मेरा घरका आईमाइले काम गर्नु पर्दैन भन्न्नेहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उपत्यकाका बस का खलासीले हरेक यात्रीलाई अनुहार र उमेर अन्दाज गरि दाई भाइ, दिदि बैनी , अङ्कल आन्टी , बाजे बजे भन्न पुग्छन भने , मैले पनि काका भन्नु पर्ला |यी माथिका कुरा खोक्ने तेह्र दिने त होईन यिनको स्वर्गबास हुन्दा एक दिन जुठो बार्नु पर्छ रे | यिनका छोरा बुहारी र छोरी ज्वाई अमेरिकामा बसेका छन् आउने जाने गर्छन | उनि बढो घमण्डका साथ् मेरा घरका आईमाइ हरुले ( छोरी र बुहारी दुवै ) काम नै गर्नु पर्दैन भनि भंगेरे छातीलाई कुखुरे छाती बनाउदै बास्न थाल्छन | नेपालको मेडिकल डा. ले अमेरिकामा आए पछि नारि छाम्नु अघि यो सम्बन्धि परिक्षा उतिर्ण गर्नु पर्ने, सो नसकेर घर बसेका कुरा बुझ्नेले मात्र बुझेका हुन्छन अरु बाकिले जे सुनेका हुन् तेसैमा बिस्वास गरि बस्छन | यिनैको भान्जा पर्नेले अमेरिका छिरेको सुरु सुरुमा रुममेट ले भात पकाएर राखी दिई आफु रात्री काम मा जादो रहेछ अनि भान्जा राजा मद्य रात्रिमा आएर भात तताएर खानु सट्टा " x को नाति X को छोरो किन खान्छु बासि भात" भन्थ्यो रे | यिनका छोरीले पाउने हो सानो तिनो काम , किन गर्थिन त उनि ?अनि अरुले सोध्नु अघि नै कुरा खोके पछि काम तमाम | मेरा घरका आइमाई ले काम नै गर्नु पर्दैन भन्ने मतियार हरु भेट भाट हुदा गफ लगाउन सक्दैनन् , लगाउदा पनि कि त भर्खर अमेरिका छिरेको मान्छे नै खोज्नु पर्ने हुदा साझा छिरेर फ़्याउरोको हुईया चुटेर म्रिगत्रिस्णाको समाधिमा बसी स्वर्गिय आनन्द लिन्छन | यिनका बाउ बाजेले त्यो पनि कसैले पिण्ड दान दिदा दिएएको नाति सम्मले चलाए होलान अहिले आएर EV कार लाइ तरकारी किन्न जाने भन्न पछि पर्दैनन् | कसैले फोर्ड ट्रक मात्रै चडन लायक भन्नु को अर्थ कुवा मा बसेको भ्यागुतोको संसार झैँ को बसाइ र बुझाइ हो जस्तो पनि लाग्छ | क्युनांन कि कलाकार अनि अमेरिकी सिनेटर मार्जरि तैलेर ग्रीन ले बाइडेन्ले बोलिरहेको बेला त झुट भने झैँ गर्छन हाम्रा नपाली हरु |

logan · Feb 10, 2023 1:51 PM · 12,153 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion