वाउ ! कुर्सी अनि म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज भोलि सपना अनि विपनामा एउटै कुरा सोचिरहन्छु राजनीतिमा युवा भन्दै नेता बन्ने हुटहुटीमा देशका त्यो शक्तिशाली कूर्सी अनि म । हजारौं कार्यकर्ता अघिपछि थुप्रै क्यामरा दाँयबाँया झूठा आश्वाशन सहितको चर्को भाषण गड्गडाहड ताली दिनैपिच्छेको राष्ट्रिय खबर अनि मेरो भाइरल फोटो । सरकारी हाकिमसाब र व्यवसायीहरुको फोनकल, दर्शनभेट अनि उपहार तिनीहरुको सरुवा बढुवा निर्देशन र स्वार्थलाभ नातागोता, आसेपासेलाई रोजगारी र अवसर वाउ ! मेरो त्यो सपनाको शक्तिशाली कुर्सी । अघिपछि लाभालस्कर गाडी विचमा मेरो राजकीय सवारी सरकारी सेवा , सुविधासहित विदेशमा भ्रमण र उपचार न बाउ-बाजेको सम्पत्ति न आफनै पसिना साच्चै, चिठ्ठा परेझै मेरो सपनाको त्यो शक्तिशाली कुर्सी । सम्भव छ, त्यो चाडै सम्भव छ विकास र सम्वृद्धि भन्दै जनतालाई भ्रममा राख्न जान्नपर्छ बुढाहरुले देश विगारे भनेर चिच्याउँदै भित्रभित्रै तिनै नेताहरुलाई रिजाउन जान्न पर्छ रातारात गठबन्धन भत्काउने र बनाउने खेलमा, सामेल हुन जान्नपर्छ । नयाँ पार्टी खोलुँ कि पुरानो हतार छ मलाई जताबाट छिटो पुगिन्छ उतै छिर्नुछ फास्ट-ट्याकबाट कूर्सी सुरक्षित गर्नु छ सिद्धान्त र विचार भन्ने त पछिका कुरा हुन् अहिलेलाई मात्र क्याबिनेटको नेता चुनिनु छ । कुर्सीमा त सम्मानै सम्मान हुन्छ दोषी भएपनि, पछि निर्दोष साबित गरिन्छ हत्यारा, भ्रष्टाचारी, बेविचारी , बेरोजगारी र राष्ट्रघातीहरुको जमात हुुन्छ यत्ति धेरै चलखेल हुन्छ त्यहाँ जोडघटाउको तानातान हुन्छ जुनसुकै बेला मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीको पनि अफर हुन्छ त्यसैले त, वाउ ! कुर्सी अनि म ।

Smriti-malla · Apr 14, 2023 8:48 PM · 7,510 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion