आज सडकमा रमिता छ!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जिम्मेवारी र सपनाले कन्चेटतिर फर्काएर बन्दुक पड्काएपछि सुरु भएको पसिना बेच्ने म्याराथन छ सडकभरि आज चाप्लुसीका इत्तर घसेर आएका केही नदेख्ने होमरहरूको जुलुस छ सडकभरि आज अस्मिता लुटिएका कौमार्यहरूको बिलौनाका लस्कर छन् नाराबाजी गर्दै सडकभरि आज नैतिकता र विवेक हराएर यता उता खोज्दै छामछुम् गरेजस्तै गर्ने नेतृत्वको भीड छ सडकभरि आज त्यहीँ एउटा कुनामा म छु मसँगै उठेको घाम छ मसँगै आङ तानिरहेको अल्छिपना छ आडैमा लठ्ठ स्वार्थ छ वरिपरि ढुङ्डुङ्ती गनाइरहेको आत्मसम्मान छ पुच्छर लुकाएर भुकिरहेको मेरो बहादुरी छ हामी सबै हेरिरहेछौँ आज सडकमा रमिता छ Sudarshan poudel

Smriti-malla · Oct 19, 2024 4:26 PM · 8,340 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion