फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी अमेरीकी Diversity Visa लिन खोज्नेहरू प्रहरी खोरमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://annapurnapost.com/stor... काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने 'डिभी होल्डर (डिभी परेकाहरू)'सहित १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय,  मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वर्णिम दाहाल रहेका छन्। २०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र प्लस टूको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

Khaobaadi_Netaa · Feb 1, 2024 10:38 AM · 2,119 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion