आजको ग्यामको तयारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सन्जोगले आज श्रीमती र परिवार घर बाहिर छन् , आफु home -alone . अर्जनटीना र क्रोसियाको ग्याम हेर्न यो भन्दा स्वोर्निम अवसर त के होला? सितनको ब्यबस्था गर्न भान्छा छिरेको खाऊ जस्तो केहि देखिएन . आफुलाई फेरी भान्साको काममा सिन्को भाच्न सम्म आउदैन . जेन तेन गरेर येति सम्म बेवास्था गरियो . आइमाई बिनाको घर सामसन हो . रिपोर्ट तयार पार्दा सम्म अर्जेन्टिना २ गोलले अगाडी

edv2023 · Dec 13, 2022 2:50 PM · 11,182 views

4 Replies

३ -० , अब हाम्ले मेसि लाइ आराम गर्न दिनु पर्छ , फारांस संग खेल्नु अघि मेरीलाइ घाउ चोट लग्नु हुन्न

edv2023 · Dec 13, 2022 3:34 PM

this reminds me NAS

kale dai · Dec 13, 2022 6:45 PM

सुक्खा चिउरा र प्याज पनि खान सकिन्छ र भन्या? के होला यस्तो? केही गर्न नसके चिउरा भिजाएर चिनी या दुधसँग खानु.. अजिब छ बा।

Bennedict · Dec 19, 2022 1:29 PM

हाहा ब्यन्दिक सर , मर्ता क्या नही कर्ता ? भान्साको काम भने पछि सिन्को उठाउन नि मरेको जुनी हुन्छ होउ मलाई . मैले त आज सम्म चिया पकाएको पनि रेकर्ड छैन . यो आइटम चै मैले हाम्रो घर बनाउने मिस्त्रीहरुबाट बनाउन सिकेको , येस्मा खुर्सानी पनि हुने पर्ने हो त्यो चै भेटिन . fast food भन्नु पर्ला . त्यो प्याज त काटे हुने , हेर्नुस म कति सम्म अल्छि . तर सर मेरो यो रेसिपीले अवार्ड जितेको होनी . मैले यो फोटो राखे पछि दया लागेर भुटानी साथीहरुले मृगको सिकुटी खान बोलाउनु भाको हो .

edv2023 · Dec 19, 2022 4:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion