हामी दुई कवि । कविजी नमस्ते ! म पनि कवि तिमी जस्तै , तिमी कबिता लेख्छौ म मान्छे मार्छु । हरेक दिन ऐना अगाडीको मान्छे म सँग रुन्छ ,बिलौना गर्छ म त्यसलाई सिध्याउँछु । तिमी आफ्नो कबितामा रस हाल्छौ । करुणाको रस , वीरताको रस मैले वीर बन्नु पर्ने हुन्छ म लाचार छु करुणा भोग्छु , शब्दको सिमिततालाई कसरी दर्साउ तिमीले खोज्ने रसमा म निचोडिरहेको हुन्छु । तिमी देश बिदेश घुम्छौ , ताली खान'छौ म तिम्रो कबिता सुन्दा सुन्दै काममा ढिलो पुग्छु र साहुको गाली खान्छु । तिम्रो भावनासँग खेल्ने कलाको मान्छे कायल छन् तिम्रो शब्दमा मान्छे हाँस्छन्, रून्छ्न् म आफै हाँस्छु , आफै रून्छु । म हेरीरहन्छु ,तिमी कबिता लेख्छौअभधुत बनेर अस्टबक्रलाई आफ्नो कबिता समर्पित गर्छौ म ज्ञान बिनाको अस्टबक्र बनेर हरेक दिन ऐना अगाडी उभिन्छु र हिसाब लेख्छु , रेन्टको हिसाब, बत्ती-बिजुलीको हिसाब , छोरीको फोर्मुलाको हिसाब, तिम्रो छन्द छ मेरो हात बन्द छ । तिम्रो पखेटा लागेको हेर्दै तिम्रो गहिरो शब्दहरुको अर्थ खोजिरहेको छु म त्यो चुक अमिलो जस्तो कालो खाल्डोमा प्रतिबिम्भ नदेखिने भएकोले म कवि हुन पौँछु म "तिमी" हुन पाउँछु । त्यसैले त मलाई अँध्यारो मनपर्छ जँहा तिमी बत्तीको उज्यालो लिएर दुनिया घुम्छौ कबिता भन्न पैसा लिन्छौ, म अँध्यारो बाट फुत्त्त निस्केर कबिता सुन्न पैसा दिन्छु .... त्यसैले त भने'नी तिमी कबिता लेख्छौ म मान्छे मार्छु, हरेक दिन आत्मा-हत्या गर्छु !! (कवि नवराज पराजुलीको BOSTON भ्रमण बाट प्रभाभित । ) Last edited: 12-May-24 08:57 PM Last edited: 15-May-24 01:18 PM Last edited: 15-May-24 01:20 PM
jhaukiri · May 12, 2024 8:57 PM · 18,025 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion