिवर्तनहरु ल्याई सम्पूर्ण समुदायलाइ सहायत गर्न सक्ने संस्थालाई मजबुत अनि सक्रिय बनाउन सकिन्छ| नव निर्वाचित अद्यक्ष्य अन्जु थापाले ग्रेटर बोस्टनमा बस्ने समस्त नेपालीहरुको सहयोग र मायाबाट आगामी दिनहरुमा नयाँ समिति सक्रिय हुने जानकारी गराउनुभयो| नयाँ समितिका सबैलाई बधाई तथा सकारात्मक परिवर्तन ल्याउन सबैको शुभ कामना !
Sajha News · Oct 5, 2022 8:28 AM · 7,784 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion