स्वर्गको लोभ र नर्कको डर यस्तै व्यापारको पर्यौ भर मरेर स्वर्ग जाने आसमा नर्कमा बाँच्यौ जीवनभर । खोज्नु थियो ईश्वर आफैँभित्र पुज्दै हिँड्यौ व्यर्थ चित्र विचित्र प्रेम नै ईश्वर, ईश्वर नै प्रेम प्रेम नै हो धर्म बुझ है मित्र ! प्रेमीको ईश्वर प्रेम, भक्तको प्रेम ईश्वर गीत फरक-फरक यहाँ तर एउटै छ स्वर यति रहस्य बुझी तोड आजै यो भ्रमजाल जाग आफैँभित्र खोल्न परमानन्दको द्वार । Last edited: 07-Dec-22 03:57 PM
Smriti-malla · Dec 7, 2022 3:57 PM · 4,979 views
लागेको थियो कुनै ठुलै कुरा गर्यौ, तर नयाँ त केही रहेनछ यस्तो फिल्मी शैलिको लाइन लेखेर हरे, कुनै बित्ता नापेनछ प्रेम इश्वर, इश्वर प्रेम भन्दै के को माला जप्दछौ? आफु गर्छौ प्रेम या गर्छौ कुनै हवस? भन्न हामीलाई के सक्दछौ? स्वर्गको लोभ नर्कको डर सबैलाई तेस्तै होला तर तिम्रो पास्ट गतिबिधिले तिमीलाई त कहिल्यै नछोड्ला रिलभेन्ट हुन सिक मित्र पुराना ग्रन्थ, उपनिषेद के पल्टाउछौ? जब भित्री स्वरूप नै तिम्रो, कुटिलताले भरिएको छौ।
Bennedict · Dec 7, 2022 4:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion