ठुलो कुरो । त्यो दुई काने चप्पलको टाउको बिभत्स तरिकाले चुंडिदा टुकी बत्तिको साहराले जोड्ने कोसिस गरे पनि अथक प्रयास पछी किला घुसारेर बिजय उत्सव मनाएको छौ ? पानी पर्दा, हिलो बटुलेर गज्यंग गज्यंग खुट्टाका औंलाको काप्चाबाट निक्लेको अमुर्त कलालाई राती सुत्ने बेला चिलायर मुर्त बनाएका छौ ? पाकेको सिङान बोकेर भातको माडले चङ्गा टालेको छौ कि खैनीको बट्टा कुच्चाएर राम लक्ष्मण बनेका छौ ? फर्सीको पातमा फर्सीकै पिरो तरकारी र नपाकेको भात खान भए पनि रात भर खासाबाट ल्याएको ज्याकेटको भरमा देउसी नसकिंदै परालको कुन्युमा निदाएको छौ ? धानको भरी बोकेको छौ ? ? गंहु चुटेको छौ ? गुलेली हन्न दिन भर खोलाको तिरमा गट्टा टिपेको छौ ? गोठालो जाँदा पाङोको आलु उखलेर पोलेको छौ कि केराउ बक्कुला चोर्न भिर उक्लेको छौ ? गट्टिवाल जुत्ता लगाएर मामा घर गएका छौ कि त्यहि जुत्ता स्कुलमा लगेर हिरो भका'छौ ? माटोसँगको परिचयमा जीवन जिएको छौ ? सक्छौ बाँकी जीवन त्यो बिगत सम्झेर बस्न , रमाउन ? सन्तोक छ ? मुस्कान छ ? खुशी छ ? यदि छैन भने.... ठुलो कुरो नगर , ठुलो कुरै नगर !!! Last edited: 12-May-24 10:09 AM Last edited: 12-May-24 10:12 AM
Jhaukiri · May 12, 2024 9:28 AM · 18,147 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion