गोरेले हिन्दु धर्म को ग्यान लिन सल्लाह माग्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा गोरेले हिन्दु धर्म को ग्यान लिन सल्लाह माग्यो | यसलाई हिन्दु धर्म को ग्यान लिन कहा जाने वा के के किताब पढ भनि सल्लाह दिउ | मन मनै सोचे "आफै त महादेव उत्तानो टाङ्ग " | बाउ बाजेले दशैमा भट्याएका चण्डी, क्रिषणले अर्जुनलाई युद्द गर्न अभिप्रेरित गर्ने गीता , रामायण , महाभारत , उपनिसाद अनि बेद जसलाई भगवान बाट सृजित पढ भनुम | भानुम भने तैले पढेको छस भनि सोधेमा जबाफ दिन असमर्थ छु किनभने यी कुनै पनि पढेको छैन | कुनैबेला चण्डीमा के रहेछ भनि अनुबाद पढ्दा देविका अंग अंग को स्तुति बाहेक केहि थिएन र दोश्रो बाट तेश्रो पाना पल्टाईन |

logan · Aug 23, 2023 11:36 AM · 1,737 views

1 Reply

साझा कट र पेस्ट गर्नेहरु र अरुको नामको अघि पछि बाउ - भिनाजु, बाजे , बजे र बुढि राखेर साझा छिर्ने हरुको जमात बाट उत्तर पाउन पश्चिम बाटै घाम झुल्किए सरह हुने भयो |

logan · Aug 28, 2023 10:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion