प्रधानसेनापति बर्खास्त, खड्का कामु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, वैशाख २० (नागरिक)- भर्खरै सम्पन्न मन्त्री परिषद् बैठकले प्रधान सेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बसेको मन्त्री परिषद् बैठकले सेनामा दोस्रो वरियताका कूलबहादुर खडकालाई कायममुकायम मुकरर गरेको छ। सत्ता साझेदार एमालेले बैठक बहिष्कार गरेको थियो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको थियो।  बैठक सकिएपछि प्रधानमन्त्रीले कटवाल र खड्कासँग केहीबेर कुरा गरेका थिए। त्यसपछि खड्का पहिले र कटवाल केहीबेरपछि त्यहाँबाट बाहिरिएका थिए। मन्त्री परिषद्को निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिइसकिएको एक मन्त्रीले बताए। मन्त्री परिषद्अघि बसेको सत्तारुढ पाँच दलको बैठकमा सहमति नभएपछि माओवादीले एकल निर्णय गरी प्रधान सेनापति हटाएको हो। यो बैठकमा प्रधानमन्त्रीले मन्त्री परिषद् बैठकले प्रधान सेनापति हटाउने जानकारी दलका नेताहरुलाई गराएका थिए । कटवाल ज‌‌ंगी अड्डामा छलफल गर्दैंछन्।

MR_TRUTH · May 3, 2009 1:42 AM · 106 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion