सुनील सेठ्ठी नब्बेको दशकमा बलिउडको एक्सन हिरोको रुपमा प्रख्यात थिए।उनको त्यस जमानामा बलिउडमा राम्रै क्रेज थियो।सुनील सेट्टी कुशल अभिनेता मात्र नभई मानवताबादी,उदार मन भएका असल व्यक्ति हुन्।अभिनेता सेठ्ठीको जीवनसँग जोडिएका केही रोचक र प्रेरणादायी कुरा यस्ता छन्। सुनील सेट्ठीको वास्तविक नाम ‘विरप्पा सेठ्ठी हो।सुनील सेठ्ठी ६४ बर्षका भए ।यस उमेरमा पनि उनको फिटनेस र अनुशासन सबैको लागी प्रेरणा बन्ने गरेको छ। सुनील सेठ्ठीले आजभन्दा करिब २९ बर्षअघि बेचिएका नेपाली चेलीहरू जस्लाई मुम्बईको को’ठीबाट उद्धार गरिएको थियो।उनीहरुलाई नेपाल सरकारले फिर्ता ल्याउँन नखोजेको अवस्थामा १२८ जना नेपाली चेलीहरूलाई आफ्नो खर्चमा प्लेन टिकट काटिदिएर नेपाली फिर्ता पठाएका थिए।उनले आफ्नो यस्तो पुण्य कामको प्रचार आफैले कहिल्यै गरेनन्।उनी भन्छन्-कसैलाई मद्धत र सहयोग गरेको कामको प्रचार गर्नू राम्रो होइन। सुनील सेठ्ठीको पिता घरको गरिबीको कारण भागेर नौ बर्षको उमेरमा मुम्बई आएका थिए।मुम्बई आएर उनी रेष्टुरेष्टको टेबल सफा गर्ने,भाँडा माझ्ने जस्ता काम गर्दथे।चिसोमा चामलको बोरा ओडेर सुत्ने गर्दथे।जुन रेष्टुरेण्टमा उनले टेबल पुछ्ने र भाँडा माझ्ने जस्ता काम गर्थे पछि ती तिनैवटा रेष्टुरेण्ट सुनीलका पिताले खरिद गरे। नब्बेको दशकमा सुनील सेठ्ठी बलिउडका एक्सन हिरोको रुपमा प्रख्यात थिए।त्यसबेला उनलाई ग्यांग’स्टर हेमन्त पूजारीले ठूलो रकम माग गर्दै धम्की दिन्थे।म तिमीहरु भन्दा ठूलो ग्यांग’स्टर हुँ भन्दै उल्टो सुनील सेट्ठी उनीहरुलाई थर्काउँथे।त्यतिबेला बलिउडमा सुनील सेठ्ठीलाई निडर अभिनेताको रुपमा चिनिन्थ्यो। सुनील सेठ्ठी कहिल्यै मदिरा पिउँदैनन्।धुम्रपान गर्दैनन्।पेप्सी,कोक जस्ता स्वास्थ्य बिगार्ने पेय पदार्थ पिउँदैनन्।राती अबेरसम्म पार्टि गर्दैनन्। सुनील सेठ्ठी बलिउडमा विनम्र स्वभावको रुपमा परिचित छन्।उनका केही महत्वपूर्ण प्रेरणादायी भनाई यस्ता छन्। -वास्तविक शक्ति आक्रामकता होइन, अनुशासनबाट आउँछ।पैसाले धनी बनाउँछ, मूल्य–मान्यताले सम्पन्न बनाउँछ।सफलता क्षणिक हुन्छ, चरित्र स्थायी हुन्छ।
ojhasamajdhangadhi · Dec 17, 2025 12:48 PM · 4,213 views
Last edited: 17-Dec-25 11:00 PM
Oops i did it again · Dec 17, 2025 10:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion