आउनुस् ! एकैछिन हल्ला गरौं

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छोड्नुस् यो सब कुराहरु आउनुस् एकछिन हल्ला गरौं यो सहर कसरी तताउने यो कुराको सल्लाह गरौं रुख ढालौं कार्बन बालौं मानवतालाई समुन्द्रमा फालौं विचार अलि मन्ध गरौं कुराण र गीताको द्वन्द गरौं एक अर्काको दिमाग चाटौं युरेनियमसँग जीवन साटौं म जहाज उडाउँछु तपाई बम खसाउनुस् म सहर जलाउँछु तपाई भात बसाल्नुस् किताब पुस्तक बालीदिनुस् आँखा कान टालिदिनुस् चित्रपत्र जलाई दिनुस् सक्नुहुन्न? सलाई दिनुस् के के छ तपाई राख्नु बाँकी सब मलाई दिनुस् आउनुस् एक्छिन हल्ला गरौं सहर तताउने सल्लाह गरौं

Smriti-malla · Feb 13, 2023 12:35 PM · 11,629 views

4 Replies

साझा छिर्नुस होहल्ला गरौ कुकुर बिराला झैँ सधै न्व्रार न्वृर मै बिताऔ क्षद्म नाम मै छि रौ १ नभएर २ - ४ ओटा खाता खोलौ सबै Identity क्राइसिसमै छौ सधै आतुरता मा बिताउछौ घिउ घरमा बन्न छोड्यो पसलमै किन्न जानु पर्छ तिम्रा बाजेले दैनिक घिउ खाए तिमि बिताउ हात सुघाउदै घोच घाच गर्न नपाएर खाएको नपचे, साझा छिरौ रति साधनम को आनन्द भोगौ

logan · Feb 13, 2023 3:26 PM

काम धाम केहि नगरौ , असक्त भत्ता, ebt सबै झ्वाम पारौ , उडुस ,उपिया नाच्ने घराँ बसौ कवाड खाना बाट २५ वर्ष पुरानो गाडी उठाऊ .. स्वास्नीले गुनासो गरे आफु त मिनिमलिस्ट भनेर लाज पचाउँ ससुराली जाँदा फाटेको जुत्ता लगाउँ अन्डाको भाउ बढे कवाडी घराँ पोथी पालौ अझै गार्हो भए gofund खोलौ अरुको प्रगतिमा डाहा गरौ , छोरोले नया फोन माग्दा आफु त मिनिमलिस्ट भनेर लाज पचाउँ लाटा गाँडाको जस्तो साहित्य छाटौ कसैले नपढे ,आफै कमेन्ट गरि गरि माथि तानौ काम गरेर को ठुलो भा'छ बरु आउनुस् एकछिन हल्ला गरौं --Prabhat Paudyal

ram bhakta · Feb 13, 2023 7:21 PM

एउटा अर्को उर्फ थपियो वाह वाह उस्ताद नै भन्नु पर्यो

Lekhak ko chela · Feb 15, 2023 11:46 AM

साझामा सधै हुन्छ हल्ला ठिकै भन्नु भो दिमाग चाट्ने बारे स्कुल कलेज पछि पुस्तक नखोल्ने हरु लाई जलाएझै नै हो मानबता को बुझाइ घर बाट सुरु हुनु पर्ने घरनै युद्दस्थल भए पछि सिक्ने र सिकाउने ठाउ साझा नै हो, गरौ सकेको हल्ला

logan · Feb 16, 2023 2:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion