पहेलो जम्प सुट अनि हात खुट्टा सिक्रीमा देख्दा ............................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहिँ कसैले " Friday privilege is Monday's right" सुनाएको थियो | यो उखान मिलेन भन्नु होला | एक जना प्रोफेसर IEEE को कन्फेरेन्स मा आउनु भएको थियो, वहाको मानसिकता चै नफर्किने रहेछ र आफ्ना सहकर्मी बीच यस्तो कुरा गरेको कारण फर्किदा वहाको वार्डेनसिप पनि गुमी मासिक बैक ब्यालेन्स सुन्यमा पुग्दा डिप्रेसनले नै छुएको कुरा सुनेको थिए | अहिले TPS मा हुने हरुले पनि green card बनाउन सकिएन भने नेपाल फर्किनु पर्ने मानसिकता लिनु भएको भए फर्कनु पर्दा पनि धेरै दुख नमानी घर पुग्नु हुन्थो होला ? आमा बाबुको मन कस्तो हुन्छ भन्ने कुरा आफु माता पिता नभई बुझन सक्दैनन् | यी आमा बाउले आन्फा छोरा छोरीलाई पहेलो जम्प सुट अनि हात खुट्टा मा भोटे कुकुर लाइ बाध्ने साङ्लो मा बाधिएर नेपाल छिरेको देख्नु पर्दा वहा हरुको हाल के होला ? त्यो भन्दा पनि कुरोउटे र चुरोउटे का कुरा ( पधेरनी ) ले दैनिक दिमागमा किला ठोक्दा कस्तो होला ? सिप लिएर फर्किने ला सिपमुलक काम मा लाग्लान तर नेपालमा बाबु साहेबी पाराका हुर्केकाले फर्किए पछि सानो तिनो काम गर्न लाज भै हाल्छ , तिनी हरु चै के गर्लान ? त्यो भन्दा पनि महा बिजोग अमेरिकामा हुर्किएका केटाकेटी हरुलाइ हुन्छ | नेपालि लेख्न होईन बोल्न पनि बिर्सी सकेका ले नेपालि बातावरनमा सामन्जस्यता (adopt) कसरि गर्लान | घरमा कमोट र आची पुछ्ने कागज पहिलो दिन नै उपलब्ध नभए कब्जियत भै उपचारार्थ अस्पताल पुर्याउनु पर्ने अबस्था पनि आउला | फर्किने मानसिक बातावरण बनाउदै जानुस |

logan · Feb 8, 2025 10:57 AM · 7,608 views

2 Replies

Aafnai katha jasto cha ni logan ji . Thulo kura gareko bhannu hola … lot of indians go back if there is risk to H1B . I, myself know more than 50-100 indians who has returned back home with their children .

Gagan-deuja · Feb 8, 2025 11:14 AM

आफ्नो होइन , हाम्रा सहरिया गाउले हरुका आमा बाका रुवाबासि गरेका कुरा सुने पछि नेपालमा बस्ने परिवारको गाथा कोरेको हु | मेरो गुरुआमा अमेरिका आए पछि छोरा छोरीको मिहिनेत र काम गराई देखे पछि यति दुख गरेका भए नेपालमै गाडि कुदाएर बस्न सक्ने थिए | बा आमाले आर्जेको सम्पत्ति मा जीबन बिताउन पाए हामीलाई दुख गर्न पट्टि लाग्छोउ र ? नेपाल फर्किए पनि सिप को प्रयोग गर्न तिर लाग्लान कि नलाग्लान यो पनि ठुलै प्रश्न हो | साझा मैले २००५ को गाडि बेची Prius किने भने पछि थोत्रो गाडि चलाएको कुरा लाइ ठुलै कुरा बनाइ पधेरनी कि नाइकेनै बन्न पुगे भने यी नाईकेका पछि लाग्ने पुच्छर पनि थपडी बजाउन पछि परेनन् | यस्तै वा यही महापुरुस नेपाल फर्किनु परेको अबस्थामा बाउले आर्जेको सम्पत्ति बेचेर भए पनि एउटा थोतरै भए पनि अमेरिका रिटर्न को ताई फाई देखाउन एउटा बाहन पनि खरिद गर्लान |

logan · Feb 8, 2025 6:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion