बैंकक बाट काठमाडौं सम्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो कथामा निकै धेरै त्रुतीहरु पाउनुहुनेछ। कारण नेपाली बिषयमा सार्है कम्जोर, युनिकोड नेपाली कन्भर्टर को थोरै ज्ञान, कथा काममा हुँदा लेखेकोले। अनुरोध छ: ब्याकरणात्मक त्रुतिहरु नहेरी खाली कथाको बिषयबस्तु हेरिदिनु होला।   लौउ त कथा सुरु गर्छु: मेरो जीवनसैली पनि अमेरिकामा पढ्न आएका अन्य नेपाली सँग धेरै नै मिल्छ। म मध्य बर्गिय परिवारबाट हुँ तेसैले तीन गर्मिको छुट्टीमा मैले पनि ग्र्याजुएट नभएसम्म दिन र रात नभनी यो हाड र छला घोटेको छु।  अहिले त्यो कुरा सम्झदा आँफैलाई गर्व लाग्छ। अमेरिकामा आफ्नै कमाइले ग्र्याजुएट गर्‍यो भनेर। बाउ आमा त झनै खुशी हुनुहुन्छ। कुरा धेरै अघिको होइन। आफु ग्र्याजुएट भए पछी बल्ल बल्ल एउटा राम्रो जागिर पाएको थिए । एक बर्ष ओपिटिमा काम गरे। भागएबस २००८ सालको चिट्ठा सिस्टममा नि नाम पर्‍यो। बल्ल नेपाल जान पाउने भय। भुइमा खुत्तो थिएन। टिकेट ५-६ महिना अगाडि नै लिय। नेपाल जाने दिन पनि आयो। पोको पुन्तुरो बाधेर लागे आफ्नो देशतिर। ओहो ! थैल्यान्डमा १२ घण्टा कुर्नु पर्दा त निकै गार्हो पो हुदो रहेछ। तेही माथि म एक्लै थिए। एउटा नेपाली पनि थिएन कुरा गर्नलाई। थैल्यान्ड पुगेको थिए रातिको तेस्तइ  २ बजे तिर। नेपाल जाने थाइ बिमान भने बिहान १० नबजी नजाने। ५ बर्ष पछी नेपाल फर्केने खुशी पनि  थैल्यान्डको कुराइले निकै पिडामये बनायो। आँखाको बिस मार्ने ठाउँ नै भेटिन। कुसिहरु नि किनहो फलामको। एसो धल्किनु पर्‍यो भने। तेत्रो लामो यात्राको थकित ज्यान तेही माथि ज्यानभरी सारो सारो फलामले घोचेर हैरान। केको निदाउनु, रातभरी चौकिदार झै थङ्थग्ती बसे। घडी हेर्दाइ बसे। बढी मुस्किल्ले ९ बज्यो अनी लागे गेट सि तिर। धेरै पछी तेतिका नेपाली देख्दा म चकित नै परे। एक पटक त नेपाल नै पुगे जस्तो पो लाग्यो। त्यो हुलमा चिनेको कोही छ कि भनेर एस्सो निहाले तर कोही देखिन। एक्लै  हुँदा नेपाली कोही भएन बोल्नलाई भनेर छत्पट थियो अब नेपालीको ब्यभार देखेर छत्पट हुन थालयो। कुरा के भन्दा एउटा ब्रिध मानिस पानीको बोटल बाट पानी चुस्दै मुख खोकल्दै आ इेक्थु भन्दै त्राश क्यान मा थुक्दै थियो। मन्मनै भने धन्य प्रभु बुढाले बाहिर त थुकेन। हाइत्तेरिक !! सम्योग्नी कस्तो? बिमान मा छिरेको त तेही बुढाको छेउमा आफ्नो सिट रएछ। झोलामा ल्यापटप थियो तेसैले आफ्नो अघिल्लो सिट को मुनी घुसार्न खोजे। बुढाले मुख खोली हाल्यो: के छ झोलामा? गीत गाई दिउकी जस्तो लाग्यो: अरुणको बट्टा छ भनेर। सोचे बुढासँग के जिस्कनु अनी जवाफ दिए: बाजे ल्यापटप हो तेसैले सेफतीको लागि सिट मुनी राख्न खोज्दै छु। बुढा भन्छ: झोला नि सिट मुनी राक्छन, त्यहाँ माथि राख्नुस् भन्दै ओथको ईशाराले आफ्नो टाउको माथिको कोम्पात्मेन्त तिर देखौदै भन्यो। म जवाफ दिन्छु: बाजेले भुजु भएन जस्तो छ, एस्मा कम्प्युटर छ तेसैले आफ्नो सिट अगाडि राख्ने फुत्त्ने डर हुँदैन तेसैले हो। बुढा त महा गफाडी रइछ, भन्छ: एस्तो कम्प्युटर त मैले कती बोके कती आफ्नो पालामा, केही हुन्न माथि राखनुस्, परेको म बेहोर्छु। ए आमा, लौ नसकिने रइछ भनेर मैले बुढाको कुरालाई खासै वास्ता गरिन। चुप लागेर नै बसे। बिमान उदयो । सोचे धेरै राम्रो भयो अब त बुढाको किच्किच सुननु पर्दैन। आहा! अबको तीन घण्टामा त नेपाल नै पुगिन्छ। पहिले के गर्ने होला त मैले भन्दै मनमा कुरा खेलाउदै थिए। केही बेरमा नै खाना लिएर एअर होस्तेस्सहरु आउन थालइन। बुढा मासु नखाने रइछ। बुढाको लागि स्पेसल् खाना आयो। त्यो पनि सबै भन्दा पहिले। मन मनै सोचे: च् पौ बुढा च् पौ। नत्र त्यस्तो गफ दिने सक्ती कहाँ बाट आउछ तिम्लाई। अघिको बुढाको गफहरु सम्झेर म मुसुमुसु हाँस्दै थिए। हासेको देखेर बुढाले पर्ल्याक्क एक्चोटई मतिर हेर्यो अनी फेरी खान थालयो। बुढा खाना खादा चै पुरै ध्यान खानामा नै केन्द्रित गर्दो रइछ। बुढाले खाना पछी फेरी गफ हान्नला भनेर एउटा सस्तो टाईपको जोली रेन्चर झोलाबाट झिके। अब बुढा बोल्न आयो कि त लौ खानुस् भनेर दिने बिचार  गरे। बिमान मा सबैको खाना भयो। प्लास्तिक्को बट्टाहरु उथौदे थिए होस्तेस्सहरु, तेतिकैमा बाघले जस्तो गज्रदै बुढाले डकार्यो। जम्मै जना बुढा तिर हेर्दइ हास्न थाले। अरुलाई हसाये बुढाको डकार्ले,  मलाई चाँही तेही  डकार्को गन्धले बस्नु खान दिएन। थाइ होस्तेस्सहरु एक आपस्मा फुस्फुस गर्न थाले। राम्रो कुरा त पक्कै पनि गरेनन होल बुढाको बारेमा। अब बुढासँग बस्न नहुने भो भनेर कतै खाली सित छ कि भनि यता उता आँखा बटारे । भाग्यबस् दुई सित अगाडि एउटा खालीसित रैछ । अब अघी सर्नु पर्‍यो भनेर एसो झोला निकाल्न खोजे । बुढा सोदछ: के गर्नला भाई ? म भन्छु: अब खाना पछी बुढा मान्छे मज्जाले आराम गर्नुस्, म चाँही अगाडि बस्छु । बुढा भन्छ: किन यता उता गर्नुहुन्छ उडिराको बिमानमा, लफडा होला भरे । धत्त्! लफडा सफडा हुँदैन बाजे, ल आराम गर्नुस् भनि म आगाडीको खाली सितमा गए । झ्यालतिर एकजना मेरै उमेरको जस्तो देखिने ठिटो रैछ । म छेउतिर बसे है भन्दै बसिहाले । उसले मुन्टो हल्लाएर मात्रै समरथन जनायो । उ चुपचाप बिमान बाहिरा हेर्दै थियो । मैले नै कुरा खोले, तपाईं चाँही कहाँ बाट आउनुभाको नि ? कतारबाट, उसले भन्यो । एकै छिन चुप बस्यो अनि मलाई सोध्यो, तपाईं नि ? म अमेरिकाबाट हो, भने । अमेरिका सुन्न साथ के भो उसलाई अनि लहरै प्रश्न माथि प्रश्न गर्न थाल्यो: के गर्नु हुन्छ, कति पढ्नु भाको छ, कति कमाइ हुन्छ, बिहे भयो कि भएन, अमेरिका कुन ठाउँमा हो बस्ने, नेपालीहरु कतिका छन्, सबैभन्दा ठुलो शहर कुन हो, आदी इत्यदि  । मैले पनि लहरै सँग उत्तर दिदै गए । समय नि मज्जले कत्ने अनि बुढा जस्तो नि थिएन नि ठिटो । वाइन्, वाटर, कफि, टि, भन्दै होस्तेस्स्हरु यता उत गर्न थाले । मैले वाइन मागे । ठिटोले पानी ।  प्रतेक वाइनको ग्लास सगै मेरो ठिटोको लागि प्रश्नहरु बद्दै गयो । एस्पाली चै म प्रश्न सोधेको सोधेकै, ठिटो जवाफ देको देकै । समय समयमा जस्किन्थे पनि, होइन लागेछ कि के हो मलाई भनेर । फेरी अर्को चुस्की लगाउन साथ अर्को प्रश्न जान्थ्यो । ठिटोले कतार को दुखहरु सुनायो । म सुन्दै गए । तेतिबेला त याद थियो, अहिले त वीरसिसकेछु । कुराकानीको क्रममा, आगमन पत्र बाढ्न थाले होस्तेस्हरु । झोलाबाट पेन झिके अनी आगमन पत्र भर्न थाले। ठिटो सँग चाँही छैन रहेछ । मैले भर्नुसम्म उ कुरी रहयो। बेला बेला मलाई यो के हो कसरी भर्ने भन्दै सोध्धथ्यो। म पनि आफ्नो हेर्द्दै, भर्न सिकाउथे । उस्को अक्ष्यर साह्रै राम्रो रहेछ, मेरो भन्दा त सय्यौ गुना  राम्रो। प्रसम्सा गरे अक्ष्यर्को। तेही क्रममा, अघिल्तिर एक्लै बसेको कालो कालो रङ्को मान्छेले भन्छ: ए भाई! हाम्रो यो फारम नि भरिदेउ न। मेरेको पढ्न वढ्न आउँदैन। अब मद्धत मागे पछि नाइ भन्ने कुरो नि भएन। मैले नि खोइ पास्पोर्ट र फोर्म देउ एता भने, अनी पास्पोर्ट हेर्द्दै उस्को फोर्म भर्दिन थाले।    फोर्म भर्ने क्रममा टि.भी रेडियो आदी कुराहरु छ कि भनेर भर्नु पर्ने हुन्छ, भन्सार तिर्नुको लागि। मैले त्यो मान्छेलाई सोधे: टि.भी रेडियो एलेक्ट्रोनिक्स् केही सामान छ तिमी सँग । उस्ले भन्यो: कहाँ भाई, हामी गरीब मान्छे कहाँ बाट व सब थोक लिन सक्छु। म भन्छु: गरीब न धनी, ल्याएको छ भने यहाँ भर्नु पर्छ तेसैले सोधेको। ल्याएको छ तर त्यो कुराहरु भरेन भने त्यहाँ एअरपोर्टमा किच्किच हुन सक्छ। तेसै त पैसा खाने दाउ गरिरा हुन्छन त्यहाँ।  बल्ल मुख फोद्छ: हा, अलिकती त छ भाई। म सोद्छु: के के छ? उ भन्छ: टि.भी, भि सि.डि प्लएर । उ भन्दै जान्छ। लामो लिस्त नै बन्यो। म सोध्छु: अघी अनी किन छैन भनेको त? तेत्रो सामान लिएर गफ दिने तिमी। अनी भन्छु: तिमीलाई नै सारो पर्थ्यो एअरपोर्टमा। कहाँ भाई जुग जमाना ठीक छैन, चोरि वोरी हुन सक्छन तेसैले नभनेको, उ भन्छ । म उस्लाई जिस्काउदै भन्छु: बाफ रे!! तिमी त बढो बाठो रइछौ त, मलाई के था। उ लाजको हासो हास्छ। म पनि हासी दिन्छु। क्याप्टेन फुक्छ: बिमान काठमाडौं मा अबतरन हुन लाग्यो, सबै सिट मा बस्नु अनी पेटी बाध्नु। त्यो सुन्ना साथ मान्छेहरु तेसै गर्छन् अनी खुशीले होला शायद बिमान मा हल्ला खल्ली सुनिन्छ। अनी सबै जनाको मुन्टो झ्यालतिर तन्किन्छ। काठमाडौं कस्तो देखिदो रइछ माथिबाट भनेर सबैलाई हेर्ने ईच्छा ले होला। म नि तेसै गर्छु। कसैले एक ताक भनेको थियो: बिमान बाट काठमाडौं को घरहरु इत्ता भट्टी जस्तो देखिन्छ। हो ! थ्याक्कै तेस्ताइ देखिदो रइछ। बिमान अबतरन भयो। एअरपोर्टको कुनाबाट एक फन्को मारेर बिमान यात्राु झार्ने ठाउँमा आएर रोकियो। रोकिन के पाएको थियो, मान्छेहरु जुरुक्क उथ्दै आफ्नो आफ्नो सामान तान्न थाले माथिको कोम्पर्त्म्नेत बाट। सबैलाई हतार छ घर पुग्नलाई। मलाई नि हतार छ तर सबै जना तेसै गर्ने हो भने निस्कने चाँही कसरी नि? झोला तान्दै छन मान्छेहरु। अरुलाई चोट  पटक लागेको नि मतलब छैन। चोट लाग्नेलाई नि मतलब छैन, उ नि तेस्ताइ त गरीराको छ। हतार हुनेलाई जान दिए। म अरु गये पछी निस्के। फिल्ममा देखाउछन नि आफ्नो देश पुग्दा फिल्मको पात्रो एक पटक मज्जाले सास तान्छ । मैले नि गर्दिहालु न भनेर सास मात्रै के तानेको थिए, छिरी हाल्यो नि धुलो त्यो नि आफ्नो देशको। तेस्पछी हाच्यु आएर कस्तो जात्रा। धन्न साउथ अफ्रिका गएर फर्किदै गरेकी एकजना महिलाले मिनिरल पानी दिइ । पानी खाए पछी ठीक भयो। एक पटक सोच आयो, १ महिनामा त म थला पर्छु कि भनेर। ह्या! भन्दै छिरे भित्र। एअरपोर्ट भन्न नि लाज लाग्ने घर भित्र छिरे। पहिला बाहिर जादा, कस्तो राम्रो लगेको थियो तेही एअरपोर्ट। अहिले त कस्तो कस्तो, भैंसी पाल्ने गोठ जस्तो। मन भित्रै कुराहरु खेल्यो, भन्न चाँही कसैलाई भनिन। अरुहरुको पछी पछी लागेर पस्स्पोर्ट मा छाप हान्ने ठाउँमा लाइन लागे। दुइटा लाइन हुदो राइछ: एउटा नेपालीको र अर्को बिदेशिको। बिदेशिको लाइन छिटो छिटो सर्दै थियो, नेपालीको चाँही कचुवा को गतिमा । शायद किच्किच गरिराथ्यो एअरपोर्टको कर्मचारी हरेक नेपाली यात्राु हरु सँग: यो मिलेन, त्यो मिलेन भन्दै। मलाई नि तेसै गर्छ भनेर त लागिराको थियो। मेरो पालो आयो। म त्यो पहेलो लाइन काटेर अघी बढे। कर्मचारी सोद्छ: भाई कहाँ बाट आउनु भएको? म भन्छु: अमेरिका। के भिसामा गाको? स्टुडेन्ट भिसामा। कहिले ग्र्याजुएट भएको? २००७ साल मा। अनी २००८ सम्म के गर गरेर बस्नुभयो त? काम गरेर। पर्ल्याक्क मलाई हेर्यो अनी कत्ती नै सबै कुरा थाहा भाको जसतै गरेर भन्छ : स्टुडेन्ट भिसामा गएर कहाँ काम गर्न पाईन्छ। लौ उता पर गएर उभिनुस्, तपाईंको पास्पोर्टमा छाप लगाउन सक्दिन। म कुरा सम्झाउन खोज्दै के थिए, लाइन मिच्दै (पक्कै कतार बाट हुनुपर्छ) चार पाँच जना केटाहरु हुरुरु तेही कर्मचारीकोमा आएर आफ्नो पास्पोर्ट देखौन थालदै भन्छ: सर, मेरो मा छाप हानी दिनुस्न। पहिले नै तेन्सन भाको तेही माथि ति केटाहरु आफ्नो पालो नहुँदै आको देखेर त झनक्क नै रिस उथ्यो तर बाहिर देखाइन। मैले ति केटा हरुलाई भने: मित्रहरु एक मिनट है! म अझै लाइन मा छु। कर्मचारीलाई देखौदै, वहाँ सँग अझै कुरा सोध्नु छ।  केटाहरु चाँही सुननै टिप्न पाईन्छ कि जस्तो गरेर एक्ले अर्कोलाई ठेल्दै थियो। मैले कर्मचारीलाई भने: दाई, मेरो काम गर्ने पर्मित छ तेसैले यो एक बर्ष काम गरेको हुँ। कर्मचारी भन्छ: न धात्नुस् तपाईं। स्टुडेन्टले  काम गर्न पाउदैनन। हामीलाई नि राम्ररी थाहा छ। म सँग सबै कागजहरु छ, विश्वाश नलागे हेर्नुस्। अब ए च् वन को कागज देखाये पनि त्यो कर्मचारीलाई के थाहा जस्तो लागेको थियो। तेसैले त्यो कागज के झिकिरहनु भनेर खाली वालेट बाट आफ्नो ओ पि टि कार्ड झिके। हेर्दाइ नहेरी अर्को कर्मचारी सँग भन्छ: ए ल वहाँको सबै कागज रहेछ,  पास्पोर्टमा स्तम्प गरी दिनुस्। ल भाई तपाईं  उता जानुस्। मलाई चित्त नबुजेको कुरा चाँही, त्यो कर्मचारीले आँफैले पनि स्तम्प गर्न सक्थ्यो  तर कसरी हुन्छ दु:ख दिउ भनेर होला मलाई अर्कोमा पठाको। धन्न त्यहाँ बाट उम्के। आफ्नो सामान लिन तिर लागे। नेपाल एअरपोर्ट को कस्तो हरिगती। त्यो सामान गूड्किदै आउने पट्टा त अच्म्मको रहेछ। कालो रङ्को। अनी कागज, चुविङगम के के टासीएको। छ्या! सार्है फोहोर देखिन्थ्यो। त्यस्तो कुनै एअरपोर्टमा नदेखेको हुनाले, म अच्मम्मा परेको थिए। सबै जना सामान कुरिरहेका थिए। मेरो एउटा सानो झोला निस्क्यो। सुइत्केस आउन बाँकी थियो, तेसैले कुरी रहे। त्यो दिन दु:ख पाउन नै लेखेको रहेछ। सबैको सामान आयो, मेरो सुइत्केस आएन। एक्छिनमा तेही को एक्जना आफ्नै जस्तो उमेरको चस्मा लगाको कर्मचारी आएर सोध्यो: तपाईंको सामान आएन? मैले भने: मैले एता उता खोजेको हुँ, खोइ देख्दिन। उह भन्छ: सबै सामान तेती नै हो, अरु छैन निस्कन। तपाईं बरु मसँग आएर एउटा फोर्म भर्नुस् अनी हामी त्यो सुइत्केस पत्ता लगाउने कोशीस गर्छौ। धन्न कोही त अली सयोगी भेटियो। मैले नि नियमानुसार फोर्म भरे। उस्ले फोन गरेर खबर गर्ने आस्वासन दियो। खुशी लाग्यो अनी धन्यवाद दिएर एअरपोर्ट बाहिर निस्के। मान्छेहरुको भिड थियो, शायद अरुलाई लिन आएका होलान। कोही ट्याक्सी भन्दै करौदै नि थिए। मैले भिडमा राम्ररी नियाले। बाबा आमा लिना आउनुभएको रइछ एउटा चिनेको ट्याक्सी ड्राइभर लाई लिएर। मलाई देख्न साथ त्यो ड्राइभर दाई खुरुरु आएर मेरो झोला आफ्नो कान्धमा हाली हाल्यो। म चाँही आमा बाबा सँग अंकमाल गर्दै थिए। एउटा सानो झोला मात्र देखेर बाबा भनुहुन्छ: एअरपोर्ट भित्र लुतिइस्स कि के हो ? खोइ तेस्ताइ भये जस्तो छ भन्दै म हासे। ड्राइभर दाईले एअरपोर्टबाट ट्याक्सी घुइक्याइ हाल्नुभयो। काठमाडौंको ट्राफिक जामले गर्दा एक घण्टा जती पछी बल्ल बल्ल घर पुग्यौ तर धुर्भाग्यबस त्यो एक घण्टामा  दुई दिन थला पर्ने गरी धुवा धुलो खाइ सकेको थिए। जे होस् त्यो यात्रामा जे जती झन्झट शहनु परेपनी घर पुगेको दिन ममा अर्कै खुशी थियो जुन चाँही म बर्णन नै गर्न सक्दिन।

Maun · Jul 13, 2009 5:42 PM · 1,632 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion