~ * चौतारी १३८ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १३८ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,  laa- hoo-rays, all on the stage of Chautari of Sajhaland  (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 138 editions. Last edited: 22-Jan-09 10:07 AM

बिस्टे · Jan 22, 2009 9:58 AM · 800,778 views

900 Replies · Showing 881 - 900
Page 45 of 45

ल पानी पनि लिएँ मैले है केली मुइँचा

serial · Feb 5, 2009 10:44 AM

थ्यान्क यु केली किस्न जस्तो पती मिलोस हिजो महादेव जस्तो ले भएन रे तेसैले।

बिस्टे · Feb 5, 2009 10:53 AM

ल जा, मासु नभाको भात खाम न, केली राम्रो वर संगै राम्रा सन्तान को पनि असिस दिन्थें ।। पानी चाँही मैले नि लियें है धन्यवाद अनी डुप्लिकेट ठुल्दाइलाई मेरा तर्फबाट नि बिदा, आफ्नो ओरिगिनल पहिचानमा आउनुस् हामी याहीं हुनेछौं

perfectionist · Feb 5, 2009 10:57 AM

ईीईीई। कस्तो  झारे असिस् देको तेस्तो? , खली ईीईी बरु  पदेर  ठुलो  मान्छे  बनेस, यहाँ का कुइरे  हरुलाई  पेलेर  खान सकेस  भनेर असिस दिनुन!!!! अनी  लहरे  दाल  भात्  तरकारीमा  नुन  पुगेको छ त?? Last edited: 05-Feb-09 11:04 AM

keli · Feb 5, 2009 11:02 AM

पुरे त्यो घुम्रे भन्ने हाम्रो हिमालय सिनेमा हल मा टिकस बिलेक गर्थ्यो ! तर हाम्रो घुम्रे साथी ले अन्यथा नलिनु होला ! केली, बिराट चोक जाँदा इटहरी मा खा'को भात याद आयो ! ल धन्यवाद ! बिस्टे सोम के छ खबर? ज्युनार भो? लहरे बौचा के छ नयाँ नौलो?

ritthe · Feb 5, 2009 11:03 AM

केली त्यस्तो आशिस त दिनै पर्दैन कुरा ले नै थाहा हुन्छ - चौतारी का भलादमी हरुलाई पेल्न सक्ने रे कुइरेको त के कुरा भो र होइन गाम्ले हरु त्यसै केली कुरौटे भनेर नाम राख्छु म केली ले चौतारी खाने भएपछी - कुइरे सुइरे गोली मार कि कस्रो मुइँचा हेँख हेँख हेँख

serial · Feb 5, 2009 11:05 AM

जम्मैलाई एक्कै चोटि झ्याप्पै नमस्कार ठोके है । रिठ्ठे बजिया कहाँ छ , बजिया म नभाबेलामा आर जे पाये तेही फोटो टास्दो रछ बज्जे , म त ह्यानसम भन्नै हुन्न त्यो बज्जे डाढले मरी हाल्छ , लौ बिस्टे त्यो आयो भने मैले सम्जेको छु भनी देउ है , अनी कुनै दिन जम्का भेट भाको बेलामा सुस्तरी कुरा गरम्ला को कती ह्यान्सम छ भने , अहिले लाई यती नै , तारेमाम ।

Harka_Bahadur · Feb 5, 2009 11:06 AM

हर्के आयो हर्के आयो भाग

ritthe · Feb 5, 2009 11:13 AM

पुगे पनि नपुगे पनि मिठो मानि खाइदीएँ अब एसरी कसैले खान ल्याएपछी के कराइराख्ने भने सुरुप्प पारीदीएँ अनी रिट्ठे मार्ट्साब के हुनु नयाँ नौलो - केही छैन - सबै पुरानै छ - अब हेर्दाइ जाउँ के हुन्छ - अनी हर्के दाई आएछ - खोक्स दिएर गएछ

serial · Feb 5, 2009 11:14 AM

धत्त  ,मोरा  ,लहरे लुथुरे, हुन  त  होss तिम्ले  पनि  त  कुइरे हरुलाई चुउ  बोल्न दिदैनौ रे  नि _- लहरे लुथुरे , भन्ने  बितिकै  सबै  थुर थुर  हुन्छ  रे नि   त  होइन रित्थे , मलाई  नि  बिरात नगर को त्यो  महेन्द्र  सालीक  याद  अयो अब  त  याद  मात्र त बाँकी छ  नि!! सालीक छैन  रे!!

keli · Feb 5, 2009 11:19 AM

हो त नि केली - मैले नेवारी भट्टाए पछी त कुइरे हरु त चुप लाग्छन भन्या ट्वाल्ल परेर बस्छ भन्या सापारु खुन्हु एँ एल वो ख्वप देशे दोँ ब्वाकल चौतारी मा छ: केली याना जिगु न्हक्कु कोएँ प्यावोल 

serial · Feb 5, 2009 11:29 AM

के गर्दै छौ ए पातकी हो? एउटा कुरो के, केली ले राखेको त्यो खानाको फोटु देखेर एक पटक त मेरो हंसले झन्डै शरीर छोडेको। आज मैले ठ्याकै त्यही सबै पारीकार ल्याछु। म त त्यो फोटु देख्ना साथ दौडे फिरिज खोल्न। डर लाग्यो कतै केलिले मेरो खाना झिकेर फोटु खिचेर, हसुरेर खाली थाल राख्दिया छ कि भनेर। तर हैन रहेछ। ए पातकी हो मैले खान लागेको खानामा ति गिध्धे नजर न लाओ है। खेँ खेँ खेँ

Norton · Feb 5, 2009 11:30 AM

भनेछी नेत्रे को पेट दुख्ने दिन रैछ त आज - हेँख हेँख हेँख यो चाँही ठुल्दाइ ले गीत गाको नारा द्यथ्या: भोये नया लप्ते फसं पुइकल देके वोम मायाजु मन या ख: थुइकल मचा खाचा देधुकान गुली चक: थे जुइगु छे निम: दु धैगु सिलकी छुयागु आ जि छु यागु, धारे जि छु यागु रानी पुख्ली कोब्यागु 

serial · Feb 5, 2009 11:37 AM

लहरे मुर्दारको मुख कुहिन नसकेको। प्वाक्क किन बोल्नु पर्ने अधर्मीलाई। 

Norton · Feb 5, 2009 11:40 AM

लौ खान नि आफ्नै खाएं। अचेल अरुले ल्याइ दिएको खाना खान नि डर लाग्ने भन्या। सबले केली ले ल्याएको खाए छ। भोली के हुने हो थाहा छैन। अहिले पो आहा , भोली  स्वाहा होला है। अड्डा हिंडे।

rahulvai · Feb 5, 2009 11:40 AM

ओई केली मैचा आशिक भनेको जस्तो पनि लिनु पर्छ, नाई ,तेस्तो झारे भन्नु हुन्न तेसो भन्यो भने झन झारे लोग्ने पाउछ अनी था पाउछ। रिट्ठे सोम भर्खर हसुरी वोरी बसेको अब एक चिया पिउन लाएको,अनी आफ्नो भयो त ? लौ हर्के किन हो आउन साथ जान हतार,बस बस एक्छिन। लौ लौ रिट्ठे आईसक्यो भन्नै परेन,फेरी अर्को फुटो राखेछ तिम्रो। नेत्रे पाट के छ् खबर,रुखो स्यान्ड्विच चपाउदै होलाउ त्यस्तो खाना ल्याको के धाक लाउछौ,अनी के छ् हो हालखबर,सुन्तली के भन्छे त ? ठुल्दाइ खै ठुल्दाइ,मिटिङ मा नि हैन,इटिङ नि गरिसक्नु भो केरे,चिलिम ब्रेकाँ नि हैन,फिलिम हल्मा नि हुनुन्न,का जानु भो त हाउरो ठुल्दाइ? चिप्ले ब्रो कता हो नि ओ चिप्ले ...

बिस्टे · Feb 5, 2009 11:41 AM

ओ नेत्रे,  नाम  मात्र नेत्रे  भएर  भएन,   नेत्र  पनि  हुनु पर्‍यो गफ  लौने के यो  नेत्रे पनि,   मैले तिम्रो फ्रिज  एसो  खोलेर  हेरेको त  बफ रे  बफ  झन्डै  बेहोस्  भको फ्रिज   मा  त केही  खान  योग्य  थिएन,२-४  वटा  धुसी  परेको  सन्विच  अनी कुहिएको  तरकारी  हरु  थिए अझ  गफ  देने  के मैले  जे  जे  ल्यको छ  तेही  उस्को  फ्रिज  मा  छ् भनेर

keli · Feb 5, 2009 11:55 AM

यो  ठुल्दाइ हेर् न  फेरी   मान्छे  भाडान त  सुपर स्तार  नै  छ  के___ अहिले अहा  भोली  स्वहाँ  रे  हेर  भनेको--- विश्वाश   गर्न सिक्नु  पर्‍यो--- विश्वाश  मा  नै  त एत्रो  संसार  अदेको  छ--- _यो  ठुल्दाइ  ले  कहिले  भुज्ने खोइ??

keli · Feb 5, 2009 12:03 PM

ए केली नानी काँ एक्लै फत फताईरा उता अर्को चौतारी खनिसके मैले,सप्पै उता गईसके तिमी एक्लै एता तेसैले लिना आको म।  नयाँ चौतारी जाने बाटो

बिस्टे · Feb 5, 2009 12:14 PM

मध्यान्हको जदौ सबैलाई। पूर्वेलीहरु त हसुर्दै होलान् क्यार। नक्कली ठुल्दाइलाई बिदा। आफ्नो वास्तबिक रुपमा आउनुहोला, तपाईंलाई सदा स्वागत छ। केलीले खाना त ल्याएकी रहेछ तर सक्कली ठुल्दाइको कुराले त अलि डरै लाग्यो। कि हेरेर मर्नु कि खाएर मर्नु भन्थे, मर्नै छ भने खाएरै मर्छु ल जा त।    

chipledhunga · Feb 5, 2009 12:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion