BREAKING NEWS पूर्व उपसचिवद्वारा suicide

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्व उपसचिवद्वारा आत्महत्या शान्ति मन्त्रालयका पूर्व उपसचिव गोपाल दाहालले बिहीबार बिहान आफ्नै घरमा आत्महत्या गरेका छन्। राजधानीको गौरिघाटमा रहेको आफ्नै घरमा बिहान ५ बजे भरुवा बन्दुकले कञ्चटमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शान्ति मन्त्रालयबाट अवकाश पाएका उपसचिव दाहालले के कारणले आत्महत्या गरेका हुन् केही खुल्न सकेको छैन। बिहान ५ बजे कञ्चटमा गोली हानी घाइते भएका दाहाललाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। दाहाल घाइते भएपछि उनका छोराले प्रहरीलाई खवर गरेका थिए। Last edited: 06-Aug-09 12:29 AM

damikattu · Aug 6, 2009 12:28 AM · 92 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion