सोंच हिंजो आज

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजकल म होटेलको भान्साघरमा नजर आउंछु हिंजो पुग्यो अब चाहिन्न भन्ने कामले आज जीवन धानेको पाउँछु !! समय र परीवेशले कस्तो कोल्टे फेर्दो रहेछ पछी फर्केर हेर्दा आज भन्दा त हिंजो नै निश्फिक्री रहेको भान पाउँछु !! समयको चातुर्य भनुँ या आफ्नै मुर्खताको परिणाम भाग्य माथी दोशारोपण गर्दा विधाताले लौ भोग सजाय भने झैं पाउँछु !! म जस्तै अन्योलमा कती छन होला यो शहरमा बाबा आमा जसका कती आसमा होलान उनका घरमा भाई बहिनी जसका कती प्यासमा होलान आउने यो देशमा कर्म गर्दै जाने त हो, निकास त अवश्य पनि होला हिम्मत त अझै बलियै छ हेरौं जीवनले अरु कती रङ देखाउने होला !!! rgds

spreadlove · Jun 20, 2009 2:31 AM · 377 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion