लोगनजी कता हराउनु भयो आजकल ? वहाले दशैँमा एकचोटी खसीको मासु धेरै भएर ब्रेकफास्ट, लन्च डिनरको स्टाटर देखि डेजर्टसम्म खसीको परिकार खाएको कुरो लेख्नु भएको थियो. मलाई आज भोलि तेस्तै भएको छ. बारी भरि तिते करेला फुलेर हैरान. केहि पहिले दुकानमा गएर एक पाकेट तिते करेला किनेको जम्मा जम्मी ३ दाना तियो होला, मूल्य चै ८ डलर जति पर्नु आयो . सारै महँगो तरकारी रहेछ भनेर एक मुठी जति बियु छरेको खासै सप्रेला जस्तो लागेको थिएन . एक हप्ता पछि त बुरुक बुरुक टुसा उम्रिन थाल्यो. अहिले फुल प्रडक्सन फेजमा चलि राखेको छ . तोरी जस्तो पहेल्पुर करेलाको फुल छ . आज एउटा टिपो भोलि ५ ओटाले मलाई टिप् भनेर कुरी राखेको हुन्छन . ५ ओटा टिपो फेरी भोलिपल्ट २५ ओटा तुन्द्रुङ्ग झुण्डी राखेका हुन्छन . फाल्न सार्है माया लाग्छ, एउटा करेलाको लगभग १ डलर जस्तो पर्न आउछ . फ्रीज भरि सक्यो . आज भोलि बिहान स्यान्डविचमा घरमा फलेको काक्रा, भेजीको साथमा उसिनेको करेला स्लाइस गरेर खाने गरेको छु .
haal haal pandit · Jun 16, 2025 2:49 PM · 8,158 views
Real karelaa khanchhas?
Dhruva sigdel · Jun 16, 2025 4:25 PM
Karela dherai nakhau, feri BP low vayera dhallau baun
furke · Jun 17, 2025 5:28 AM
U r right furke , my BP has been always been in borderline like 128-130. Tite kareliy has lower my bp to 115 -118 constant. Im trying to take titekarely sandwich everyday.
haal haal pandit · Jun 17, 2025 10:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion