यसरी लक्ष्मी पूजा मानाए कसो होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज लक्ष्मी पूजाको दिन स्वदेश हुनेले लक्ष्मीको आराधाना गरी सके , गूगल म्याप हेर सारा हिन्दूस्थान अनी नेपाल २४ घण्टा दिन जस्तो बनाएका छन | आज सप्ताहन्त पनि हो अनी बिदेश बस्ने हरु राग , द्वेश र आलाप छोडेर पूजा तिर लाग, लक्ष्मी ले धन दिन्छिन बुद्दी दिन्नन | हिन्दू सन्स्कारमा भगवानहरु काम अनुसार बाडिएका छन भने जाबो मानब प्राणी किन काम अनुसार नबाडीउन ? जात पात को श्रीजना ब्राह्मणले गरेका होईनन| भगवान स्वयमले गरेका हुन र उनैका आदेशपालना मात्र गरेका हुन| जो जो ब्राम्हण र खस जातीमा जन्म लिएका छौ गर्ब गर्यौ र अझै गर्दै छौ , तिमीहरुको हात्तीको जस्तै खाने दात र देखाउने दात फरक छ | बानिले उहिले बाउ बाजेको जस्तै नै छ तर आफुलाई भने तठस्थ देखाउन खोज्छौ, तिम्ले आफ्नो इन्जार खुस्केको देख्न ऐना चाहिन्छ, एैना हेर्न रुचाउदैनौ किनकी यस्ले सक्कली रुप देखाउछ र तर्सिन चाहदैनौ | गान्धीले पनि जातियता समाजको एक अङ भएको ले यस्को पालना कायम हुनुपर्छ मा विश्वाश गरेको देखिन्छ र धेरै भारतीय ईतिहासकारको भनाई यस्तै छ | लक्ष्मी पूजाको दिन सबैका घरमा गाई हरु नपालिने ( शहरी करणको कारणले) भएकाले भाडामा लिएर भए पनि लक्स्मी पूजा मनाउने चलन हिन्दूस्तान मा बर्सौ देखी चली आएकोमा त्यो चलमा अलिक परिवर्तन आउलाकी ? ५ मिलियन गाई हरु छाडा छन र यिनीहरु सडक सफा गर्ने र फोहोरको डुङुरमा चर्ने गर्छन् हाम्रा लक्ष्मी हरु, खै त लक्ष्मी भगवान भन्ने र मान्ने हरुले एउटा एउटा गाइ घर ल्याउन नसकेको त ? यि छाडा गाई हरुलाई लक्ष्मी होईन "प्लास्टिक गाई"भनिन्छ | यि लक्ष्मी हरु पनि खानेकुरा तासिएको प्लास्टिक खाइ जिबन निर्बाह गर्न बाध्य छन् | २ -४ हप्ता गर्लान , अन्त्यमा ४०-५० किलो नपच्ने प्लास्टिक खाइ परलोक पुग्छन | बिचरा हाम्रा र हामीले मानी आएका लक्ष्मी हरु को जिबिकोपार्जन यसरी हुँदै छ | यो लक्ष्मी पूजाको दिन २-४ दिन भए पनि पूजाको लागि मनिष हरु गाई भाडामा होइन सित्तैमा पाइने फोहोर फाल्ने ठाउँ तिर गई ल्याएर पूजा गरे भने केहि दिनको सक्कली भोजन खान पाउने थिए | यसरी हिन्दु -स्थानिहरुलेलक्ष्मी पूजा मानाए कसो होला ? https://youtu.be/SifRIYqHfcY

Logan · Nov 12, 2023 11:46 AM · 2,728 views

1 Reply

भारतले प्लास्टिक गाइ हरु पैठारी गर्न दिए सबै छाडा गाइ हरु पाकिस्तान र अफगानिस्तान पैठारी भै छाडा गाइ गोरुको प्लास्टिक खाएर मर्ने थिएनन | काठमान्डौ तिर भैसी आयात भए झैँ यिनको आयात खाडि मुलुकले गर्ने थियो | बिचरा लक्ष्मीहरुको को परमधाम ४०-५० किलो प्लास्टिक नपचेर हुदै छन्, मरेको हेर्न सक्ने तर अरुले मारेको चै देख्न नसक्ने हामि हिन्दु ( आर्य } पनि अचम्मकै प्राणि हौ |

Logan · Nov 18, 2023 2:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion