https://www.onlinekhabar.com/2... काठमाडौं । र्याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए । झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ डीएसपी पाठकले भने । https://www.youtube.com/watch?...
Khaobaadi_Netaa · Nov 13, 2022 5:56 PM · 1,846 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion