मेरी मुटु : प्राण प्यारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिऊ थुप्रिने कारण र साप्ताहिक खानपिन को किनमेल गर्न ठुलै र धेरै सब्जी पाइने पसलमा गएका थियौ | एक युगल जोडी किनमेलमा असहमति भएर पल्लो आयल मा सुनिने गरि कुरा गर्दै थिए | तिनीहरुका कुरा बुझेछ भन्ने पर्ला भनि तिनीहरु तिर आखा लगाइन | साझ मा श्रीमती जीले एउटा गोरेले बिसौ बर्स को सफल बैबाहिक जिबन को आधार मा " हवस् श्रीमती, हुन्छ श्रीमतीजी , गरि हाल्छु श्रीमती जी , चिया बनाउ श्रीमतीजी " भनेको योउट्युब देखाए पछि पसलमा एक जोडि नेपालि पनि रहेछन दुबैले रंग मिल्ने गरि ज्याकेट लगाएका थिए अनि साथमा भएकी थितिलाई मेरी मुटु भनेको सुनेको कुरा सुनाइन | उहिले मेरी मुटु को ठाउमा मेरी प्राणप्यारी भन्ने गर्थे होला | लौ बैबाहिक जीबन मा हुने हरुले गोरेले र नेपालि जोडीले भने झैँ गर्नु भए बैबाहिक जीबन शुखमय बनाउनुस | तर कुतर्की कुरा कानी लाइ भने प्रसय नदिनु होला | बुढा बुढी मा सत प्रतिसत कुरा मिल्नु ठिक कुरा होइन भन्ने कुरा डाक्टर साब को भनाइ हो | वहाको गाउमा दुई दुई ओटी बुहारीलाई बोक्सी भनेर घर निकाला गरेको कुरा सुनाउनु भएको थियो | तेश्रो बिबाहा पछि चै बुहारी मात्र होइन छोरो पनि संगै निस्कियो | साभार संस्कृत श्लोक : मिठा शब्द र ब्यबहारले तनाब रहित बातावरण शिर्जना हुने र सफलता तिर उन्मुख गराउछ |

logan · Jan 19, 2025 11:48 AM · 5,848 views

2 Replies

Safalta tira chai kasari unmukh garauchha? Yo chai bujhna sakina mailay ?

Sampurna pokhrel · Jan 19, 2025 12:31 PM

पोखरेल्जी , साझाको दंगालामा सक्रिय रुपमा भाग लिएको देख्दै छु , घरमा पनि तेस्तै स्थिति मा बस्नु भए तपाइ अधोमुख तिर जान सक्ने सम्भावना धेरै छ | बुझ्ने लाइ श्रीखण्ड अरुलाई खुर्पाको विड लाइ चिन्तन तिर लागेर अर्थ बुझ्न लाग्नुस् जबाफ आफैले पाउनु हुनेछ |

Logan · Jan 19, 2025 5:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion