NORWAY VS INDIA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Helle Lyng नामकी नर्वेली पत्रकारले भारतका प्रधानमन्त्री Narendra Modi लाई प्रश्न सोध्न खोजेपछि आफ्नो Instagram र Facebook अकाउन्ट निलम्बित भएको दाबी गरेकी छन् । https://youtube.com/shorts/FGM... नर्वेमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीलाई प्रश्न गर्न खोजेपछि उनी अचानक चर्चामा आएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र ट्रोलको सामना गरिरहेकी पत्रकार लिङले आफ्नो Meta अन्तर्गतका दुवै अकाउन्ट बन्द गरिएको बताएकी हुन् । https://youtube.com/shorts/pA5... सामाजिक सञ्जाल X मा पोस्ट गर्दै उनले लेखेकी छन्, “प्रेस स्वतन्त्रताका लागि यो सानो मूल्य हो, तर मैले यस्तो अनुभव पहिले कहिल्यै गरेकी थिइनँ ।” उनले अकाउन्ट निलम्बनसम्बन्धी स्क्रिनसटसमेत सार्वजनिक गरेकी छन् । अर्को पोस्टमा उनले Instagram र Facebook मार्फत सम्पर्क गर्न खोज्नेहरूलाई जवाफ दिन नसक्ने अवस्था आएको बताउँदै अकाउन्ट फिर्ता हुने आशा व्यक्त गरेकी छन् । उनले Meta लाई समेत ट्याग गरेकी छन् । यो घटनापछि सामाजिक सञ्जालमा प्रेस स्वतन्त्रता, अनलाइन ट्रोलिङ र डिजिटल सेन्सरशिपबारे नयाँ बहस सुरु भएको छ ।

ojhasamajdhangadhi · May 19, 2026 11:50 PM · 2,331 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion