मलाई पनि अब भाइरल बन्नु छ सोचिरहेछु हिडूँ नाङ्गै भएर या छाडूँ मुख दोबाटोमा उभिएर कि रुँदै बसूँ लाइभ फेसबुकमा ? कि बकूँ अन्टसन्ट टिकटकमा ? जसरी नि प्रगतिको बाटो खन्नु छ मलाई पनि अब भाइरल बन्नु छ। एकबारको जुनीमा जन्मिएर नेपाली भूमिमा हुन नसके भाइरल कसरी चल्छ र जिन्दगीको पाइडल? यहाँ शान्त बसे लाटो भइन्छ हावा गफ दिए बाठो भइन्छ दश नङ्ग्रा खियाए एकलकाँटे भइन्छ संस्कृति जोगाए पाखे भइन्छ त्यसैले निर्धक्कसँग उल्टोलाई सुल्टो भन्नु छ मलाई पनि अब भाइरल बन्नु छ। बत्ती नपुगेका सुदूरका बस्तीहरूमा ज्ञानको ज्योति बाँड्ने माड्साहेब सुविधाको सगरमाथालाई लत्याएर कर्णालीको मुटु जाँच्ने डाक्साहेब माटोसँग प्रिति गाँसी सबैको भोक मेटाउने किसान मानव हित खातिर अनवरत अनुसन्धान गर्ने विद्धान बन्दैनन् समाचारका विषयहरू गरिँदैन चर्चा कर्मयोगीहरूको। बरू हरेक शब्दमा गाली मिसाएर बोल्ने गाली बहादूरहरूकै छ चर्चा जताततै छ तिनकै वाह वाही तिनै हेरिन्छन् दिनमा दशौं लाख पटक तिनकै नाम झुन्डिन्छ हरेकको जिब्रोमा। त्यसैले कर्मवीर भन्दा पनि गफाडी बन्नु छ जसरी नि मलाई भाइरल बन्नु छ। टास टुस नै भए पनि भाइरल बन्नु छ , ७५ प्रतिसत कुरा टसाइ नै हुन् भन्ने कुरा यही साझा मै सुनेको हु , मलाइ पनि दिमाग खियाउनु सट्टा कट र पेस्ट गरेर भए पनि भाईरल बन्ने इच्छा लाइ तास्दै छु | चोरेर ठगेर ढाटेर धनि बन्ने को संख्या घटेको देख्नु हुन्छ भने खोलो तलतिर होईन माथि तिर बग्दै छ भन्ने बुझ्नुस | कबिता कुन चरीको नाम हो भन्ने हरु धेरैमा म पनि पर्दछु , आखा पुग्यो यो कवितामा, सम्सायामिक कुरा मन पर्यो , एक वेब साईट बाट अर्को वेब साईट मा टासी दिए त्यो पनि भाइरल बन्न को लागि | साभार : साहित्यपाटि
logan · Jul 14, 2023 9:23 AM · 1,267 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion