हुन त मैले पहिले पनि यो कुरा मेरो 'नेपाल यात्रा'मा उठाइसकेको छु। १५ बर्ष पहिले युवामाझ बिशेष गरेर केटीहरुमाझ अहिलेको जस्तो रक्सी खाने, क्लब जाने, रात भर मातेर बिहानपख घर आउने जस्ता काम गर्ने चलन थिएन। अब मेरो आमाबाको पालामा त अझ कती कडा थियो होला, महिलाहरुको लागि सारी लगाउदा खुट्टाको गोलिगाठो समेत् देखिन हुन्नथियो रे भन्ने मैले सुन्थे। त्यो बेला बाउ-आमा, भको दाजु-भाइ पनि कडा, अनी फेरी बिहे भएपछी त सासु, ससुराको सेवा गर्नुपर्ने, उनिहरुले भनेको सुन्नुपर्ने आदीले गर्दा निकै गाहारो नै थियो होला महिलाहरुलाई। अब समाज चेन्ज भयो, सोचाइ चेन्ज भयो, जमात चेन्ज भए। म नेपाल हुँदा सम्म मेरो जानकारीमा रहेका केटीहरु रक्सी खान जाम, क्लब जाम रात्-बिरात बाहिर बसेर घुमौ भन्ने काम खुलेर चै गरेको चै याद छैन। क्लबहरु खुल्दै थिए, डिस्कोथेक बन्दै थिए, तर रातभर कुनै "मर्यादित" परिवारको केटीहरु चै बाहिर यसरी बस्न हुन्न भन्ने सोच थियो। उसै त डराउथे केटीहरु समाजसँग, बाउआमा सँग, दाजुभाइ सँग। यङ केटीहरु खुलेआम चुरोट पिएको, रक्सी खाएर मातेर हिंडेको देख्नु त पश्चिमबाट सुर्य उदाएको हुन्थ्यो। मतलब, यस्तो काम गर्दैन थिए केटीहरु। केटाहरुको केसमा चै स्वत्रन्तता भएर र पुरुषप्रधान समाजको उपजले होला, अली छुट थियो, रक्सी, लोकल आदी खान्थे, गान्जा सब गर्थे, मेरै साथीहरु पनि आई एस्सीको जाचको बेला गान्जा खाएर क्याल्कुलसको जांच दिएको याद छ अनी किन त्यस्तो गरेको भन्दा गान्जाले झन सबै म्याथ्स याद हुन्छ रे। अजिब सवाल जवाफ गर्थे हो। यस्तो सम्बादमा केटीहरु कहिले हुन्न थिए, उनिहरुको एक्जिस्टेन्स यहाँ थिएन नै भन्दा पनि हुन्छ। यस्तै यस्तैमा म बाहिर आए, मेरो नेपालसँग र त्यहाको चेन्ज हुन लाको कल्चरबाट कम्प्लिट्ली बिमुख भए। अनी रहदा बस्दा यहाँ बेला बेला कुन सेलीब्रिटीले रक्सी खाएर यस्तो गर्यो, उस्तो गर्यो चै पढ्ने गर्थे। यस्तैमा पढे, एकचोटी परमिता राणा कान्ड। त्यो घटनाले यहाँ साझामा पनि खुब डन्का पिटेको थियो। रातभर डिस्कोमा बसेर, मातेर बिहान पख अमेरिका रिटर्न्ड केटाअनी अरु साथीसँग फर्कदा गाडीले हानेर बुढानिलकण्ठमा एक महिलाको मृत्यु। गाडीमा रक्सिको बोटलै बोटल (कन्डोम पनि भेटको भनेर चै यही पढेको थिए)। अब परमिता राणा त घटनास्थलबाट भागीन, दोष केटालाई भयो। मैले त त्यो घटना पनि बिर्सें पछी त। अब त जमाना चेन्ज भएछ भने सक्यो। तर सोशल मिडियामा चै परमिता राणाले नराम्रो ट्रोल खाइन। धेरै पछी एउटा युटुबकर्ताले छुट्टै रिसर्च गरेर त्यो घटनामा आखिर के भको थियो भनेर राख्दा चै सबै थाहा भयो। केटालाई डीप्रेसन आदी देखाएर छुटाएछन उसको परिवारले अनी अहिले केटा कहाँ छ कसलाई थाहा छैन आदी। भने पछी आफ्नो गल्तिले गर्दा कोही मान्छे मारेछौ भने पनि नेपालमा कानुन छल्ने धेरै अवसर छन, मात्र कन्ट्याक्ट र पैसाको आड हुनुपर्छ रहेछ। खैर त्यो डीस्कसन फेरी पछी कुनै दिनलाई। अहिले मैले उठाएको टपिक चै यो रक्सी खाने जुन संस्कार नै भनौ जुन फैलिएको छ बिशेष गरेर महिलामाझ, त्यो हो। म आफुलाई रिग्रेस्सिभ मान्छे भनेर भन्न चाहन्न। महिलाहरु पुरुषलाई जितुन, धेरै क्षेत्रमा अगाडि आउन, समाज बदलेर देखाउन म यस्तै सोच्छु। तर रक्सी खाएर, गतीछाडा बिहेभ गरेर, नाटक देखाएर चै आफु प्रोग्रेस्सिभ होइन्छ जस्तो चै मलाई लाग्दैन। यो कस्तो सोच फैलिएको हो? अहिले नेपालमा मैले बुझ्न सकेको छुइन। अहिले नेपालमा रेस्टुरेन्टमा गएर केटीले रक्सी अर्डर गर्नु भनेको नौलो कुरा रहेनछ। कोही त त्यस्तो गर्दैनन होला भनेको त, आफ्नो जेनेरेशनको पछीको त सबैको तेस्तै सोचाइ भको पाए। अनी आमाबाउ पनि पहिले भन्दा धेरै लिनिएन्ट, लुज भको पाए। एक हिसाबले समयको माग यस्तै छ भनेर गिभ अप नै गरेको जस्तो लाग्यो। अब त्यो बेला पाटन जान्थ्यौ हामी फिल्म हेर्न, कृष्ण मन्दिर घुम्न, बगलामुखी दर्शन गर्न। अहिलेका सँग कुरा गरेको त त्यस्तो मन्दीर पनि त्यहा छ रे, पाटन भनेर त उनिहरु लोकल ठररा खान जान्छन अरे। मन्दिर जाने, धर्म मान्ने त हामीले सानै बाट सिक्यौ हैन र? अनी मन्दिर छ त्यहा जानुपर्ने भन्दा त आफ्नो त्यो सोच्ने उमेर नै भको छैन रे। तर रक्सी खाने, कहाँ के पाईन्छ चै थाहा हुने उमेर भको छ। के भन्ने? यस्तासँग डिस्कस के गर्ने भनेर चुप लाग्नु पर्यो। अब हेर्नुस् मैले पहिले भनिसके, मेरो घरको कोही महिला पात्रले त्यस्तो बानी देखाए त मलाई नेपाल भको भए प्रब्लम हुन्थ्यो। कसरी एक केटी मान्छेलाई रक्सी खाएर रात भर कल्बमा बस्ने अनुमती दिने? म चै सक्दैन थिए होला। तर त्यहा त केटीहरु नै यो खाएर "ट्रिप" हुन्छ रे, त्यो खाएर हुन्न रे भनेर पो कुरा गर्दा रहेछन। बाफ रे। यस्तो कुरा त केटाहरु गर्थे त्यस बेलामा। अहिले त धेरै उदार भएछ लाइफ हो। एक महिलालाई रक्सीले मातेको बेला "बोका" केटाहरु वा भनौ ठर्कीहरुले फाईदा उठाउछन, यो मैले यही बोस्टनमै देखे। क्लबमा एक नेपाली केटी नाच्दै थीइ, रक्सीले मातेर धुत्त, पुरा बेखबर। अनी दुइटा नेपाली केटाले त्यो केटीलाई बिचमा पारेर "ग्राइन्डिङ" गरे, के हो यस्तो? म त अवाक!! ग्राइन्डिङ होस् या स्यान्ड्विच डान्स, दिस वज अ डिस्गस्टिङ साइट। केटीलाई आफु सेक्सुअली अब्युज भको केही थाहा छैन हो। अब भन्नुस, के म गलत छु त? यस्तो मेरो परिवारको कोही महिला सँग होस् म चै कहिल्यै पनि चाहन्न। सोशल ड्रिन्किङ रेस्पोन्सिब्ली गरेको सँग मलाई प्रब्लम छैन, तर काम-धाम नै रक्सी खाने, सो कल्ल्ड "ट्रिप"मा जाने, अनी आफुले लाइफमा कुनै अयस्पिरेशन नलिनेसँग चै मेरो प्रब्लम छ। अनी केटीहरुले रक्सी नखाए त जिन्दगी नै खत्तम जस्तो गरेको चै भएन। दियर आर मोर टु लाइफ देन जस्ट अल्कोहल। आई होप आई एम नट बिईङ हार्श अन लेडिज। कमेन्ट्स आर वेल्कम फ्रम अल साइड्स।
Bennedict · Feb 14, 2023 1:16 PM · 16,803 views
नेपाल को कुरा छोड्नुस येही अमेरिकामा धेरै रमिता देखिन्छ झ्याकने नेपालीहरु को आजकल । टीकटक मा एउटी नाइटो छेडेकी बिबाहित Nurse छे। जाठी ले दिनदिनै रक्सि खाको बाहेक केहि हाल्दिन। हुदा हुदा एकदिन जाठी झ्याप भएर नाच्दै थिए अरु बिबाहित सुद्दो हरु पुरै जाठी लाइ करपझ्याप पार्दै थिए। तेस्को मुजी बुडो चै टाउको मा दारु को बोटल हालेर पछाडी तिर उफ्रिदै थियो। घोर कलियुग !
sojho_bahun · Feb 14, 2023 3:11 PM
Aafno tension liye na mula dhokre haru .. aru le je khaye ni .. je laaye ni … je gareni.. timiharu ko bau ko na ta paisa udayekai chhan.. na ta timar kaa ghar ka didi bhai daju baini lai jhaad khana lagekaa chhan… na ta tera bau aama lai nai naaaeto dekhayera horny banayeka chhan… k ko gan- than bekarr ma
Tesla guy · Feb 14, 2023 3:18 PM
लौ हेर, भ्यालेंटीनाँ दिन भाउजु संग चुम्मा-चाप्पी गर्नु ,रेट्रो डेट गर्नु ,वाइन टेस्टिंग जानु ,क्य्नाडल इभ डिनर जानु वा फगत संगै मो:मो बनाएर खानु , बेन्डीकेले एस्तो महत्वपूर्ण दिन कुनाँ बसेर बार्ह पाने स्वेत पत्र जार्ही गरेछ . येत्ति लेख्न पक्कै पनि ३ घण्टा त लाग्यो होला , त्यो पनि भाउजु संग लुकी लुकी नै लेखेको होला . त्यो नि आजाँ दिन . लेखको प्रसंशा गर्छु तर आजाँ दिन पनि कस्तो नैरास्य पूर्ण लेख लेखेर बिताको? यो त् मुजी लोगनेले आफ्नी गोबराँ लात हानेकी जस्तो दनुवार भएकी स्वास्नी लाइ सम्झेर अर्क्रोस बस लेखेको सुसाइड नोट जस्तो लाग्यो . हेर्नुस महासय जीवनाँ सधै आसाबादी रहनु पर्छ र नारिको सम्मान गर्न सिक्नु पर्छ . आफ्नो त गर्ल-फ्रेन बिदेसाँ छे तैपनि साथीकि बुढी संग एकछिन कफी खाएर आएको . आजको दिनाँ कसैलाई तानाँ नमारौ सोचेको थिए तपैले बाध्य बनाउनु भयो . घोच-पेचको लागि माफ, संसारका सबै महिला पुजनीय छन् . -राम भक्त्ते तिवारी ( जैसी )
ram bhakta · Feb 14, 2023 7:45 PM
सोझो बाहुनजी, हजुर हो, नेपाल मात्र हैन, यहाँ पनि मैले धेरै नाटक देखे। खाली नेपाल यस्तो, नेपाल उस्तो गरेको जस्तो सुनियो होला। यता चै सबै काम-धन्दा गर्ने भएर उता नेपालमा जस्तो डिस्को, क्लब जाने टाइम सधैं मिल्दैन। अब गर्नेहरुले गर्छन्, खानेहरुले खान्छन जता भए पनि। यता पनि अजिब अजिब घटना देखेकै हो। तर तपाईंले भन्नुभको त्यो नर्स कस्तो हस्पिटलमा काम गर्छ रहेछिन? यहाँ त त्यस्तो प्रोफेश्नल मान्छेहरुले सोशल मिडियामा के पोस्ट गर्दैछु एकदम होस् पो पुर्याउनुपर्छ नत्र त जागिर-सागिर चेट हुन्छ, हैन र? दिनदिनै रक्सी खाएर टीकटक बनाउने मान्छे खै कस्तो पो नर्स होलिन? वर्क हार्ड, पार्टी हार्डर भन्ने होलिन कि? टेस्लाजी, उनिहरु कसैले पनि अरुको बाउ-आमाको खाए, यस्तो गरे उस्तो गरे भनेको हैन। यो कस्तो बिकृति आएको होला भन्ने मात्र कुरा हो। एउटा घटना सुनाउछु, याद आयो अहिले। एकजना मेरो साथी हुनुहुन्छ अर्को स्टेटबाट आएको, उहाले यस्तो घटना सुनाउनु भो एक दिन। उहाँ चै एउटा मल्टी फेमिली हाउसमा बस्नुहुदो रहेछ। तलको तल्लामा दुइटी नेपाली केटीहरु बस्थे रे स्टुडेन्ट भिजामा अब पढ्न आएका रे। दुबै ती केटीहरुले के गरेछन रे भने एकदिन बजारमा गएर टकिलाको बोटल किनेर ल्याएछन रे हैन, अनी दुइटा बियर ग्लासमा टकिला खन्याएर एकैचोटी सल्टाएछन रे। अब टकिला शट ग्लासमा पालै पिलो खानुपर्नेमा त यहाँ केटीहरुले के सोचे, बियर ग्लासमा राखेर खाईदिदा दुबै ठाडै ढलेछन रे, अनी अचेत अवस्थामा दुइ-तीन घण्टा रहदा त्यो घरमा त ठुलै हडकम्प मच्चेछ रे। धेरै पछी होस् त आयो रे, तर हुनु बेइज्जत त भैसकेको थियो। त्यो बेला सबै आत्तिए पनि पछी चै त्यो घटना हासोको बिषय भएछ। अब तपाईं भन्नुस्, यहाँ उनिहरुले कसैको पैसाले खाएका त हैनन, तर एक नेपाली भएर अरु नेपाली केटीहरुले यस्तो काम गरेको देख्दा तपाईं के सिर्फ रमिता मात्र हेरी बस्नुहुन्छ? खै तपाईंको भोइस? स्ट्यान्ड अप फर योरसेल्फ। ती केटीहरुलाई गएर हप्काउनुस् भनेको हैन, तर आफुलाई पर्दा, आफ्नो नजिकको मान्छेले यस्तो गर्दा त तपाईंको केही भनाइ हुन्छ होला नि हैन? डोन्ट हाइड फ्रम दिज काइन्डा सिनारियो मात्र भनेको हु। तपाईंले मतलब नगरेर जे अहिले भैरको छ, त्यो नहुने चै हैन, तर आफ्नो बिचार के छ, भन्नु पर्यो हजुर। राम भक्तजी, आज भ्यालेन्टाइन डे भनेर त भुसुक्कै बिर्सिएछ। अब यस्तो दिन मनाउने चै गरेको छैन। अनी यो टाइप गर्न ३ घण्टा त लागेन, १ घण्टा लाग्यो कि। पहिले पनि लामो लामो 'नेपाल यात्रा" लेखेकै हो। म त आशाबादी नै रहने मान्छे हुँ। एक ताका चै धेरै नै निराशाबादी थिए, मेरा पुराना कबिताहरु जस्तै। महिलाहरु पूजनिय नै छन। तेही हो, तर पहिलेको र अहिलेको महिलामा धेरै फरक छ। अब पहिलेको मात्र राम्रा भनेको पनि हैन, अहिले पनि उदाहरणिय महिलाहरु छन। तर नारी-स्वतत्रन्ताको नाममा यो "रक्सी कल्चर" कतै नारिहरुलाई भ्रमित त बनाइरको छैन? यही मेरो प्रश्न हो। अब मिडिया, फिल्म आदिमा पनि केटीले रक्सी खाएर मात्तिनु कुरा नर्मलिफाईड तरिकाले पेश हुन्छ आजकल, खै कता जादैछ समाज, के भन्ने?
Bennedict · Feb 15, 2023 12:12 AM
Bhakte ardha naari ardha purush hunt parchha . Saathiki budhi sang ho samlingi partner ko aamaa ko ma gaiisa ? Kahi barelaa saaija ko linga hune sanakalaa ta hoina?
logan · Feb 15, 2023 9:51 AM
अझ ,भ्यालेन्टाइन डे भनेर भुसुक्कै बिर्सेको रे ,यसलाई बिर्सेको भन्दैन महासय,अपितु तपाईकि श्रीमती तपाईको प्राथमिक्तामा नपर्नु भएको हो. तपाईले स्वार्थपूर्तिको लागि मात्र बिहे गर्नु भएको अनुभूति भयो, सायद दाइजो वा घराँ काम सघाउने वा यस्तै केहि स्वार्थ थियो. नेपालाँ तीज र अमृकाँ प्रणय दिवस चाहेर पनि भुल्न सकिन्न. बाटो - घाटो , रेडियो , टिभी,पसल जता ततै प्रणय दिवस कै चर्चा हुन्छ तपाई चै कुन दुनियामा हुनुहुन्थ्यो हँ ? अनि फेरी प्रणय दिवस मनाउने गरेको छैन रे , अनि के अमृकाँ पनि १४ फेब'को दिन जनयुद्ध दिवस मनाउनु भयो त ? होला ठिक छ मुजी बुढो मान्छे , केक काट्नु भएन होला, पार्टी गर्नु भएन होला तर यस्सो बुढी लाइ एउटा गुलाब र गालाँ च्वास्स चुम्मा त हुन्छ नि . सिधै बिर्से रे !! ब्यस्त मान्छे भनौ भनौ तेही दिन ३ पृष्ट लामो स्वेत पत्र लेख्नु भएको छ . कस्तो डिसलोयल मान्छे तपाई . बरु त्यो गोफ्ले लोगनेमा पो स्वास्नी प्रतिको प्रेमभाब देखियो . बिचरा स्वास्नी लाइ अन्डा किन्न नसकेर घरमै पोथी पालेर कुखुराको सूलि साफ गरेर बसेको छ . आफै भन्नुस,प्रनाए दिवसको दिन तपाई श्रीमती संग नबसी यहाँ साझां अस्लिल साहित्य छाँटेर यौन आनन्द लिएको तपाइको श्रीमतीले थाहा पाउनु भयो भने वहालाई कस्तो महसुस हुन्छ होला ?
ram bhakta · Feb 15, 2023 7:45 PM
राम भक्तजी,माथि मैले जे लेखे, आई स्ट्यान्ड बाइ इट। म तपाईं जस्तो पटक पटक कुरा फेर्ने मान्छे परिनँ। म मेरो पारिवारिक स्थिती साझामा तपाईंले गरेको जस्तो साझा गर्न चाहन्न र गर्दिन पनि। तपाईं जे जे अजम्प्शन गर्न चाहनुहुन्छ, गर्नोस। तपाईंले लेखेको जस्तो नहुन पनि सक्छ, यु क्यान थिन्क व्हाटएवर यु लाइक। मलाई नेपाली टाइप गर्न प्रब्लम छैन, टाइम लाग्छ तर इट्स ओके। प्रब्लम त मलाई नभाको नभाको यौन कथा र गफ्फा लगाउन हुन्छ, जुन तपाईंलाई हुँदैन, एअज वी अल्ल नो। तपाईं त भन्नुहुन्छ, तपाईंको गर्ल्फ्रेन्ड बिदेशाँ छे, अनी साथीकी बुढीसँग कफी खाएर आएको भनेर, अनी भ्यालेन्टाइन डेमा चै साथीको बुढीसँग किन नि? तपाईं चै खै आफ्नी बुढीसँग? अरुलाई मात्र भन्ने? यो त भएन नि।
Bennedict · Feb 15, 2023 11:11 PM
Benedict ko post ramro lagyo ra sahamati pani cha. aba tapai ko bichar ra experiences haru ma yo nepaliharu ko live in together relations ko pani view sunam
wakeyour_mind · Feb 16, 2023 1:16 PM
धन्यवाद वेक योर माइन्डजी, मलाई अब यहाँ कन्जर्भेटिभ र जज्मेन्टल पनि भन्न सक्छन मान्छेहरु, तर अब मलाई यस्तै लाग्छ के भन्ने? सानोमा बाआमा र टिचरहरुको धेरै कुटाइ , पिटाइ खाईएर हुर्कियो। अनी बिस्तारै बुझ्दै गए। "स्पेयर दे केन, स्पोइल दे चाइल्ड" भनेको के हो? तर यस्तो भनेर बच्चाहरुलाई कुट्नुपर्छ, हप्काउनु, तर्साउनुपर्छ भनेको हैन, अहिले त जमाना सबै चेन्ज भको छ, आमा-बाउ, टिचरहरुले अहिले हात उठाउने काम गर्दैनन, र गर्नु पनि हुन्न। तर बिठ्याइ गर्ने, बाटो भुलेर नचाहिने काम गर्ने हरुलाई पनिश पनि गर्नुपर्छ। फिजिकल्ली अब्युज गरेर हैन, तर रियलाइजेशन गराएर। यो गार्हो छ तर यस्तै छ अहिलेको टाइम हैन? आफुलाई त म्याथ क्लासमा ९ वन्जा ९ कन्ठस्ठ भनेन भनेर नराम्ररी कुटाइ खाएको याद आउछ अनी भोली पछी त डरले गर्दा सबै कन्ठस्ठ भएको सम्झना छ। अहिलेका फुच्चेहरुलाई सोधेको त मल्टिप्लिकेशन नै आउन्न रे हो। अब के भन्ने? हामीले त डरले गर्दा पनि जिन्दगीभरको लागि पाठ सिक्यौ, अहिलेकाहरु चै नडराउने भएका छन, तर बेसिक से बेसिक कुरा भने सिक्दैनन। रक्सीको बारेमा पनि धेरै पाबन्दी थियो। घरको दिदी बहिनी कोही त्यस्तो खाने काम त गर्दै गर्दैन थिए। उसै त सानो से सानो काम बिरायो भने पनि कुटाइ खान्थे, अब कहाँ क्लब गएर रक्सी खाने बारेमा सोच्नु? त्यो भएर पनि मलाई चै अजिब लाग्छ अहिले कोही केटी मातिएर रमिता/ नौटन्की देखायो भने। लिभ इन रिलेशनको बारेमा अब खै के भन्ने? "टु इच दियर ओव्न"। कुनै दिन म लेखुला नि टाइम मिलाएर, है। साझामा एक से एक छन के भन्ने? लिभ हैन यहाँ त "व्हाट इज द बडी काउन्ट?" भन्ने जस्ता कुरा पो गर्छन्।
Bennedict · Feb 17, 2023 2:21 PM
हाम्रा बा आमाले बुझेको कुरा संस्कृतमा लेखीएको र सुनेका कुरा मात्र बुझे अनि लागु चै आधा मात्र गरे | लालायेत पंच बर्साणि ताडयेत दश्म्बर्शाणि प्राप्तेतु सोडसे बर्साणि पुत्रम मित्रम आचारेत छोरीको कुरै गरेनन , छोरो सोह्र लागे पछि तिन तिग्रे भै सकको हुनाले उल्टै हातखुट्टा भाच्ला भनि मित्र झैँ ब्यबहार गर भन्ने कुरा सस्न्क्रिताका विद्वान ले कोरी दिए |
logan · Feb 19, 2023 10:46 AM
"क्लबमा एक नेपाली केटी नाच्दै थीइ, रक्सीले मातेर धुत्त, पुरा बेखबर। अनी दुइटा नेपाली केटाले त्यो केटीलाई बिचमा पारेर "ग्राइन्डिङ" गरे, के हो यस्तो? म त अवाक!! ग्राइन्डिङ होस् या स्यान्ड्विच डान्स, दिस वज अ डिस्गस्टिङ साइट। केटीलाई आफु सेक्सुअली अब्युज भको केही थाहा छैन हो। अब भन्नुस, के म गलत छु त? यस्तो मेरो परिवारको कोही महिला सँग होस् म चै कहिल्यै पनि चाहन्न। सोशल ड्रिन्किङ रेस्पोन्सिब्ली गरेको सँग मलाई प्रब्लम छैन, तर काम-धाम नै रक्सी खाने, सो कल्ल्ड "ट्रिप"मा जाने, अनी आफुले लाइफमा कुनै अयस्पिरेशन नलिनेसँग चै मेरो प्रब्लम छ। अनी केटीहरुले रक्सी नखाए त जिन्दगी नै खत्तम जस्तो गरेको चै भएन। Hi Benedict, अस्ती देखी म यस थ्रेड्मा हेर्दै थे, तर रेस्पोन्ड गर्न समय पाएको थिइन। प्रश्न गम्भीर छ, कोइ किन रक्सी खान्न्छ ? महिला वा पुरुष? केटी वा केटा? केही रिसर्चाहरुले के देखाउछ भने मानिसहरु मानसिक रुपमा केही समस्यामा छन भने रक्सी वा लागु पदार्थ प्रयोग गर्छन्। {Trauma, anxiety, Depression, mood disorder} तर हामीहरु Addiction लाई मात्रै हेर्छौ, त्यसभित्रको गहिराइभित्र खोतल्ने प्रयास गर्दैनौ। सामान्यता, रक्सी केही रमाइलो को लागि पिउने पनि हो, तर त्यो भन्दा बढी हरेक दिन बेहोश गरी खानु चाँही बिमारी हो। त्यो बिमारी हो की होइन भन्न हामीलाई रोगको पहिचान हुन जरुरी हुन्छ र उपचार पनि। धेरै कुरा के भन्नु, अन्जान ठाउमा रक्सी खाएर असुरक्षित हुनु राम्रो कुरा हैन, त्यो केटा होस् या केटी। तर त्यो भन्दा पनि बढी नराम्रो चाँही केटी रक्सी खाएर रमाइलो गर्दा त्यसको गलत फाईदा लिएर ग्राइन्ड गर्न खोज्ने केटाहरुको मनस्थिती। बिचराहरुको कुन्ठित सोच अनि पढेलेखेको भए, नैतिकताको स्खलन। तपाईंको यो कुराले के सोच्न वाध्य बनाउछ भने public ठाउमा गएर कुनै पनि मान्छे केटा वा केती अनियन्त्रित रुपमा रक्सी वा अरु लागु पर्दार्थ प्रयोग गर्नु सुरक्षित हुँदैन, सामाजिक, मानसिक, र नैतीक परिभाषामा। At the same time, who we are to judge if someone makes their decision to get pleasure from alcohol and drugs. "दियर आर मोर टु लाइफ देन जस्ट अल्कोहल। आई होप आई एम नट बिईङ हार्श अन लेडिज।" Agree with you! What is your thought on drunk men in social gathering creating drama and trying to molest girls and women? Just curious! CL
crazy_love · Feb 26, 2023 12:29 PM
पुरनो थ्रेड माथि ल्याउदैछु, अरु कुनै बिशेष कारण नभएर क्रेजी लवजीले केही प्रश्न राख्नुभको रहेछ, तेही भर मात्र हो। माफ गर्नु होला, मैले देखेको हुनुपर्छ तपाईंको प्रश्न, तर यता उतामा बिर्सिईएछ। "प्रश्न गम्भीर छ, कोइ किन रक्सी खान्न्छ ? महिला वा पुरुष? केटी वा केटा?"मैले थाहा पाए अनुसारको जो मान्छेहरु डेली रक्सी खाएर झ्याप हुन्छन, उनिहरु खाएको समयबाहेक अरु बेला नर्मल नै हुन्छन, आफ्नो रेगुलर काममा जान्छन, अनी राम्रै ब्यव्हार देखाउछन, तर जब राती पर्छ अनी काम सकिन्छ, तेसपछी सुत्न अघी त खानै पर्यो भको देखे। अब यहाँ त खासै कुनै मानसिक रोग, ब्यथा, अरु पारिवारिक समस्या भको चै देखिएन। अब यो त म अड्डिक्सन नै भन्छु। रात परेछी हरेक दिन त खानै पर्यो रे, नखाइ हुँदै हुन्न रे, यस्तो सम्म देखे। बिशेष गरेर होटेलमा काम गर्नेहरु त पुरा टुवाके भको पाँए। अब स्टुडेन्ट भिजामा आएको एउटा केटा थियो, अब अरु पढाई-सढाइ मा ब्यस्त होला भनेको त रात परेची त बोटलका बोटल बियर सल्टाउथ्यो हो। अनि किन त्यस्तो भन्दा त बियर कहाँ रक्सी हो रे। हरेक हफ्ता त बक्सका बक्स खाली बियरको बोटल निस्कन्थे ट्र्याश डे मा। हामी पनि स्टुडेन्टमै आएका हौ, तर यस्तो चै गरिएन हो। उसै त त्यो बेला ट्युशन फी तिर्न मुश्किल हुन्थ्यो, कहाँ बियर, रक्सी खाइ झ्याप भै बस्नु? र कती रक्सी डेली खाने मान्छे चै डिनायलमै बाच्ने गरेको देखे, केही भने, सोधे कि, आफुले केही नराम्रो गरेकै छुइन, कहाँ धेरै खाए र? भन्दै आर्गु गर्थे, पछी पछी त हेर्यो, छोड्यो। आफ्नै समस्या छ लाईफमा, कस्-कसलाई हेर्नु, केही भन्नु? तर मानसिक प्रब्लम नै भएको रक्सी डेली खानुपर्ने मान्छे नि भेटे बस्टनमा। उसले त रिह्याब समेत् गएको रहेछ, डेली नखाए त उसलाई अनेकौ डरलाग्दो सपना आउदो रहेछ, यस्तै रक्सी खाएर गाडी चलाएछ अनी ठोकेछ पुलिसकै गाडी। लाइसेन्स सब क्यान्सिल, घर-काम सब कि त हिंड्ने कि र बस, ट्याक्सी भएछ हो। यो मान्छेलाई देखेर चै सार्है टिठ लागेको थियो, रक्सीले गर्दा श्वासनीसङ पनि डाइभोर्स भएछ, बिचमा रिहेब जान छोडेकोले फेरी एक्लै परेछ अनी फेरी डेली रक्सी शुरु। हामीले पो के गर्न सक्नु? तर अन्तमा रिह्याबले फेरी बोलाएछ, एक्स्ट्रिम केस भएकोले होला। अब मर्नु र बाच्नुको स्थितिमा रहेको मान्छे। धन्न ग्रीन कार्ड थियो र स्टेटले अब्लिगेशन मान्यो भनौ। अब हेर्नुस् क्रेजी लभजी, रक्सी सधैं खानै पर्ने स्थिती छ भने रक्सी खाने मान्छे आँफै अघी आउनुपर्छ, उसको बिमारी उ आँफैले नै चिन्नुपर्यो नि हैन र? हामीले केही भन्दा त झन उल्टो बाझ्न आएको पो देखे। मलाई हेल्प चाहिन्छ भने हामी बाटो देखाउन सक्छौ तर झन उल्टो डिनायल मोडमा गएर अट्टित्युड देखाउने हरु पो छन यहाँ। केटीहरु पनि यो स्थिती सम्म पुगेको पनि सुने बस्टनमा। अस्ती मात्र कामको साथीले भन्दै थियो। कुनै नेपाली आईमाई हरेक रात कामबाट फर्केर राती राती चिल्लाउदै बस्छे रे, अनी मैले किन भन्दा त रक्सी खाएर एक्लै बोल्दै, मुख छोड्दै, छाडा बोल्छे रे। अनी त्यस्तो मान्छेसँग कसरी कुरा गर्नु? सबै डराइ हाल्छन हैन? अनी भोली होशमा आएछी कस्को हिम्मत केही भन्ने? यो बिमारी नै होला, हामीले कसरी उपचारको कुरा गर्ने? मान्छेहरु उसै त टुवाकेहरुसँग इन्टिमिडेट हुन्छन। आँफै अघी आए अफ्शनहरु छन, हो। "तपाईंको यो कुराले के सोच्न वाध्य बनाउछ भने public ठाउमा गएर कुनै पनि मान्छे केटा वा केती अनियन्त्रित रुपमा रक्सी वा अरु लागु पर्दार्थ प्रयोग गर्नु सुरक्षित हुँदैन, सामाजिक, मानसिक, र नैतीक परिभाषामा।" हो पब्लिक ठाउमा झ्याप भर हिड्दा केटा, केटी दुबै असुरक्षित हुन सक्छन, अनी फेरी साथी या सङै गको मान्छे पनि झ्याप छ भने त जो कोही सेक्सुअल्ली अब्युज हुन सक्छन। "At the same time, who we are to judge if someone makes their decision to get pleasure from alcohol and drugs." जज गर्न त मिल्दैन, तर यस्तो नाटक देखाए, मान्छेहरुले हेर्दिन्छन, रमिता देखाए रमिते हरु टन्न पाईन्छन, के भन्ने अब हाम्रो नेचर तेस्तै हुन्छ। मोडेरेशनमा ड्रिन्क गर्नु नै ठीक होला, तर के भन्ने, कसैलाई तेही मात्राले केही गर्दैन, कसैलाई तेसैले पुरा झ्याप गरेर नौटन्की देखाउन वाध्य बनाउछ। मान्छेहरुले सिक्नु पर्यो, मलाई के गर्दा के हुन्छ र के खादा के हुन्छ। तर रक्सी अगाडि आएपछी चै धेरैले यो सब भुल्ने गरेको देखे, केटा होस् या केटी। "Agree with you! What is your thought on drunk men in social gathering creating drama and trying to molest girls and women?" यो तपाईंले भनेको जस्तै कुन्ठित सोच र नैतीकता पतन् भको केटाहरु हुन, जो रक्सी खाए पछी के गर्दा ठीक र के गर्दा बेठिक हुन्छ पनि ज्ञान राख्न सक्तैनन। अब त्यो बेला त त्यो केटी पनि हौसिएर ग्राइन्डिङ गर्दै नाचेकि थीई। मीन्स शी वज नट रेजिस्टिङ इट, के भन्ने, सबैले गती छाडेपछी। तर रक्सी खाएर केटाहरु पनि गर्नु गर्छन्, आई डोन्ट डिनाइ। रक्सी खाएछी अरु बेला भिजेको बिरालो हुने केटालाई कहाँ कहाँको आँट, मुँढे बल, वाक पटुता आएको सबै देखे। यस्तै छ। आफुले आफुलाई चिन्नुपर्यो तेही हो। हेल्प चाहिएको भए, सीक फोर हेल्प। ड्याट्स अल्ल।
Bennedict · Apr 25, 2023 12:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion