फुयाल जी अनि सालनाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो कथा डाँक्टर भट्टराई बा का पुर्खेउली गाउ घर तिर र धेरै अघिको कथा होईन, बाचकको अनुसार यिनी स्कुल पढ्दै गरेको बेला हुनु पर्छ | मगर माइलाको छोरा भए पछी धाइ आमाले साल नाल फ्याल्न लगाईछिन | उकालो चड्दै गरेको फुयाल बाजे ले मगर माइलाई कता जान लागेको भनेर सोधे पछी छोराको सालनाल फ्याल्न जान लागेको भनेछ | बाजेले पनि ए , तेरो पहिलो छोरो होईन भनी सोधे पछी मगल माईलो ले पनि हो भन्दै किन सोध्यौ बाजे भनी सोध्न पुग्यो | पहिलो जन्मेको छोरोको सालनाल त सुकाएर माला लगाउनु पर्छ अनी एक पछी अर्को पनि छोरा जन्मिन्छ भन्ने सुने पछी मगर माइलाले पनि मन मनै सोच्यो यिन्का ३ भाई छोरा छन तेसै गरेर भएको होला भन्ने सम्झियो र छोरा जन्माउने सुरले तल तिर झर्यो | आफै बिचार गर्नुस् माहिला मगरले के गर्‍यो होला | देख्ने र सुन्ने हरु लाई मुफ्तमा मनोरन्जन पाए भने साझामा पनि फुयाल बाजे का बाजेहरु जस्ताको कुनै कमी छैन | अमेरिका छिरेको पहिलो बर्षको क्रिस्मस रुख झिलिमिली बाल्दा पाएको आनन्द बच्चाहरुलाई भन्दा बाउलानै चिनिको भाडो फेला परेझै भएको जस्तो लागी फालु कि राखु भन्ने धागोमा मलाई पनि मिठो उत्तर आए को थियो तर नर्क भनेर चिनी र चिनाइ सके पछी चलाऊन हुँदैन सम्झेर केही कोरिन | अमेरिकामा क्रिसमस रुख आगो लागेर वार्षिक औसत २५०-२६० घर आगो लाग्ने, १०-१२ जनाको मृत्‍यु अनी २५-२६ जना घाइते हुन्छन| जती लामो समय रुख र बत्ती बली रहन्छन तेतिनै आगजनी हुने सम्भावना बढी हुन्छ | तेसो हुनु को कारण रुख सुख्खा हुँदै जादा झुलो र बत्तिको तातोपनाले चकमकको काम गरी दिन्छ | अबत अरुले फ्याले को देखर फ्याली सक्यौ होला नत्र जिजुबाजे सँग भलाकुसारी गर्न आफु र परिवारलाई पनि लैजाउला भन्ने डर लागि यो धागो कोरेको हुँ | डेरा भनौ वा एपार्ट्मेन्टमा आगोलाग्नेको सुचना दिने यन्त्र राखेका छन छैनन अनी राखेका भए पनि काम गरी राखेका छन छैनन हेर्न नबिर्स | छ् भने पनि बेट्रीकाम गरेको छ छैन हेर्न सबै बिदेश बस्ने महानउभाबलाई अनुरोध छ |

Logan · Jan 2, 2023 10:21 PM · 1,695 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion