श्यामश्वेत जीवन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाहिर रंगहरुको उत्सव छ, उमंग छ, तर जीवन त यता, श्यामश्वेत चलिरहेछ । रङ्गमञ्चमा प्रस्तुत भइरहेको रङ्गहीन नाटकको दृश्य जस्तै। हुन त मलाई जिन्दगी हर रङ्ग, हर स्वाद‌मा स्वीकार्य छ। तर मलाई यदि रोज्न लगाइयो भने म श्यामश्वेत नै रोज्ने छु। किनकी रङ्गहरुमा त विभेद जो छ, रातोले हरियोलाई हेप्छ, हरियोले पहेलोलाई। तर श्यामश्वेत सधैँ समान, सधै एउटै, निरन्तर…… श्यामश्वेत र मेरो जीवनको परिभाषा पनि एउटै छ। आकाश र जुन जस्तै, एकबिना अर्को अपुरो। ठ्याक्कै तिमी र म जस्तै , समबन्ध पनि हाम्रो यस्तै नै रहिरहोस, आकाश र जुन जस्तै बिना अर्थ बिना नाम। यो धर्ती र आकाश जस्तो नबनोस्, एक भएजस्तो भ्रम छर्न पनि क्षितिजहरुको साहारा लिनुपर्ने।

Smriti-malla · Dec 11, 2023 7:24 PM · 10,877 views

1 Reply

Yesto khate poet chee chhee

KhateyNepali · Dec 13, 2023 11:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion