"घण्टा"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"घण्टा" शब्दको प्रयोग नेपाली जनमानसमा परापुर्ब कालदेखिन नै भएको पाईन्छ। अब आफु तेती जानकार व्यक्ति त हैन। पहिले पहिले भन्थे, नेपालमा घरभन्दा धेरै मन्दिर हुन्थे रे, तेही भएर मठ-मन्दिर, घण्टा, चैत्य, गुम्बा आदी आदी धेरै हुन्थे रे। मानिसहरुमा धर्मप्रति विश्वाश, आस्था सद्भाव धेरै नै रहेको पाईन्छ। बिस्तारै समयको आरोह-अवरोह संगै धेरै परिवर्तनहरु भए, शाब्दिक अपभ्रन्शहरु भए, शब्दको अनेक अनर्थ लगाउन थालियो, नयाँ नयाँ शब्द, स्ल्याङ आदी निर्माण भए भनौ। "बुढा-बुढि"लाई सुद्दा-सुद्दी भन्ने रे, "दिक्क गर्‍यो"लाई ल्याङ ल्याङ गर्‍यो रे, के के होलाई "घाममा सुकाइदेउ" रे के के हो के के? मेरो अर्थ आन्कलनमा केही गलती भएमा सच्च्याइदिन होला। यस्तैमा आउछ यो शब्द "घण्टा"। हेर्नुस् अमेरिकामा त "घण्टा"को ठुलै महत्व छ, जुन नेपाल बसेकाहरुलाई नहुन सक्छ। "घण्टा हान्न जाने" जस्ता वाक्यन्श यही आएर सिके भनौ। तर घण्टा शब्दको चै नेगटिभ कोन्नोटेशन धेरै भएको बुझियो। नेपाल रहँदा नै साथीहरु "के को घण्टा?" भन्दै जोरी खोजेको देखे। कसैले केही सोधे अनी बेमतलबी उत्तर दिन परे, "घण्टा मतलब, बाल" आदी भनेको सुन्थे। अब केटाहरुको मुखबाट मात्र यो सुन्दा सुन्दा त केटीहरुले यस्तो शब्द बोल्दैनन् जस्तो लाग्थ्यो तर यस्तो हैन रहेछ, केटीहरु पनि यस्तो बोल्ने रहेछन। घण्टा भनेर के कुरालाई भनेको हो, मैले अझै पनि ठम्याउन सकेको छुइन। मन्दिरको एउटा अङ बुझाउन खोजिएको हो या हिन्दी फिल्मको उपज हो कि के हो, उता भारतमा पनि धेरै बोलिने शब्द रहेछ हो। अब त्यो बेला त फिल्ममा कुनै खलपात्रले बोल्यो, हामीले सुन्यौ, सक्यो। अहिले त "घण्टा" शब्द मात्र नभएर धेरै हिन्दी स्ल्याङहरु नेपालीको जनजिब्रोमा झुन्डेको पाए, जस्तै "डफ्फर" रे, "ढक्कन" रे, "छप्पर फाड" गायो रे, "फाडीदियो" रे। के हो यस्तो? धोती धोती भनेर हेप्ने नेपालीहरु त उतैको बोली चाली अपनाउन चै केही धक नमानेको पाए। खैर फेरी जाउ "घण्टा" शब्दतिर। खासमा के भयो भने, यो शब्द फेरी मेरो कानमा आज गुन्जियो भनौ। काममा मेरो भारतीय साथी छ जुन मैले बेला बेला भन्दै आईरहेको छु। र यो कुरा उसैको अनुभव हो। काममा नयाँ एक पाकिस्तानी केटी आएकी थीईन। केटीको ईंग्लिश सुन्दा त लाग्यो, यतै जन्मेकी, पले-बढेकी हुनपर्छ। यो अब मान्छेको बडी-ल्याङ्वेज, बोलिरहेको अयाक्सेन्ट आदी बाट हामी जो कसैले अनुमान लगाउन सक्छौ। तर हैन रहेछ, सानैमा अमेरिका आएकी रहिछे। घरमा चै हिन्दी (उर्दु) नै बोल्ने रहेछिन। के भएछ भने केटी त पुरा अमेरिकनैज्ड भईसकेकी रहिछिन। कुन अर्थमा भने, मल्टिपल बोइफ्रेन्ड्स बनाउने, डेटिङ त सामान्य कुरा भनौ अहिलेको टाइममा तर केटीले नितान्त ब्यक्तिगत कुरा पनि भनिछे मेरो साथीलाई। अब दुबै संगै छिमेकी राष्ट्रको भएर हो या केटी अली मुर्ख भएर। केटीले के भनिछे भने "आफु अब भर्जिन नरहेको" भनेर साथीसँग सबै कुरा खोलिछिन। अनी अहिले बिहेको लागि "योग्य बर" खोजेको अनी घरमा प्रेसर आईरहेको भनेर भनिछे। साथी साथीको कुरामा टू मच डिटेल आवश्यक थिएन तर, खैर। केटी छे म्यासचुस्सेट्समा अनी यस्तैमा उसको घरको मान्छेले एउटा न्यु जर्सीको इन्डियन कम्प्युटर इन्जीनियरसँग कुरा गर्न भनेछन। केटा आएछ घरैमा भेट्न हैन। कुरा कानी भएछ तर बिहेको लागि केटा मानेनछ। दुबै बिचमा के कुरा भयो भगवान जानुन। तर केटीले यहाँ पनि आफु भर्जिन नभएको भनेर भनिछे केटालाई। यस्तो किन भनेको भनेर मेरो साथीले सोधेछ त केटीले भनिन, बिहे अघी नै सबै कुरामा क्लियर रहेको राम्रो। ओके ल भनौ एक हिसाबले कुरा ठिकै हो पनि। तर त्यो इन्जिनियरले के सोच्यो, बिहे गर्न मानेन। शायद केटीको अयाट्टिचुड राम्रो लागेन होला, या कोही भर्जिन, "चोखी" "कसैले नछोकी" केटी खोजेको थियो होला, थाहा भएन। यो कुरा यस्तैमा सकियो। तर केही दिनपछी केटी भन्छे, त्यो इन्जिनियर केटा फेरी भेट्न खोज्दैछ, हामीले त सोच्यो, मन चेन्ज भयो होला, केटी मन परेको होला आदी तर हैन रहेछ। केटाले भनेछ, "मलाई तिमीसँग सेक्सको लागि मात्र भेट्नुछ"। हामी दुबै साथी अवाक!!!! यस्तो मान्छे पनि हुन्छ? रियल्ली? केटीले अनी बोलीन हिन्दिमा, "घण्टा, सभीको सेक्स ही चाहिए"। जुन लवज र स्ट्रेस्सको साथ केटीले "घण्टा" शब्द भनिन, हामी दुबै त "ओह माइ गड" मात्र भन्न सक्यौ हो। हामीलाई के लाग्यो भन्दा त्यो इन्जिनियर केटाले अब केटीको लाईफ स्टाइल सुन्यो, देख्यो पनि नजिकबाट अनी केटीको बारेमा आफुले नै जज्मेन्ट बनायो होला। केटीको शारिरिक सम्बन्ध भयो होला, कयौन बोइफ्रेन्ड्स रहे होलान, तर यस्तो भनेर म पनि पानीमा हाथ भिजाइ हालु, केटाको यो सोचाइ चै हामी दुबै साथीलाई मन परेन। केटी अझै पनि एक्लै छे, अब "घण्टा यो", "घण्टा त्यो" भन्दै केटीले त्यो केटासँग कुरा गरेकी भए त झन राम्रो इम्प्रेसन त भएन नै होला नि। लाग्छ कुनै कुनै शब्द केटीहरुले नबोलेकै राम्रो, केटीले जस्तै "मुँ.. , "मा... " भनेको पनि सुनेकै हो। तर यसमा केटीहरुकै नराम्रो छ। कन्फिडेन्स, अस्सेर्टिभ्नेस्स देखाउन यस्तो शब्द बोलिनै पर्छ भन्ने छैन। अब हाम्री साझाकी खानदानी चरित्र "सेक्सी इन सारी" को लवज पनि सुनौ। <img src="

Bennedict · Oct 12, 2023 3:50 PM · 17,830 views

7 Replies

धेरै दिन भयो हजुरलाइ देखन छोडेको , अन्तिम चोटी कुरा हुँदा गानो-गोलाले दुख दिई राखेको छन् भन्नु हुन्थ्यो , हजुरको हाल खबर के छ , गानो -गोला ठिक भयो कि नाइँ भनेर सम्झेको

bandedv2023 · Mar 16, 2024 11:11 AM

"घण्टा " शब्द धेरै काठमाण्डौलिले प्रयोग गरेको सुनेको हु | काठमाण्डौ आउनले आफ्ना सहर गाउ तिर आयात गरको कारण नेपाल भरि प्रयोग हुन्छ जस्तो लाग्छ | "घण्टा मतलब" भनाइ चै साझामा लागु हुदैन है म ठोकुवा गरु भन्न सक्छु | बेनी ब्रो को सु-स्वास्थ्य को खोजि नीति गर्ने महानुभावले हु-बहु मैले लेखेको कुरा अर्को धागोमा टासी दिए यो क्रियाकलाप "घण्टा मतलब" को ठिक बिपरित छ | यस्तै " अमेरिका आउने बिचार गरेको तर कहाली लाग्यो" धागो कोर्ने अझै पनि बिबिध नाम बाट साझा छिरी आफ्नो मतलब देखाउन पछि परेका छैन | ज्यालादारी काम भन्ना साथ् अनपढ, सिकर्मी , डकर्मी आदिले दैनिक काम गरि धनोपार्जन गर्ने लाइ जनाउछ | बिदेश छिर्नेले ज्यालादारी ( ज्यालादारी शब्दले स्यानो जनाउछ) को सट्टा कति घण्टा काम गरिस लाइ कति घण्टा हान्दै छस को प्रयोग गर्न सुरु गरि प्रचलित भएको हो कि ? यो पनि छुद्र बाचकको रुपमा लीइन थालिएको छ |

Logan · Mar 16, 2024 11:40 AM

Hmm, thought provoking! kina hola hai tyasto? Keta le tyahi attitude ra word use garda "Mard", "Macho", "Boka" normal hune. Keti le chahi tyahi kura express garda "easily available" jasto dekhine. Kasko perspective and kun circumstances ma hola? Just wondering, samaj dherai change bhayo bhanthe uhile jasto ahile pani tyastai raicha. haina ta Bennedict? k cha khabar, sanchai?

crazy_love · Mar 16, 2024 8:13 PM

Crazy how we doing? Good to see you!

ktmpost · Mar 16, 2024 10:17 PM

“लाग्छ कुनै कुनै शब्द केटीहरुले नबोलेकै राम्रो, ” Asadhyenai chitta nabujhne kura….naramro sabda keta Keti dubaile nabhaneko ramro….ketale bhanda reputation nabigrine ketile bhanda bigrine? Yo ta bisau satabdi ko soch bhayo….misogynistic…, Keti afain sakchyam chha bhane afno kisim le jindagi bitaunchhin….mukhya kura sakchhyam hunu paryo banki society le nai adjust garchha

chicagoan · Mar 17, 2024 7:51 PM

हजुर शिकागोअनजी, केटीले भन्दा रेपुटेशन बिग्रने, केटाले तेही शब्द भन्दा नबिग्रने भनेको हैन हजुर। नराम्रो शब्द जसले बोल्दा पनि नराम्रो नै हो, केटाले बोलोस कि केटीले बोलोस। तपाईं आँफै सोच्नुस् है एक छिन, कसरी हामी समाजमा केटाले मुँ** , मा*** , ला** , पु** लगाएर कुरा गरे कती सहजताका साथ सुन्छौ अनी ईग्नोर पनि गर्छौ होला, अनी तेही शब्दहरु एक केटीले बोलोस त, अरुको मात्र हैन तपाईंको पनि त्यो आँखी भौ तन्किन्छ हो। तपाईं चै के सहज भएर त्यो केटीलाई हेर्न सक्नुहुन्छ होला त? ल भन्नुस्। माथिको कथा तेही तेस्तै अनुभवको पस्काइ मात्र हो, हजुर। केटी सक्षम भएको, सिक्षित भएको, कन्फिडेन्ट भएको त सधैं राम्रो हो, तर धेरै कुरा चै सजिलै एडजस्ट गर्न गार्है होला कि? अहिले त नेपालमा +२ का केटा केटी हरु कस्ता कस्ता कुरा गर्ने रहेछन, तपाईं नेपाल नगेको कती भो ल भन्नुस्?

Bennedict · Apr 24, 2024 2:10 PM

Bennedict ji tyo ta keta le Keti agadi bhane ni uniharu le aakha tankara herchan ni haina ra. Yo ta sahaj kura ho ta. Keti haru le ni Keti sanga bhani halchan ni. Aajkal jasle jo sanga ni bhanchan hola. Hamro pala ma chai aafnai gender sanga jati gali gare ni Baal hudainathyo. Opposite gender agadi chai bhani halna apthyaro nai hunthyo hai.

ShreeRaam · Apr 24, 2024 9:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion