अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sanu Babu Silwal is with सानुबाबु सिलवाल.   ·  श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार गरिदिएको छु। अमेरिका आएको पछिल्लो बर्षबाटै उनि आफ्नै श्रीमतिबाट कुटिदै आएका रहेछन। हिजो मात्रै ८४ बर्षकि आमालाइ ५०० डलर पठाइदिएको निहुँ थियो कुटिनुमा। बच्चाहरु पनि आमाकै साथ र सपोर्टमा। मर्ने वा नेपाल फर्कने बाहेक उनिसङ्ग अर्को गतिलो बिकल्प थिएन। आफ्नै श्रीमानको परिवार आफ्नै परिवार हो भन्ने कहिल्लै नबुझ्ने श्रीमति पनि के श्रीमति? बच्चाहरुलाइ तिनका आफ्नै पिता बिरुद्द उकासिरहने यस्ता श्रीमतिकै कारण धेरै श्रीमानहरु पिडित हुदै आइरहेका छन अमेरिकामा। सोलुसन चाहि के हो त यसखाले घरायसि द्दन्दको? रिअलाइजेसन​, मिलेरै परिवार र जिवन अघि बढाउने नै उत्तम बिकल्प हो। यत्तिमा मात्रै कहा सोलुसन निस्कन्छ र​? सिसा फुटेपछि टेप​, ग्लु लगाएर जोड्नै सकिदैन। यसको अर्को राम्रो बिकल्प भनेको छुट्टिएरै फेरि अर्को जिवन शुरु गर्ने तर मर्ने वा डिप्रेसनमा आफुलाइ लैजाने वा पिस लुज गरि बस्ने कहिल्लै उत्तम बिकल्प हुनै सक्दैन। अबिबेक​, अधमि श्रीमान वा श्रीमतिका कारण बच्चाहरु पनि बर्बाद हुने अबस्थामा छन। उनिहरुको के दोष हुनसक्छ र​? आर्थिक समुन्नतिका लागि, जिवनस्तर गुणस्तरिय बनाउन ७ समुन्द्रपारि आएका नेपालिहरु पारिवारिक दन्द्दमा फसेर जिवन बर्बाद बनाउनेहरु मनग्गे छन अमेरिकामा। बितेका २ महिनामा झन्डै ३ दर्जन पिडितहरु न्याय​, सुझाब र सहयोगका याचना सहित आएका छन। बोल्नै नसक्ने, आफ्नो पिडा भन्नै नसक्ने र पिडा एबम दर्द भित्र भित्रै लुकाएर शिथिल भै बाचिरहेका तमाम पिडितहरुलाइ बाच्न उत्प्रेरित गरिरहेको छु। यसैबाट मिल्छ मलाइ धर्म। File Photo Last edited: 11-Mar-24 10:28 AM

ktmpost · Mar 11, 2024 9:15 AM · 11,079 views

11 Replies

यो तस्बिर संग माथि उल्लेखित कथा संगको कुनै तालमेल छ जस्तो लाग्दैन | घटना अमेरिकाको अनि फोटो चै नेपालको , कहिँ KTMPOST ले अमेरिका जानु अघि कुटाइ खादै गरेको फोटो खिचेका थिए र अमेरिका पुगे पछि पनि कुटाइ खाई रहेको हुनाले उक्त फोटो टास्न पुगेका हुन् ? अन्यथा कथा एकको र फोटो चै अरुकै राखी सनसनी पुर्ण बनाउनु उपयुक्त हुन्छ जस्तो लाग्दैन |

logan · Mar 11, 2024 10:19 AM

Logan, in journalism, there is a term called "File Photo". You may have never heard of it. Please google and inform yourself. Thank you

ktmpost · Mar 11, 2024 10:30 AM

Thank you, Got it.

logan · Mar 11, 2024 11:02 AM

Did you really have to say ? "कहिँ KTMPOST ले अमेरिका जानु अघि कुटाइ खादै गरेको फोटो खिचेका थिए र अमेरिका पुगे पछि पनि कुटाइ खाई रहेको हुनाले उक्त फोटो टास्न पुगेका हुन् ?" What kind of mentality do you have? Why did this post trigger you? Are you suffering from similar abuse?

ktmpost · Mar 11, 2024 11:12 AM

Malai pani jaanna mann lageko chha mathi ka ti harafharule bhanna chai k khojheko ho bhanera?

Tesla guy · Mar 11, 2024 12:02 PM

यो फोटो उद्दार गरेको मानिस र कुट्दै गरेकी महिलाको फोटो हो होईन संग आबद्द छ | कथा एक जनाको र फोटो अर्को परेको होकी भन्ने लागेर अमेरिकामा बस्ने मानिसको उद्दार भएको र फोटो चाही नेपालको जस्तो लागेर उनि पहिले पनि कुटाइ खादै आएका बेला खिचिएको फोटो हो भन्ने मेरो सोधाइ बुझ्नु होला | सत्कार्य नै धर्म हो |

logan · Mar 11, 2024 1:02 PM

लोगन तँ समाचार नै पढ़दैनस कि के हो ? समाचार त धरै परको कुरो तलाई सामान्य भन्दा सामान्य कुराको जानकारी पनि नभएको देखेर सार्है अचम्म लाग्छ। "फाइल फोटो " को प्रयोग प्राय सबै दृश्य समाचारमा परयोग हुन्छ ।समाचार लाइ अझ प्रस्ट गर्न एस्तो फोटो हाल्ने गरिन्छ. यो समाचार र फोटो एकै स्रोतबाट लिएको होइन भन्ने कुरो त तँ भन्दा पनि धेरै लाटोले भन्न सक्छ। ल ठिक छ तैले बुझिनस रे, तर नभुझेको कुरो बिनम्र भएर सोध्ने कि सिधै "कहिँ KTMPOST ले अमेरिका जानु अघि कुटाइ खादै गरेको फोटो खिचेका थिए र अमेरिका पुगे पछि पनि कुटाइ खाई रहेको हुनाले उक्त फोटो टास्न पुगेका हुन् ? " भनेर निक्रिस्ट भाषा प्रयोग गर्ने? तैले एस्तो लेखे पछि कसले तँ प्रति सदासयता देखाउछ ? आफैले हुझ्नु पर्ने हो । अरु बाट राम्रो ब्यबहारको आश गर्छस भने सुरु आफै बाट गर । ज्ञानको भण्डार अलि बढा, समाजले तलाई आफै स्वीकार गर्ने छ ।

pitambar · Mar 11, 2024 2:25 PM

मैले सोध्नुको कारण कहिँ गाडि एक्सिडेण्ट भयो तर त्यो ठाउमा अर्कै अनि मानिस सहितको फोटो टास्न मिल्ला जस्तो नलागी सोधेको हु | पिताम्बर महासय मानौ कसैको गाडि दुर्घटनामा file Photo चै तपाइको गाडी दुर्घटना भएको र तपाइको फोटो सहितको फोटो राख्न मिल्ला जस्तो नलागेर नै सोधेको हु | निस्कृयता को बिसय पनि त्यो कसैले आधा गिलास पानि अनि कसैले आधा भरिएको पानि देखे जस्तै हो | तपाइले आधा गिलास पानि देख्नु भयो र अ-सदासयता देखाउन पछि पर्नु भएन भन्ने कुरा "त" का "त' को प्रयोगले नै जनाई सक्यो | हजुरको एजेण्डा यस्तै नै छन् भने एउटा धागोमा टिप्पणी गर्न पाएको छैन अ -सदासयता देखाउन पछि पर्नु हुन् | Last edited: 11-Mar-24 04:44 PM

logan · Mar 11, 2024 2:42 PM

लोगन,के काम हो घरै बाट गर्ने मिल्ने अझै सम्म पनि ? मिले हामीले पनि गर्नु हुन्थ्यो । कि अस्ति " पेरिस त कति घुमे तर "nice सिटी " चै सुनेकै छैन " भन्ने गफ जस्तै हो ? हो, यहाँ तँलाइ सबैले अलि तल्लो स्तर कै ब्यबहार गर्छन, एसले तँलाइ ज्यादै मर्माहात पनि गरेको होला तर कारण चै तँ आफै होस् । यो भन्दा अरु बोल्दिन ।

pitambar · Mar 11, 2024 2:59 PM

एई EvD२०२३ को नया रुप पित्ते तेरो साझा आगवन कसरि भएको थियो फेरी पढ | जब हरामी हरुको जामातले अरुलाई त के आफ्नै बाउलाई पनि बिहे देखाउन पछि नपर्नेमा पर्छस अनि तैले भनेका ति सबै तै नै होस् | एक बाट होईन एक पछि अर्को बाट कमिनापन देखाए पछि अर्को नाम बाट तेस्तै कमिनापाना देखाई सख्या बढाउछ्स | किन आजभोलि त्यो नाम बाट साझा छिर्न छोडिस ? पुरंजन्म पाए पछि फेरी देखुनु भएन र हो ? Nice सिटी सबैले सुनेको कुरा मैले भनि रहनु पर्छ त्यो त सुस्तमनस्थिति हुने हरुलाई दोहोर्याई भनि रहनु पर्छ | बबुवा तेरो बानि व्यहोरा देख्दा तैले झड्केलो बाउ घरमा छिरी कर्तुत गर्ने मै होस् भन्ने ठान्छस होला नत्र यति साह्रो खेदो गर्नु पर्ने अरु कुनै कारण देख्दिन | साह्रा साझा बासि हो मैले झड्केलो बाउ हुने कर्तुत गरेको छैन ज्ञान भया |

logan · Mar 11, 2024 4:23 PM

Kina ho Aru lai jey pahi tehi gali gareko . Plz be gentle

Meronepal 1 · Mar 11, 2024 8:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion