धनगढीका मेयर गोपाल हमाल लाइ प्रश्न तपाइ अब कुन पार्टीमा प्रबेश गर्ने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरोबारेमा भइरहेका विभिन्न अड्कलबाजीहरूका सम्बन्धमा म प्रष्ट पार्न चाहन्छु । धनगढीका नगरबासीले मलाई पाँच वर्षका लागि एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । मेरो सम्पूर्ण ध्यान अहिले त्यही जिम्मेवारी पूरा गर्नमै केन्द्रित छ । आफ्नो कार्यकाल नसकिँदासम्म अन्य कुनै पनि राजनीतिक दौडधुपमा लाग्ने मेरो कुनै सोच छैन । अहिल्यै त्यस्तो कुनै योजना छैन । मेरो मुख्य प्राथमिकता भनेकै धनगढीको विकास र नगरबासीको सेवा हो । पाँच वर्षका लागि जनताबाट पाएको म्यान्डेट (जनादेश) लाई म कति पनि तलमाथि हुन दिन्नँ । मेरो ध्यान अहिलेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुमा मात्रै छ । म कुनै पनि किसिमको राजनीतिक गतिविधिमा लाग्दिनँ । मेरो प्रतिबद्धता सुशासन र विकासका लागि हो । आफ्नो बाँकी कार्यकालभरि म सुशासन कायम गर्न र विकास निर्माणका कामलाई गति दिनमै समय खर्चिनेछु । मलाई विश्वास गरेर जिताउने नगरबासीको शिर झुक्न दिने छैन ।

ojhasamajdhangadhi · Dec 27, 2025 2:26 AM · 3,310 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion